१७ असार २०६७
सिमेण्ट बोकेर गोरखा बजारबाट बोर्लाङ्ग जाँदै गरेको ग १ त १६३२ नंबरको ट्याक्टर गएराती दुर्घटना भएको छ । बुंकोट गाविस ९ भलायोबास भन्ने ठाउँमा पल्टेर दुर्घटना भएको हो । दुर्घटनामा बोर्लाङ्ग ८ का मोहन कुमार श्रेष्ठ र सोही ठाउँका चाउरे नेपाली घाइते भएका छन् । उनीहरुलाई स्थानीयबासीले उद्दार गरी धादिङ्गको खरी गाविस स्थित स्वास्थ्य सँस्थामा उपचार गरिएको छ । बाटो हिलो भएका कारण चालकले नियन्त्रण गुमाएर दुर्घटना हुन सक्ने स्थानीय सुधीर अर्यालले जानकारी दिए ।
No comments:
Post a Comment