Wednesday, June 23, 2010

वल्ल भयो मध्यमस्र्याङ्दीमा पुरा उत्पादन

९ असार २०६७
नदीमा पानीको वहाव वढेपछि मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाले पुरा क्षमतामा उत्पादन दिन थालेको छ । ७० मेगावाट क्षमताको भनिएको परियोजनाको क्षमता ८० मेगावटसम्म भएकोले पिक आवरमा ७५ मेगावटसम्म उत्पादन गर्दै परियोजनाले जनाएको छ । परियोजनाका जलविद्युत उत्पादन केन्द्रका प्रमुख महेन्द्र अधिकारीका अनुसार नदीमा पानीको वहाव वढेको र ८० मेगावट क्षमता सम्मको परियोजनाबाट पिक आवरमा ७५ मेगावटसम्म विजुली उत्पादन गर्दै आएको जानकारी दिनुभएको छ ।
गोरखा कारागारको आयोजनामा आजदेखि गोरखाका बन्दीहरुलाई मनोविज्ञान परामर्श तथा योग अभ्यास गराइएको छ । कारागार ब्यवस्था विभाग काठमाडौको कार्यक्रम अन्तर्गत बन्दीहरुको मनोवैज्ञानिक क्षमता अभिवृद्धिका लागि योग अभ्यास कार्यक्रम राखिएको जेलर केदार प्रसाद धितालले बताउनुभयो ।
योग अभ्यास कार्यक्रममा पताजली योग समिति चितवनका अध्यक्ष तथा योगगुरु यदुनाथले योग सिकाउनुभएको छ । सो कार्यक्रमको आज आयोजित उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी पताजली योग समिति गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ जेलर केदारप्रसाद धिताल लगायतले मन्तब्य राख्नुभएको थियो । योग शिविरमा ५५ जना बन्दीहरुको सहभागीता रहेको छ ।

No comments: