१ असार २०६७
गोरखाको देउराली गाविसका वासिन्दाले आज देउराली गाविसको मझुवामा रहेको विद्युत प्राधिकरणको उपशाखा कार्यालयमा तालाबन्दी गरेका छन् । ट्रान्समिटर बिग्रेर गाउँका ६०० भन्दा बढी घरधुरीले अध्यारोमा बस्नुपरेको १० दिन वितिसक्दा पनि वेवास्ता गरेको भन्दै उनीहरुले तालाबन्दी गरिदिएका हुन् । टा्रन्समिटर राखिदिन पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको रामशाह देउराली ५ मझुवाका जीतबहादुर भट्टले बताउनुभयो ।
शाखा प्रमुखसंगको छलफलमा आइतवार भन्दा अगाडी ट्रान्समिटर नआउने बताएपछि पहल गर्न नसकेको भन्दै स्थानीय वासिन्दाले तालाबन्दी गरेको उहाँले बताउनुभयो । गाउँमा वत्ति बाल्न माग गर्दै
भोली सदरमुकामको विद्युत प्राधिकरणका शाखामा आउने स्थानीयले बताएका छन् । ट्रान्समिटरको गडबडीले
वत्ति बाल्न नपाएको र पटक पटकको आग्रह वेवास्ता गरिएपछि उनीहरु ट्रान्समिटरको माग गर्दै सदरमुकाम आउन लागेका हुन् ।
No comments:
Post a Comment