६ असार २०६७
लमजुङको वाहुनडाडा र भुलभुले गाउँ विकास समितिमा बनाउन लगिएको २६ मेगावाट क्षमताको ङादी जलविद्युत आयोजनाको आगामी माघ महिनाबाट निर्माणकार्य थालिने भएको छ । वुटवल पावर कम्पनी लिमिटेड क्यानेडियन एभरेष्ट पावर ष्लअ को लगानी र लमजुङ विद्युत उपभोक्ता कम्पनी लिमिटेडको साझेदारीमा उक्त परियोजना वनाउन लागिएको हो । ङादी जलविद्यु्त आयोजनाले ११ किलोमिटर बाटो आयोजना स्थलमा निमार्ण गर्नु पर्नेमा हालसम्ममा ६ किलो मिटर मोटर बाटो निमार्ण गरिसकेको समेत जनाएको छ । आयोजनाका अनुसार सन् २०१० को डिसेम्वरदेखि आयोजनाको सम्पूर्ण कार्य शुरु गरि आगामी सन् २०१४ को जुन महिनामा सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
आयोजनाले नेपाल विद्युत प्राविधकरणसँग विद्युत खरिदविक्रीका लागी विभिन्न चरणमा सम्झौता गरिसकेको छ । त्यस्तै ङादी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने गरि ग्रीड कनेक्सन सम्झौता भएको छ । करिव साँढे तीन अर्व रुपैयाको लागतमा निमार्णधिन अवस्थामा रहेको ङादी जलविद्युत आयोजनाको वाँध स्थल वाहुनडाडा नाइचे नजिक रहने र आयोजनाको पावर हाउस वाहुनडाँडाको ठूलोवेसीमा रहनेछ । ङादी जलविद्युत आयोजनाको ४ किलोमिटर लामो सुरुङ रहने पनि आयोजनाले जनाएको छ ।
No comments:
Post a Comment