Thursday, July 8, 2010

संबन्ध सुधारका लागि बसेको बैठक निश्कर्षविहिन

२३ असार २०६७
गोरखाको घ्याम्पेशालमा घटनापछि बिग्रेको संबन्ध सुधारका लागि हिजो बसेको बैठकले निश्कर्ष निकाल्न नसकेपछि आज बिहानका पुन बस्ने गरी टुङ्गिएको छ । छलफलमा जुटेको एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको जिल्ला नेतृत्वले कुनै निश्कर्ष निकाल्न नसकेपछि अहिले बिहान सातबजे बैठक पुन बस्ने गरी बैठक स्थगित भएको माओवादीका जिल्ला इाचार्ज कृष्ण धिताल बिजयले जानकारी दिनुभयो ।
घटनापछि उत्पन्न परिस्थितिका कारण जिल्लामा कांग्रेस र माओवादीवीच संबन्ध चिसिएपछि दुवैदलको शीर्ष नेताहरु समस्या समाधानमा जुटेका हुन् । हिजो पाँचबजेबाट सुरु भएको बैठक राती आठ बसेसम्म बसेको थियो । बैठकमा घटनाको समीक्षा भएको थियो । बैठकमा संलग्न सबैले घटनाको सम्बन्धमा आ-आफ्नो धारणा राख्ने काम भएको नेपाली कांग्रेसका जिल्ला सचिव किरणबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समयमा उत्पन्न परिस्थितिका कारण घ्याम्पेशाल क्षेत्रमा दुवै दलका कार्यकर्ताहरुलाई त्रासको अवस्था रहेको दलहरुले बताउदै आएका थिए । दुइ दलवीचको संबन्ध सुधार र घ्याम्पेशाल क्षेत्रको अवस्था सामान्य बनाउन हिजोको बैठकमा प्रयास भएको एकीकृत माओवादीका जिल्ला नेता लेखबहादुर थापाले बताउनुभयो ।
सदरमुकामको होटल हिमालयनमा भएको संयुक्त बैठकमा एकीकृत माओवादीको तर्फबाट जिल्ला इन्चार्ज कृष्ण धिताल सचिवालय सदस्य लेखबहादुर थापा क्षेत्र नंबर ३ का इन्चार्ज विष्णु भट्ट र इलाका नंबर १ का इन्चार्ज दिपक तिमि_िल्सना सहभागी हुनुभएको छ । त्यसैगरी कांग्रेसका तर्फबाट जिल्ला सभापति चीनकाजी श्रेष्ठ सहसभापति चेतमान श्रेष्ठ जिल्ला सचिव इश्वर पाण्डे जिल्ला सदस्य सुरेन्द्र पाण्डे र वासु भट्ट सहभागी हुनुभएको छ ।
घ्याम्पेशालको दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुदा एकीकृत नेकपा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई घाइते बनाएको कांग्रेसको दाबी छ भने कांग्रेस कार्यकर्ताले पनि आफ्ना कार्यकर्ता घाइते बनाएको माओवादी दावी छ ।

No comments: