Saturday, June 26, 2010

स्थानीय युवाहरुद्वारा पानी ट्याङ्की मर्मत

१२ असार २०६७
स्थानीय युवाहरुले गोरखाको आरुचनौटे गाविस ३ आरुटारमा पानी ट्याङ्की मर्मत गरेका छन् । आदर्श युवा क्लबका २५ भन्दा बढी युवाहरुले श्रमदान र करिब ५ हजार रुपियाँ खर्च गरेर गाउँको पानी ट्याङ्की मर्मत गरेका हुन् ।
डोजर लगाएर स्थानीय जनशक्ति निमाविको खेलकुद मैदान बनाउदा क्षतिग्रस्त पानी ट्याङकीको मर्मत गरेपछि सो क्षेत्रको २५ घरधुरीलाई खानेपानीको सुविधा भएको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी गराउनुभयो । उता गोरखा बक्राङ्गको लालीगुराँस महिला समूहले आफ्नै लगानीमा गाउँमा ठाटी निर्माण गरेका छन् । कुल ७१ हजार ५ शय २१ रुपैयाको लागतमा स्थानीय चिसोपानी डाँडामा निर्माण गरिएको ठाँटीको आज एक कार्यक्रमका विच गाविस सचिव ऋषिराम ढकालले उद्घाटन गर्नुभयो । ठाँटी निर्माणका लागि स्थानीय अमृत आचार्य र मेनुका आचार्यले जस्तापाता सहयोग गर्नुभएको महिला समूहकी अध्यक्ष होमकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

No comments: