Thursday, July 8, 2010

चरित्र हत्या गरेको भन्दै दुल्लभ उच्च माविका शिक्षकद्वारा प्रेस काउन्सील नेपालमा उजुरी

२२ असार २०६७
घ्याम्पेशाल घटनाको विषयमा छापिएको समाचारले आफुहरुको चरित्र हत्या गरेको भन्दै दुल्लभ उच्च माविका चार शिक्षकले आज प्रेस काउन्सील नेपालमा उजुरी दिएका छन् । गएको शनिवार प्रहरी घेरा तोडेर अपराधी भागे शिर्षकमा राष्ट्रिय समाचार समिति र बिभिन्न साचार माध्याममा प्रकाशन÷प्रशारण भएको समाचारप्रति आपत्ति जनाउदै शिक्षकहरु नुरेश्वर अधिकारी ढकनाथ बस्ताकोटी शिव भट्ट र गोविन्द भट्टले उजुरी दिएका हुन् ।
समाचार प्रकाशनले आफुहरुको चरित्र हत्या गरेकोले साचार माध्याम र संवाददातामाथि कारबाहीको माग गर्दै उजुरी परेको प्रेस काउन्सील नेपालले जनाएको छ । समाचार प्रकाशनको विषयमा समाचार लेख्ने पत्रकार र साचार माध्याममाथि कारबाहीको माग गर्दै उजुरी परेको गोरखामा यो पहिलो पटक हो ।

No comments: