९ असार २०६७
एघारौ राष्ट्रिय सरसरसफाइ सप्ताहको अवसरमा गोरखामा साचालित विद्यालय स्तरिय निबन्ध प्रतियोगितामा उत्कृष्ट छात्रछात्रालाई आज पुरस्कृत गरिएको छ । खानेपानी तथा सरसपाई डिभिजन कार्यालय गोरखाले आज एक कार्यक्रम आयोजना गरी पहिलो हुने विजया भवानी उच्च मावि मकैसीकी पुष्पा श्रेष्ठ दोश्रो हुने महालक्ष्मी उच्च मावि लक्ष्मीबजारका प्रदिप सिर्मल तेश्रो हुने रत्नराज्य मावि विरिाचोकका सुजन सापकोटा र सान्त्वना हुने रामशाह मावि देउरालीका सुजन नराललाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेको हो ।
उनीहरुलाई क्रमश २ हजार १ हजार ५ सय १ हजार र ५ सय रुपियाँ प्रदान गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । खानेपानी तथा सरसफाई जिल्ला समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खानेपानी कार्यालयका प्रमुख धु्रुवमणि पौडेल जिल्ला शिक्षा कार्यालयका बाबुराम देवकोटा गोरखा क्याम्पसका उपप्राध्यापक यदु अधिकारी लगायतले मन्तब्य राख्नुभएको थियो ।
No comments:
Post a Comment