Thursday, July 8, 2010

आफ्नै घरको भर् याङमुनी युवतीको शब

२२ असार २०६७
दुइ महिनादेखि हराइरहेकी स्वाँरा चिसापानीको एक युवतीको शब आफ्नै घरको भर् याङमुनी भेटिएको छ । स्वाँरा ५ चिसापानी घर भएकी २५ वर्षिय आइतमाया गुरुङको शब उनकै घरभित्र प्रहरीले फेला पारेको स्थानीय वासिन्दाले बताएका छन् ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले स्थानीयको रोहबरमा घरभित्र खोजतलास गर्दा भर् याङमुनी गाडिएको अवस्थामा शब फेला परेको हो । गएको बैशाख २९ गते घरबाट हराएकी गुरुङको खोजीका लागि प्रहरीले मृतकका पति प्रेम गुरुङलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

No comments: