Sunday, June 20, 2010

बाढिले २ को ज्यान लग्यो

६ असार २०६७
अकस्मात परेको मुसलधारे वर्षापछि खोलामा आएको बाढिले बगाएर स्याङ्जा जिल्ला आरुचौर गाउँ विकास समिति वडा नं। ४ का २ महिलाको मृत्यु भएको छ । खोलाले बगाएर मृत्यु हुनेमा वर्ष ४२ की मिना पौडेल र उहाँकी छोरी वर्ष १७ की माया पौडेल रहेको स्थानियवासीले बताएका छन् । गएराती खेत रोपेर घर तर्फ फर्कदै गरेको अवस्थामा विरखर्क खोलाले ठूलापधेरा भन्ने स्थानबाट बगेका आमा छोरीको शव करिव २ किलोमिटर तल भेटिएको छ । गएरातीबाट खोलाले बगाएर बेपत्ता भएका पौडेल आमाछोरीको शव आज विहान मात्रै स्थानियवासीले फेला पारेका हुन् ।

No comments: