Friday, July 16, 2010

केवलकार प्रयोगकर्ता बृद्धि

३२ असार २०६७
आर्थिक वर्ष २०६६÷०६७ मा ८ लाख २५ हजार जनाले केवलकारको प्रयोग गरेका छन् । ०५५ सालमा स्थापना भएको नेपालकै एक मात्र केवलकारमा गत वर्ष मात्र ६ लाख ७९ हजार एक सय ८५ जनाले यात्रा गरेका थिए भने यसवर्ष झण्डै १ लाख ५० हजार जना बढीले यात्रा गरेका हुन् ।
चितवन जिल्लाको चेरेसदेखि गोरखाको मनकामनासम्म रहेको केवलकारले स्थापना पछिकै सवै भन्दा वढी दर्शनार्थीलाई यात्रा गराएको यो पहिलो पटक भएको स्टेशन म्यानेजर डि।एन।sायस्थले जानकारी दिनुभएको छ ।
देशभरका टिकट विक्रीकर्ताहरुबाट तथ्याङ्क आउन बाँकी नै भएकाले यो संख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो । स्वदेशी ६० प्रतिशत र विदेशी ४० प्रतिशत यात्रुले यात्रा गरेको केवल कारमा आगामी वर्ष ९ लाख ५० हजार यात्रुले यात्रा गर्ने अनुमान गरेको मनकामना दर्शन प्रा।लिले जनाएको छ । मनको इच्छा पुरा गरीदिने देवीको रुपमा परिचित मनकामना मन्दिरको दर्शनका लागि देशका बिभिन्न जिल्ला र भारतबाट बढी पर्यटक आउने प्रालिले जनाएको छ ।

No comments: