Friday, July 9, 2010

फरक आस्था राख्नेलाई िहंसात्मक आक्रमण नगर्ने एकीकृत माआवादी र नेपाली कांग्रेस गोरखावीच सहमति

२५ असार २०६७
एकीकृत माआवादी र नेपाली कांग्रेस गोरखावीच फरक आस्था राख्नेलाई िहंसात्मक आक्रमण नगर्ने सहमति भएको छ । दुई दिन अघि बसेको माओवादी र कांग्रेसको संयुक्त बैठकमा दुवै पाटिले एक अर्काको संगठन विस्तारमा अबरोध नपुर् याउने गाउँमा हिडडुल र वसोवासमा त्रास पैदा हुन नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
बैठकपछि दुवै पाटिले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा आगामी दिनमा जिल्लाका शैक्षिक संस्थामा स्वच्छ शैक्षिक वातावरण कायम राख्न र विद्यालय क्षेत्रमा कुनै राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिवद्धता पनि ब्यक्त गरिएको छ । एकीकृत माओवादीका जिल्ला इन्चार्ज कृष्ण धिताल र नेपाली कांग्रेसका सभापति चीनकाजी श्रेष्ठद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा दुल्लभ उच्च माविका शिक्षक संघ निकट शिक्षक र अखिल नेपाल शिक्षक संगठनका शिक्षकमाथि कुटपीट तथा दुब्र्यबहार संबन्धमा दुवै संघ संगठनको संयुक्त बैठक वसी सहमति गर्न सुझाव दिने उल्लेख गरिएको छ ।
दुई पाटिको बैठकले सो घटनामा परी घाइते हुनेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि पनि बिभिन्न मितिमा दुइ पाटि वीच असहमति र असहज वातावरणमा समझदारी बढाउन पटक पटक वार्ता र प्रतिवद्धता ब्यक्त भएका थिए । यसपटकको वार्तामा भने उनीहरुले यसअघिका सहमति र प्रतिवद्धतालाई कडाइपुर्वक पालना गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । बुधवार साँझ र विहीबार बिहान भएको वार्तापछि दुई दलले गरेको सातबुँदे सहमति आज मात्र सार्वजानिक गरेका हुन् ।
गोरखाको घ्याम्पेशालको दुल्लभ उच्च माविमा विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुदा एकीकृत माओवादीका कार्यकर्ताले ढुङ्गागाडेमा कांग्रेस कार्यकर्ताहरुलाई घाइते बनाएका र कांग्रेस कार्यकर्ताले घ्याम्पेशाल क्षेत्रमा माओवादी पाटि कार्यालय तोडफोड गर्नुका साथै माओवादी कार्यकर्तालाई घाइते बनाएका थिए ।

No comments: