११ असार २०६७
गोरखाको लापु गाविसको लापु वेशीमा घाटु नाच विसर्जनका लागि स्थानीयले तयारी गरेका छन् । माघे संक्रान्तिबाट सुरु भइ हरेक औशी पुर्णिमामा देखाइने घाटु नाच असार पुर्णिमाको अवसर पारेर भोली समापन हुने भएकाले स्थानीय वासिन्दा घाटु नाच्ने र घर निर्माणको तयारीमा जुटेका हुन् ।
घाटु नाच विसर्जनका लागि स्थानीयले बाँसको बार लगाएर विशेष ठाउँ बनाउने र बाहिरबाट घाटु हेर्न आउनेलाई खानपीनको बन्दोवस्त गर्ने शिक्षक जीव गुरुङले बताउनुभयो । गाउँमा नाच हेर्न छिमेकी गाविस र अन्य ठाउँबाट आउने पाहुनाहरुलाई खानपीन र वसोवास निशुल्क रुपमा गर्न स्थानीयले चामल र तरकारीहरु समेत संकलन गरेको उहाँले बताउनुभयो ।
घाटु विसर्जनका लागि पुर्णिमाकोदिन पारेर भोली गाउँको देउरालीमा फुल अक्षता चढाएर विधिपुर्वक पुजा गर्ने प्रचलन छ । घाटु विसर्जन पछि २ महिना विश्राम र खेतीपातीको काम गरेर असोज महिनाबाट मारुनी नाच्न सुरु गरिने शिक्षक गुरुङले बताउनुभयो ।
No comments:
Post a Comment