१० असार २०६७
सरकारी निकायको सेवा संबन्धमा सर्वसाधारणको गुनासो समेट्ने उद्देश्यले गोरखामा आज सार्वजानिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ । जिल्ला विकास समिति गोरखाको आयोजनामा सदरमुकामको जिविस सभाहलमा सुरु भएको कार्यक्रममा सर्वसाधारणले सरकारी सेवाका विषयमा जिज्ञासा राखेका छन् भने सरकारी कार्यालयका प्रमुखहरुले समाधानको प्रयास गर्नुभएको थियो ।
सो कार्यक्रममा बिभिन्न १५ कार्यालयले प्रदान गर्ने सेवा सुविधा र साचालन गर्ने योजनाको विषयमा सर्वसाधारणको गुनासो र संबन्धित निकायको जवाफ र प्रतिवद्धता समेट्ने प्रयास गरिएको जिविसले जनाएको छ । कार्यक्रममा सर्वसाधारणले जिल्ला विकास समितिले साचालन गरेका कामहरुमा बढी जिज्ञासा राखेका थिए ।
उनीहरुले जिल्लामा साचालित योजनाहरुको अवस्था योजना छनोटको प्रकि्रया पेश्की र फछ्र्चयौटको अवस्था गोरखा आरुघाटको मोटर बाटोको विषयमा जिज्ञासा राखेका थिए । सर्वसाधारणले सरकारी कार्यालयले सेवा प्रदानमा ढिलासुस्ती गरेको सरकारी अधिकारीहरु औपचारिक कार्यक्रममा बढी सहभागी भएको विषयमा पनि गुनासो गरका थिए ।
करिब साँढे २ घण्टा चलेको सुनुवाइ कार्यक्रममा सर्वसाधारणले सोधेको जिज्ञासाको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ गोरखा नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अधिकारी जिल्ला कृषि विकास कार्यालयका प्रमुख बुद्धिबहादुर थापा लगायतका कार्यालय प्रमुखहरुले उत्तर दिनुभएको थियो । सो कार्यक्रमको रेडियो गोरखाले प्रत्यक्ष प्रशारण गरेको थियो ।
No comments:
Post a Comment