Tuesday, May 11, 2010

दूधपोखरी संरक्षणको अभावमा लोप हुने खतरामा

२८ बैशाख २०६७
पूर्वि लमजुङको दूधपोखरी संरक्षणको अभावमा लोप हुने खतरामा पुगेको छ । धार्मिक तथा ऐतिहासिक महत्व वोकेको प्राकृतिक छटाले भरिपूर्ण दूधपोखरी संरक्षणको अभावमा फोहोर र झारपातले साँघुरो बन्दै गएको छ ।
प्रचार प्रसार र संरक्षण सँगै उचित व्यवस्थापन हुन नसक्दा जिल्लाको ऐतिहासिक एवं धार्मिक महत्वको सो पोखरीको अस्तित्वनै संकटमा परेको लमजुङबाट सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ । उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने ऐतिहासिक सास्कृति एवं धार्मिक महत्व वोकेको दूधपोखरीको संरक्षण र व्यवस्थानसँगै प्रचार प्रसार गर्ने हो भने पर्यटकीय गन्तव्य हुन सक्ने सो क्षेत्रका वासिन्दाको भनाइ छ ।

जीप दुर्घटनामा १३ घाईते

२८ बैशाख २०६७
लमजुङमा आज भएको जीप दुर्घटनामा १३ जना घाईते भएका छन् भने एकको अवस्था गम्भीर छ । सदरमुकाम वेसीशाहरवाट कपुरगाउँतर्फ जाँदै गरेको को १ ज १३१३ नम्बरको जीप दिउँसो बाग्लुङपानीको बिम्दाबेसीमा पल्टिदा मालिङ गाविस ४ की ४५ वर्षिय कुबीनि गुरुङ गम्भीर घाइते हुनुभएको हो ।
उहुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेहरु सामान्य उपचार पछि घर फर्केका छन् । करीब ३० जना यात्रु लिएर गएको ओभरलोडको जीप मोडमा ब्रेक फेल भएपछि पल्टिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

योजनाबद्ध विकासका लागि संस्थागत पहल सुरु

२८ बैशाख २०६७
तनहँुको व्यास नगरपालिकाको योजनाबद्ध विकासका लागि संस्थागत पहल सुरु भएको छ । नगरपालिकाको सकि्रयता तथा स्थानिय विकास मन्त्रालयको आर्थिक सहयोगमा नगरको विकासका लागि पाँच बर्षे आवधिक योजना तयार पारिएको छ ।
आज सदरमुकाम दमौलीमा आयोजित आवधिक योजना पूर्वतयारी छलफल कार्यक्रममा स्थानिय स्व्ाायत्त ऐन आएको लामो समय हुदा समेत कार्यान्वयनमा ढिलाई भएकाले नगरपालिकाको पहलमा योजना निर्माणको पहल गरेको जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यकारी अधिकृत रामचन्द्र तिवारीले स्व्ाशासनको प्रयोग गरी स्थानीय क्षेत्रको विकास गर्नका लागि नगरपालिकाको आवधिक योजना निर्माण गर्न थालेको जानकारी दिनुभयो । सोही कार्यक्रममा स्थानिय विकास मन्त्रालयका उपसचिव गोविन्द बहादुर कार्किले आवधिक योजना बनाउँदा नगरको भौगोलिक आर्थिक विकास तथा अल्पसंख्यक समानुपातिक विकासका लागि योजना आवश्यक पर्ने बताउनुभयो ।
नेपालका १८ नगरपालिकामा आवधिक योजना बनाई सकिएको जानकारी िदंदै बाँकी ५ वटामा निर्माणको पहल भइरहेको उहाँले स्पष्ट पार्नुभयो । योजनामा नगरको विकासका प्राथमिकता समेत तोकिएको छ ।

Monday, May 10, 2010

छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जना घाइते

२७ बैशाख २०६७
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको कोत्रे-मुग्लिन सडक खण्डमा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते मध्ये ४ को अवस्था गम्भिर रहेको छ । गोर्खाको ठाँटीपोखरीबाट पोखरातर्फ जादैँ गरेको ना।२ ख ७७१० नम्बरको बस र पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग४प ८८९४ नम्बरको मोटर साइकल तनहुँको गुणादीमा ठक्कर खादाँ १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोरङका धर्मप्रसाद तिमि_िल्सेना लमजुङका सिता थापा गोरखाका विकास अम्गाई र तनहुँका गीता माया सुनार विमला वि।s मणिभद्र वाग्ले शुसिला वि।s राम बहादुर वि।s शक्ति मल्ल रहेका छन् भने एक घाइतेको नाम खुल्न सकेको छैन् । घाइते मध्ये गम्भिर अवस्थाका विमला विक र नाम नखुलेका एक व्यक्तिलाई थप उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ । अन्य घाइते दमौली अस्पतालमा उपचार गरि घर फर्किएका छन् ।
त्यस्तै गुणादीमा भएको बस दुर्घटनाका घाइतेलाई उपचारको लागि दमौली ल्याउँदै गरेको ना।३ ख ९६८१ नम्बरको बसले दमौलीको मेनचोकमा ठक्कर दिदाँ एक पैदल यात्रु गम्भिर घाइते भएका छन् । घाइते हुनेमा जामुनेका श्याम वि।s रहनुभएको छ । उहाँलाई पनि थप उपचारका लागि पश्च्मिााचल क्षेत्रीय अस्प्ताल पोखरा लगिएको छ ।
त्यसैगरी लमजुङको कालिमाटीबाट पोखरा जाँदै गरेको ग।१प १९६६ नम्बरको मोटरसाइकलबाट खस्दा लमजुङकी विन्दु श्रेष्ठ घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अबैध जडिबुटी बरामद

२७ बैशाख २०६७
लमजुङको ताघि्रङ गाविसको शीरचौरवाट सदरमुकाम वेसीशहरतर्फ अबैध रुपमा ल्याइँदै गरेको २ सय किलो सतुवा वेसीशहरस्थित त्रिवेणी युवा क्लबका युवाहरुले बरामद गरेका छन्। उनीहरुले सतुवासहित दुई ब्यक्तिलाई नियन्त्रणमा लिई बन कार्यालयमा बुझाएका हुन । बाँझाखेत गाविस ४ साँधुका जसबहादुर तामाङ र सिन्धुपाल्चोकका नरबहादुर श्रेष्ठले प्राईवेट जीपमा सतुवा भरेर ल्याउँदै गर्दा युवाहरुले गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएका थिए । तामाङ र श्रेष्ठले भने स्थानीय बिर्खबहादुर गुरुङसंग किनेर ल्याएको वताएका छन् ।
जिल्ला बन कार्यालयले पूर्जीविना जंगलमा गएर अबैध रुपमा जडिबुटी संकलन गरेको भन्दै उनीहरुलाई कानुन बमोजिम कार्वाही गरिने जनाएको छ । लमजुङका उच्च पहाडी भेगको २५ सय मीटरदेखि ३५ सय मीटरको सम्मको ओसिलो तथा चिसो ठाउँमा पाईने सतुवाको मुल्य सुकेको ८ सय रुपैँया प्रति केजी पर्दछ ।लोपुन्मुख जडिबुटी अन्तरगत पर्ने सतुवा शक्तिबद्र्धक र पेट संवन्धि रोगहरुको औषधीको रुपमा प्रयोग हुन्छ । सतुवाको प्रतिकिलो १० रुपैँया सरकारले राजस्व लिने गरेको छ ।

गोरखामा माओवादी प्रदर्शन

२६ बैशाख २०६६
अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएपनि संघर्षका अन्य कार्यक्रम जारी राखेको एकिकृत नेकपा माओवादीले आज गोरखा सदरमुकाममा प्रदर्शन गरेको छ । एकिकृत माओवादी कार्यकर्ताहरुले आज सदरमुकाममा जुलुश प्रदर्शन गरेका छन् । हरमटारी स्थित लोकतान्त्रिक चोकबाट शुरु भएको जुलुश बसपार्कठूलोआँगनहस्पिटलचोक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एकिकृत माओवादी गोरखा क्षेत्र नम्बर २ का इन्चार्ज यानप्रसाद भट्ट सरोजले दलीय सहमतिका आधारमा संविधान बन्ने समय समाप्त भएकाले आफ्नो पार्टीले जनसंविधान जारी गर्ने बताउनुभएको छ । आफ्नो पार्टीको मागलाई अन्य दलहरुले बेवास्ता गरेकाले समयमै संविधान जारी गर्ने संम्भावना नभएको पनि उहाँले दावी गर्नुभयो । विगतमा पनि आफ्ना जायज मागहरुको सम्बोधन नगरेर दलहरुले आफूहरुलाई जनयुद्धमा जान बाध्य बनाएको पनि उहाँले बताउनुभयो ।
कोणसभालाई सम्बोधन गर्दै वाइसियल केन्द्रिय सदस्य एवम् गोरखा जिल्ला अध्यक्ष रमेश पोखरेल अटलले आफूहरु शान्तिको विपक्षमा नभइ शान्तिकै पक्षमा भएको दावी गर्नुभयो । िसंहदरवार सहित देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम अन्तर्गत आज विरोध प्रदर्शन गरिएको माओवादी गोरखाले जनाएको छ ।

वेसीशहर-चामे सडकको निर्माण कार्य सुचारु

२६ बैशाख २०६६
झण्डै एक हप्तादेखि बन्द वेसीशहर-चामे सडकको निर्माणकार्य आजदेखि सुचारु भएको छ । एकीकृत माओवादीको हड्तालका कारण बन्द सडक निर्माणका लागि आवश्यक समाग्रीको हिजो दिनभर ढुवानी गरिएपछि विहानैदेखि मजदुर आ-आफ्नो काममा खटिएका छन् । नेपाली सेनाको सडक निर्माण कार्यदल गणले १५ वर्षदेखि निर्माण गर्दै आएको लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्मको कुल ६५ किलोमीटर सडकमध्ये करिव ५४ किलो मिटर सडकको ट्रयाक खनिसकेको छ ।
बाँकी भागमा करीब पाँचसय मजदुरले सडक खन्ने कार्य गरिरहेको वेसीशहर-चामे सडक निर्माण कार्यदल गणले जनाएको छ ।
यसैविच लमजुङको गाउँशहर गाविसका वासिन्दाले आफ्नै पहलमा मस्र्याङ्दी नदीसम्मको मरणघाट जाने गोरेटो बाटो निर्माण गरेका छन् । गाउँशहरको झप्रीखेत हुँदैं मस्र्याङ्दी नदीसम्मको मरणघाट जाने बाटो निर्माण गरेपछि झप्रीखेत थापागाउँ मगरपात्ले र बोहोराबेसीका स्थानीयबासीलाई सुविधा पुगेको छ । गाविस गाउँमा रहेका आमा समुहहरु बन समुह तथा स्थानीयवासिन्दाको संयुक्त प्रयासमा ८७ हजार ८ सय ९ रुपैयाँको लागतमा बाटो निर्माण भएको हो । बाटो निर्माणका लागि स्थानीयवासिन्दाले ३ दिन लगातार श्रमदान गरेका थिए ।
यस्तै नवलपरासी सुनवलका उपभोक्ताले १४ लाखको लागत कालोपत्रे सडक बनाएका छन् । सुनवल आर्दश गाउ विकास समिति वडा नम्बर ६ सुकुम्बासी बस्तीका ९० घर परिवारले आफ्नै लगानीमा ५ सय ३२ मिटर कालोपत्रे सडक बनाएका हुन् ।

गोरखा लगायत आसपासको जनजीवन आजबाट समान्य

२५ बैशाख २०६७
एकीकृत माओवादीले आमहड्ताल स्थगित गरेपछि ६ दिनसम्म कष्टकर वनेको गोरखाको जनजीवन पनि आजबाट समान्य वन्न थालेको छ । विहानैदेखि गोरखा सदरमुकाम र मुख्य बजार क्षेत्रका पसलहरु खुलेका छन् भने यातायातका साधनहरु समेत चलेका छन् ।
गोरखा भित्रने र जिल्ला बाहिर जाने यात्रुवाहक वसहरु सबै साचालनमा आएपछि सर्वसाधारणहरु गन्तब्यमा पुग्न पाएका छन् । आज सदरमुकामबाट दर्जनभन्दा बढी मालवाहक सवारी साधनले दैनिक उपभोग्य लगायतका सामाग्रीहरु ग्रामीण क्षेत्रतर्फ ढुवानी भएका छन् ।
६ दिनसम्मको आमहड्तालमा ग्रामीण क्षेत्रमा साचालन हुन नसकेका सबै यात्रुवाहक वसहरु आज चलेका छन् । जिल्लाको आरुघाट घ्याम्पेशाल बोर्लाङ्ग नामजुङ भालुस्वाँरा आदि रुटमा चल्ने यात्रुवाकह वस साचालनमा आएपछि हड्तालभर गाउँ जान नपाएका यात्रुहरु गाउँपुगेका छन् ।
आमहड्ताल खुलेपछि सदरमुकामका पसलहरु दिनभर खुलेका छन् । पहिले शनिवार बन्द हुने पसलहरु पनि आज खुलेका छन् । हड्ताल खुलेपछि बजारमा किनमेल गर्नेको घुँइचो बढेको छ ।
६ दिनदेखि कष्टकर लमजुङ र मनाङको जनजीवन आज शनिवारदेखि सामान्य वनेको छ । लमजुङ सदरमुकाम वेसीशहर र मनाङ सदरमुकाम चामे लगायतका मुख्य बजार क्षेत्रहरु खुलेका छन् । लमजुङमा जिल्ला भित्रने र जिल्ला बाहिर जाने यात्रुवाहक वसहरु सबै साचालनमा आएपछि सर्वसाधारणहरु गन्तब्यमा पुगेका छन् । ग्रामीण सडकमा भने साँझपख मात्रै यातायात संचालनमा आएको थियो ।
आमहड्ताल खुलेपछि लमजुङ र मनाङ सदरमुकामका सवै पसलहरु खुलेका छन् । लमजुङमा पहिले शनिवार बन्द हुने पसलहरु पनि आज खुलेका छन् । हड्ताल खुलेपछि बजारमा किनमेल गर्नेको घुँइचो बढेको पत्रकार आश गुरुङले जानकारी दिनुभएको छ ।
आज शनिवार विहानै लमजुङ उद्योग बाणिज्य संघले सार्वजनिक सूचना गरि गरि पसल खुलाउन आग्रह गरेको थियो । त्यस्तै सदरमुकाम वेसीशहरका बैंकका एटिएम सेवा पनि आजबाट नै सुचारु भएको छ ।
यसैवीच आन्दोलनका लागि गोरखाबाट राजधानी र पोखरा गएकाहरु अझै गोरखा फर्केका छैनन् । काठमाडौबाट ३÷४ सय जनामात्र जिल्ला फर्काएको र बाँकीलाई आन्दोलनका लागि राजधानीमा नै राखिएको काठमाडौमा रहनुभएका गोरखा जिल्ला सेक्रेटरी चुडामणि खड्काले जानकारी दिनुभएको छ ।
आन्दोलन स्थगित नभइ स्वरुप मात्र परिवर्तन भएको भन्दै उहाँले अहिले काठमाडौमा रहेकाहरुलाई तुरुन्तै गाउँ नफर्काउने बताउनुभयो । उहाँका अनुसार काठमाडौको आन्दोलनमा गोरखाबाट १० हजार नागरिक सहभागी थिए ।
त्यसैगरी पोखरामा रहेकाहरु पनि सबैजना आज गोरखा फर्किएका छैनन् । अधिकांश आज फर्किएका र केही अझै पोखरामा नै रहेका वाइसीएलका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रमेश पोखरेलले जानकारी दिनुभएको छ । माओवादीले आमहड्तालको कार्यक्रम स्थगित गरेपनि भोली काठमाडौमा सिहदरबार घेराउ र जिल्लाहरुम्ाा प्रशासन कार्यालय घेराउको कार्यक्रम राखेको छ ।

दुर्घटनामा आठ घाईते

२५ बैशाख २०६७
पोखराबाट गोरखातर्फ आउँदै गरेको बा १ ग २११२ नंबरको प्रहरी भ्यान र दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना १४ प १७९२ नंबरको मोटरसाइकल तनहुँको थर्पुमा ठोक्किदा ७ प्रहरी सहित ८ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर अवस्थाका तीनजनालाई उपचारका लागि पोखरा लगिएको भने अन्यको तनहुँ सदरमुकामको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
पोखरामा उपचार हुनेमा प्रहरी जवानहरु कोकेन्द्र गुरुङ र लोकेश रानाभाट र मोटरसााइकल चालक रामजी खाँण रहनुभएको पत्रकार समुन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
घाइते हुने प्रहरीहरु जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत रहेको कार्यालयले जनाएको छ । १८ गते पोखरामा माओवादीले गरेको जनप्रर्दशनमा सुरक्षाका लागि गोरखाबाट खटिएका प्रहरीहरु हिजो जिल्ला फर्कने क्रममा दुर्घटना भएको हो ।

समयमै संविधान निर्माणको कामना गर्दै पुरुषोत्तम पुराण

२५ बैशाख २०६७
देशमा दिगो शान्ति र निर्धारित मितिमा संविधान निर्माण हुने कामना गर्दै गोरखाको बुंकोटमा स्थानीयले पुरुषोत्तम पुराण लगाएका छन् । अचला किसान महिला समूहको आयोजनामा पुराण लगाएको समूहकी अध्यक्ष जानुका अंगाइले जानकारी दिनुभएको छ ।
पुराण लगाएपछि मनले चिताएको कुरा पुग्ने जनविश्वास रहेकाले दीगो शान्ति र समयमै संविधान निर्माणको कामना गर्दै पुराण लगाएको उहाँले बताउनुभयो । सो कार्यक्रममा पण्डित भीमप्रसादले पुराण वाचन गर्नुभएको छ भने उद्घाटन कार्यक्रममा स्थानीय इन्द्रराज ढकाल विश्वनाथ वाग्ले लोककुमारी पोखरेल कोपिला अंगाइ गंगाप्रसाद रेग्मी लगायतले मन्तब्य राख्नुभएको थियो । वक्ताहरुले धर्म र अनुशासनले देशमा शान्ति स्थापना गर्न मद्दत गर्ने धारणा राखेका थिए ।

फोटो पत्रकार संघ नेपाल तनहुँ शाखा गठन

२५ बैशाख २०६७
तनहुँमा कि्रयाशिल फाटो पत्रकारहरुको भेलाले नारायण खड्काको अध्यक्षतामा ७ सदस्यीय फोटो पत्रकार संघ नेपाल तनहुँ शाखा गठन गरेका छन् ।
जसको उपाध्यक्ष एस।बि। नेपाली सचिव दिवाकर भण्डारी कोषाध्यक्षमा कृष्ण न्यौपाने रहेका छन् । सदस्यमा सुरेन्द्र पौडेल शिवा आले सुमनबन्धु भण्डारी रहेका छन् । शाखाको आज बसेको बैठकले जिल्लाबाट प्रकाशित पत्रपत्रिकामा प्रकाशित भएका स्तरीय तस्विरलाई त्रैमासिक रुपमा पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।

Friday, May 7, 2010

वजार खुल्ने समय बढ्यो गोरखामा तरकारी आपूर्ति

२४ बैशाख २०६७
एकीकृत माओवादीले आमहड्तालको समयमा वजार खुल्ने समय बढाएपछि गोरखा सदरमुकाममा उपभोग्य सामाग्री किन्नेको भीड वढेको छ । दुइघण्टाको समयमा किनमेल गरि नसक्ने उपभोक्ताहरु साँझ ६ वजेदेखि १० वजेसम्म बजार खुल्न थालेपछि खुशी भएका छन् । त्यसैगरी हरिया तरकारी बोक्ने सवारी चल्न दिएपछि गोरखामा आज साँझ तरकारी ल्याइएको छ ।
हिजो राती माओवादीले तरकारी बोक्ने सवारी चल्न दिने भएपछि बेनिघाट क्षेत्रबाट तरकारी ल्याइएको हो । आज साँझ तरकारी बोकेको गाडीले बन्दा घिरौला गोलभेडा भेडी लगायतका तरकारी ल्याएको ब्यापारीले बताएका छन् । ६ दिनसम्म तरकारी आयात हुन नसकेको गोरखामा आज तरकारी ल्याएपछि तत्कालका लागि तरकारीको अभाव टरेको छ ।