Tuesday, June 22, 2010

वर्षाले विद्यालय भवनमा क्षति

८ असार २०६७
गएरातीको भारी वर्षाले गोरखा तान्द्राङ गाविसको ६ कोठे विद्यालय भवनमा क्षति पुर् याउदा पठन पाठन प्रभावित भएको छ । ६ कोठे भवनको तीन कोठा पुरै भत्केको र बाँकी भवनमा पनि क्षति पुर् याएको विद्यालय ब्यवस्थापन समितका अध्यक्ष शेषनाथ भट्टराईले जानकारी दिनुभएको छ । विद्यालयको भवन भत्केपछि कक्षाकोठाको अभावमा १ देखि ४ कक्षासम्मको पठन पाठन आजदेखि बन्द भएको छ । आर्थिक अभावका कारण जीर्ण भवन मर्मत गर्न नसकिने अध्यक्ष भट्टराईले बताउनुभयो ।

No comments: