१ असार २०६७
ब्यापारीहरुवीचको प्रतिस्पर्धाले गोरखा सदरमुकामको हरमटारीमा मुल सडकमा तरकारी बेच्न सुरु गरिएको छ । पहिले आआफ्नो पसलबाट तरकारी बेच्नेहरु अहिले मुल सडकमा तरकारी फिजाएर बिक्री गर्न थालेका छन् । दैनिक ३÷४ जना ब्यापारीले लोकतान्त्रिक चोकको मुल सडकमा ब्यापार गर्दै आएका छन् । तरकारी ब्यापारीले सडक छेउमा तरकारी बेच्नथालेपछि साँझपख सो क्षेत्रमा सवारी आवागमन र पैदल यात्रामा समेत समस्या देखिन थालेको छ ।
दुइसातादेखि स्थानीय माइला सुनारले गाडीमा नै तरकारी राखेर वेचविखनगर्न थालेपछि हरमटारी क्षेत्रमा तरकारी ब्यापार गर्नेहरुले पनि सडकमा नै बिक्रीका लागि राख्न थालेका हुन् । पहिले आफुले राखेपछि अरुले ल्याउन थालेका ब्यापारी माइला सुनारले बताउनुभयो । सडकमा तरकारी बेच्न राखेपछि सबैले सडकबाट नै किनेर लैजान थालेपछि आफुले पनि सडकबाट नै बिक्री गर्न ल्याएको तरकारी ब्यापारी सुवास गुप्ताले बताउनुभयो ।
सडकमा तरकारी वेच्ने प्रतिस्पर्धाले उपभोक्ताले सस्तोमा तरकारी पाउन थालेका छन् । ग्राहक आफुतर्फ तान्ने बाहनामा ब्यापारीहरुले किलोग्राममा ५ रुपियाँभन्दा बढी सस्तो बनाएको उपभोक्ताहरुको भनाइ छ ।
No comments:
Post a Comment