११ असार २०६७
गाउँमा जुवातास जाँडरक्सी खानेहरुलाई जरिवाना गरेर संकलन गरिएको रकमले गोरखा मान्वुका महिलाहरुले भवन निर्माण गरेका छन् । मान्वु ८ धुन्चेतको कामना महिला समूहले गाउँमा जुवातास र जाँडरक्सी नियन्त्रण गर्न चालेको अभियान र नियमित वचतको रकमबाट भवन निर्माणमा पैसा जुटाएको अध्यक्ष प्रतिमा गुरुङले बताउनुभयो ।
गाउँमा जुवातास खेल्ने र जाँडरक्सी खानेहरुलाई महिलाहरुले एकपटकमा १०० रुपियाँभन्दा बढी जरिवाना गर्ने नियम बनाएका छन् । उनीहरुले नपुग रकम चाडबाडको समयमा गाउँमा सांस्कृतिक कार्यक्रम देखाएर र मासिक वचतबाट जम्मा पारेका थिए ।
सबै क्षेत्रबाट जम्मा पारिएको १ लाख ५० हजार रुपिया र श्रमअदानबाट भवन निर्माण गरेको अध्यक्ष गुरुङले बताउनुभयो । भवन निर्माणका लागि उनीहरुले झण्डै १५ दिन श्रमदान गरेका थिए । भवन निर्माण गरेपछि गाउँघरमा बैठक वस्न महिला समूहको काम साचालनमा सजिलो भएको उहाँले बताउनुभयो ।
No comments:
Post a Comment