Thursday, July 8, 2010

घाईतेहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने सहमति

२४ असार २०६७
एकिकृत नेकपा माओवादी र नेपाली काँग्रेस गोरखाविच घ्याम्पेशाल घटनामा घाइते भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ । गोरखाको घ्याम्पेशाल घटनापछि बिग्रेको सम्बन्ध सुधारका लागि दूई दलका जिल्ला नेतृत्वविच भएको बैठकमा घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै क्षतिपूर्तिका लागि पहल गर्ने सहमति भएको हो । बैठकले दुल्लभ उच्च माध्यमिक विद्यालयका शिक्षकहरुको समस्याका बारेमा दुबै दलका शिक्षक संघ संगठन विच छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सतर्कता अपनाउने विषयमा दुबै दल सकारात्मक भएको बैठकमा सहभागी एकिकृत नेकपा माओवादीका नेता लेखबहादुर थापाले जानकारी दिनुभएको छ । । हिजो बेलुका र आज बिहान गरी दूई चरणमा भएको बैठकमा पछिल्ला दिनमा भएका घटनाको समीक्षा र सहमतिको वाताबरण निर्माणका विषयमा छलफल भएका थियो ।
आज बिहानको बैठकमा विभिन्न विषयमा सहमति भएको नेपाली काँग्रेसका जिल्ला सचीव किरणबाबु श्रेष्ठले जानकारी दिनुभयो । तर दुई दलविच भएको सहमतिलाई संयुक्त विज्ञप्ती मार्फत भोली मात्रै सार्वजनिक गर्ने उहाँले बताउनुभयो । सहमतिका कतिपय बुँदाहरुबारे थप छलफल गर्नुपर्ने भएको र एकिकृत माओवादीका जिल्ला इन्चार्ज सदरमुकाम बाहिर रहनुभएकाले सहमतिलाई आजै अन्तिम रुप दिई सार्वजनिक गर्न नसकिएको उहाँले बताउनुभएको छ ।
घटनापछि उत्पन्न परिस्थितिका कारण जिल्लामा कांग्रेस र माओवादीवीच संबन्ध चिसिएपछि दुवैदलको शीर्ष नेताहरु समस्या समाधानमा जुटेका हुन् । हिजो पाँचबजेबाट सुरु भएको बैठक राती आठ बसेसम्म चलेको थियो । पछिल्लो समयमा उत्पन्न परिस्थितिका कारण घ्याम्पेशाल क्षेत्रमा दुवै दलका कार्यकर्ताहरुलाई त्रासको अवस्था रहेको दलहरुले बताउदै आएका छन् । दुइ दलवीचको संबन्ध सुधार र घ्याम्पेशाल क्षेत्रको अवस्था सामान्य बनाउन बैठकमा प्रयास भएको एकीकृत माओवादीका जिल्ला नेता लेखबहादुर थापाले बताउनुभयो ।
सदरमुकामको होटल हिमालयनमा भएको संयुक्त बैठकमा एकीकृत माओवादीको तर्फबाट जिल्ला इन्चार्ज कृष्ण धिताल सचिवालय सदस्य लेखबहादुर थापा क्षेत्र नंबर ३ का इन्चार्ज विष्णु भट्ट र इलाका नंबर १ का इन्चार्ज दिपक तिमि_िल्सना सहभागी हुनुभएको थियो । त्यसैगरी कांग्रेसका तर्फबाट जिल्ला सभापति चीनकाजी श्रेष्ठ सहसभापति चेतमान श्रेष्ठ जिल्ला सचिव इश्वर पाण्डे जिल्ला सदस्य सुरेन्द्र पाण्डे र वासु भट्ट सहभागी हुनुभएको थियो ।
घ्याम्पेशालको दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुदा एकीकृत नेकपा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई घाइते बनाएको कांग्रेसको दाबी छ भने कांग्रेस कार्यकर्ताले पनि आफ्ना कार्यकर्ता घाइते बनाएको माओवादी दावी छ ।

No comments: