२५ असार २०६७
यस वर्ष तनहुँ र लम्जुङ जिल्लामा ९ वटा मोटरेबल पुल निर्माण गरिने भएको छ । पश्चिमााचल सडक डिभिजन कार्यालय नं। १ का अनुसार साँगे खोला जिदि खोला मादि नदि मिदिम खोला म्याग्दे खोला सेती नदि र मस्र् र्याङदी नदि माथि पुल निर्माण कार्य भईरहेको छ । घाँसिकुवा फराकचौर कलेस्ती कुमालगाँउ मार्गमा पर्ने कलेस्ती खोलामाथि निर्माण भईरहेको २० मिटर लामो पुल अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको सहयोगमा ६५ लाख रुपैँयाको लागतमा उक्त पुल निर्माण भैरहेको छ । लम्जुङको रामबजार पिप्ले जोड्ने ८६ मिटरको मोटर हिड्ने पुल ४ करोड ४६ लाख रुपैँयाको लागतमा यसै आर्थिक बर्षमा सम्पन्न हुने कार्यालयले बताएको छ । त्यस्तै लम्जुङको भोर्लेटार देखि रामबजार जोड्ने मिदिम खोला माथिको मोटर हिड्ने पुल यस आर्थिक बर्ष सव स्टकचरका सबै काम भई आगामि आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लम्जुङको तार्कुघाट भोटेओडार र पाउदिको ढिक माथि मस्र्याङ्दि नदिमा पुल निर्माण भईरहेको छ ।
No comments:
Post a Comment