Friday, June 25, 2010

सजिवन रोपियो

११ असार २०६७
तनहुँको आँबुखैरेनी गाविसको सडक किनारामा सजिवन रोपिएको छ । आँबुखैरेनी गाविसको मिलनचोक देखि सत्रसयसम्म पृथ्वी राजमार्गको ८ किलोमिटर क्षेत्रमा सजिवनको १८ सय विरुवा रोपिएको एभरेष्ट बायोडिजल कम्पनी प्रालिका कृष्ण धितालले जानकारी दिनुभएको छ । स्थानीय मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको सकि्रयतामा राजमार्ग छेउछाउको खेर गएको जमिनमा विरुवा रोपिएको हो ।
त्यसैगरी आजै तनहुँ सत्रसयको मित्रता उच्च माविको ३० रोपनी जग्ग्ाामा पनि सजिवन रोपिएको छ । प्रयोगविहीन अवस्थामा रहेको सो जग्गामा सजिवन रोप्न विद्यार्थी शिक्षक र अभिभावकले खाल्डो खन्ने विरुवा रोप्ने पानी हाल्ने काम गरेका थिए । सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष अरि नारायण पौडेल सजिवन विशेषज्ञ डाक्टर खेमराज भट्टराई र सिताराम घिमिरे मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई विद्यालयका प्राचार्य सुरेन्द्र वोगटी शिक्षक धु्रव अधिकारी लगायतले सजिवनको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
उहाँहरुले सजिवन खेतीले वातावरण संरक्षणमा टेवा पुर् याउने खेर गएको जमिनबाट आम्दानी लिन सकिने जस्ता फाइदाबारे चर्चा गर्नुभएको थियो । सो ठाउँका लागि आवश्यक सम्पुर्ण विउ तथा वेर्नाहरु एभरेष्ट बायोडिजल कम्पनीले उपलब्ध गराएको थियो ।

No comments: