११ असार २०६७
सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको आयोजनामा आज गोरखाको विरेाचोकमा जलवायु परिवर्तन र रेड संबन्धि छलफल र अन्तरकि्रर्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुदी खोला जलाधार क्षेत्रमा साचालित जलवायु परिवर्तन संबन्धि नमुना कार्यक्रमको बारेमा छलफल भएको थियो । लुदीखोला जलाधार क्षेत्र स्तरिय रेड साजालका अध्यक्ष रोलकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव भुरमण घिमिरेले साजालको भुमिका उद्देश्य र हालसम्म साचालन गरेका गतिविधिहरुबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष दिपक भट्टराईले जलवायु परिवर्तन संबन्धि कार्यक्रम जिल्लाको अन्य वन समूहमा पनि साचालनको प्रयास भइरहेको बताउनुभयो । कार्यक्रममा इसिमोड नेपालका प्रमुख डाक्टर भास्कर िसंह कार्की र एन्साबका प्राविधिक रिजन ताम्राकारले रेड नमुना कार्यक्रमको संस्थाको भुमिका बारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रम पश्चात रेड साजाल क्यानेडियाका विद्यार्थी सहकर्ता र जिल्ला महासंघका पदाधिकारीहरुले वन क्षेत्रमा कार्बन मापन नमुना प्लटको अवलोकन गरेका थिए ।
No comments:
Post a Comment