१० असार २०६७
सुपथ मुल्यमा गुणस्तरिय शिक्षा उपलब्ध गराउदै आएको समता शिक्षा निकेतनको विद्यालय भवन आज गोरखामा शिलान्यास भएको छ । सो विद्यालयको १८ औ शाखाको रुपमा गोरखा नगरपालिका १ मा नयाँ चौतारामा विद्यालयको भवन शिलान्यास गरिएको हो । सो विद्यालयको आज एक कार्यक्रमका वीच गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो र बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । आगामी शैक्षिक शत्रदेखि विद्यालय साचालन गर्ने लक्ष लिएको सो संस्थाले केही समयपछि भवन निर्माणको काम सुरु गर्ने जनाएको छ ।
विद्यालय साचालनका लागि गोरखा नगरपालिका १ तिनधारेका वासिन्दा तथा प्रहरी नायब उपरीक्षक राजुबाबु श्रेष्ठले साँढे ५ रोपनी जग्गा दान गर्नुभएको हो । गोरखामा समता शिक्षा निकेतन चाँडै स्थापना गर्ने आफ्नो चाहनाका कारण जग्गादान गरेको उहाँले बताउनुभयो । आफुले विद्यालय शिक्षा लिनेक्रममा धेरै अफ्ठेरो भोग्नुपरेको बताउँदै उहाँले गोरखाका वालवालिकाहरुले सुपथ मुल्यमा गुणस्तरिय शिक्षा लिन सकुन भन्ने उद्देश्यले पुख्र्यौली जग्गा दान गरेको बताउनुभयो ।
भवन शिलान्यास कार्यक्रममा समता शिक्षा निकेतनका संस्थापक उत्तम साजेलले गुणस्तरिय शिक्षा सुपथ मुल्यमा उपलब्ध गराउन विद्यालय साचालन गरेको बताउनुभयो । सो विद्यालयको ७५ वटै जिल्लामा शाखा साचालन गर्ने लक्ष रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment