३१ असार २०६७
नेपाल टेलिकमको सीडीएमए टावरमा खराबी आउँदा गोरखा नगरपालिका वडा नंबर ११ को १० किलो बजार क्षेत्रको सीडीएमए मोवाइल र फोन सेवामा समस्या आएको छ । सीडीएमए फोनमा कुराकानी गर्दा कुरा गर्दागर्दै काटिने कुराकानी गरेको नसुनिने जस्ता समस्या देखिएको स्थानीय विरसिह तामाङले गुनासो गर्नुभयो ।
टेलिफोनमा आएको खराबीबारे टेलिकमको गोरखास्थित कार्यालयलाई पटक पटक जानकारी गराउदा पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । तर टेलिकम प्रमुख बेचनकुमार गौतमले भने सीडीएमए टावरमा आएको खराबीबारे आफुलाई जानकारी नभएको बताउनुभयो । समस्या थाहा भएपछि मर्मतका लागि पहल गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment