Wednesday, June 23, 2010

जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

९ असार २०६७
राहत शिक्षकहरुको समस्यालाई राज्यले संबोधन नगरेको भन्दै गोरखाका राहत शिक्षकहरुले पनि आजदेखि जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । आफुहरुलाई पेशागत हकहित सेवा सुविधा र वृत्ति विकासमा राज्यले बिाचत गराउदै आएको भन्दै राहत शिक्षक संघर्ष समिति गोरखाले जिल्ला शिक्षा कार्यालयमा आजदेखि ३ दिनसम्म तालाबन्दी गर्ने जनाएको छ ।
सरकारी दरबन्दीका शिक्षकहरु सरह कुनै नीतिगत ब्यवस्था नगरिनु राहत दरबन्दीमा वितरण हुने रकम दामासाही हिसाबले बुडेर लिनुपर्ने अवस्था र दरबन्दी सिर्जना गरी स्थायी गराउने प्रकि्रया सुरु नगरेकाले विरोध स्वरुप तालाबन्दी गरेको समितिका कार्यबाहक अध्यक्ष टेकबहादुर उपरकोटीले बताउनुभयो । आफुहरुको जायज मागलाइ सरकारले वेवास्ता गरेकोले माग कार्यान्वयनमा दबाब दिन आन्दोलन गर्नुभपरेको उहाँले बताउनुभयो ।
उता अखिल नेपाल शिक्षक संगठन गोरखाले पनि एक विज्ञप्ति जारी गरी राहत शिक्षक संघर्ष समितिले गरेको आन्दोलनप्रति एक्येबद्धता जनाएको छ । अध्यक्ष विरबहादुर तमुद्धारा जारी विज्ञप्तिमा राहत शिक्षकहरुको पेशागत हकहित र अधिकारको सुनिश्चितताको लागि समितिले गरेको बन्दप्रति ऐक्यबद्धता रहेको उल्लेख गरिएको छ ।

No comments: