Friday, June 25, 2010

परिचयात्मक कार्यक्रम

११ असार २०६७
गोरखाका प्रहरी नायब उपरीक्षक गोरखिसंह भण्डारीले दण्डहीनताको अवस्था अन्त्यका लागि जिल्लाका राजनीतिक दल र नागरिक समाजले सहयोग गर्नुपर्ने बताउनुभएको छ । दण्डहीनता जिल्लाको मात्र नभएर देशकै समस्या बनेको भन्दै उहाँले जिल्लामा यस्तो अवस्था आउन नदिन सबैको सहयोग र सुझावका साथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय गोरखामा आयोजित परिचयात्मक कार्यक्रममा जिल्लाका राजनीतिक दल र पत्रकारहरुमाझ उहाँले जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीको एक्लो प्रयासले मात्र संभव नहुने स्पष्ट पार्नुभयो । उहाँले सदरमुकामदेखि आँबुखैरेनी वीचमा प्रहरी वीट राख्न आफुले पहल गर्ने बताउनुभयो ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले राजनीतिक दल र शक्ति केन्द्रका कारण जिल्लामा दण्डहीनताको अवस्था बढेको बताउनुभयो । उहाँले दवावका कारण यसअघि अपराधीहरु छुटिरहेको उल्लेख गर्दै पत्रकारहरुको पनि असुरक्षाको अवस्था रहेको अवगत गराउनुभयो ।

No comments: