२६ असार २०६७
माओवादी कार्यकर्ताको धम्कीका कारण विस्थापित गोरखा घ्याम्पेशालका दुई शिक्षक गाउँ फर्कने क्रममा आज फेरी कुटिएका छन् । सदरमुकामबाट मोटरसाइकलमा घ्याम्पेशालतर्फ जाँदै गरेका दुल्लभ क्याम्पसका क्याम्पस प्रमुख गोविन्द भट्ट र शिक्षक टलक गुरुङलाई सतीपिपलमा कुटपीट हो । मोटरसाइकलमा जाँदै गर्दा धनबहादुर गुरुङ नामको माओवादी कार्यकर्ताले मोटरसाइकल रोकेर साइकलको चेनले प्रहार गरेको क्याम्पस प्रमुख भट्टले बताउनुभयो ।
एकीकृत माओवादी र कांग्रेसवीच आस्थाको आधारमा एक अर्कामाथि आक्रमण नगर्ने सहमति सार्वजानिक भएको भोलीपल्टै कांग्रेस निकट शिक्षकहरुमाथि आक्रमण भएको हो । आक्रमण गर्ने धनबहादुर गुरुङ असार ११ गते दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठनको बेलामा माओवादी टोलीमा सामेल भएर घ्याम्पेशाल गएकॊ शिक्षकहरुको दावी छ । कुटपीट गर्नुअघि उसले घ्याम्पेशालको दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठन आदिको कुरामा शिक्षकहरुसंग सोधखोज गरेको र मोवाइलबाट कसैलाई फोन गरेपछि एक्कासी आक्रमण गरेको क्याम्पस प्रमुख भट्टले बताउनुभयो । कुटपीटबाट शिक्षक टलक गुरुङको छातीमा चोट लागेको छ । सो घटनामा ग ५ प ५६०० नंबरको मोटरसाइलक क्षतिग्रस्त भएको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको नेपाली कांग्रेसले भत्स्रना गरेको छ । माओवादी नेतृत्वसंग कुराकानी गर्दा आफ्नो कार्यकर्ता नभएको बताएको जिल्ला सचिव इश्वर पाण्डेले बताउनुभयो । माओवादीले आफ्नो कार्यकर्ता नभएको र घटनामा संलग्नलाई कानुनी कारबाही गर्न सहयोग गर्ने बताएका उहाँले स्पष्ट पार्नुभयो । ूयदि सो घटना माओवादी कार्यकर्ताबाट र माओवादीको निर्देशनमा भएको हो भने यो िहंसाको पराकाष्ठा हो सचिव पाण्डेले भन्नुभयो ।
उता माओवादीले भने आक्रमण गर्ने ब्याक्ति आफुहरुले नचिनेको बताएको छ । कुटपीटमा संलग्न ब्याक्ति पार्टिमा संलग्न नभएको र आफुले नचिनेको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभयो । सो घटनामा संलग्नलाई कानुनी कारबाहीको लागि सहयोग गर्ने उहाँले बताउनुभयो । हिजो मात्र सहमति गरेको आवस्थामा आक्रमण गरेको भन्नु लज्जास्पद भएको धितालले बताउनुभयो ।
प्रहरीले आक्रमणकारी गुरुङको खोजी भइरहेको बताएको छ । आक्रमणकारीको खोजीका लागि तीनवटा टोली परिचालन गरेको प्रहरी नायब उपरीक्षक गोरखसिह भण्डारीले बताउनुभयो । यसअघि पनि बिभिन्न घटनामा प्रहरीको नियन्त्रणमा परिसकेकोले उसलाइ नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो ।
No comments:
Post a Comment