Saturday, May 29, 2010

रेडियो गोरखाको प्रशारण समयमा साधारण फेरवदल

१५ जेठ २०६७
आजदेखि रेडियो गोरखाले कार्यक्रम प्रशारण हुने समयमा साधारण फेरवदल गरेको छ । परिवर्तित समय अनुसार हरेक दिन विहान पौने सात वजे प्रशारण हुने गोरखा डायरी अबदेखि सातवजे प्रशारण हुन थालेको छ भने अन्य कार्यक्रम तालिका पनि सामान्य फेरवदल भएको छ । रेडियोको विहानी दिवा र रात्री शत्रमा प्रशारण भइरहेका कार्यक्रमको समय तालिकामा पनि परिवर्तन गरिएको छ । श्रोताहरुको सुझाव सल्लाह र चाहना बमोजिम कार्यक्रम तालिकामा परिवर्तन गरिएको हो ।

गोरखामा पनि संविधानको मस्यौदा घोषणा

१५ जेठ २०६७
गणतन्त्र दिवशको अवसर पारेर एकीकृत माओवादीले आज गोरखामा पनि नयाँ संविधानको मस्यौदा घोषणा गरेको छ । माओवादीले सदरमुकामको लोकतान्त्रिक चोकमा गरेको सभामा केन्द्रिय सदस्य तथा सभासद् अमृता थापाले घोषणा गर्नुभएको हो । माओवादीले आज घोषणा गरेको नयाँ संविधानमा प्रत्यक्ष राष्ट्रपति निर्वाचन क्रान्तिकारी भुमिसुधार पुर्ण समानुपातिक निर्वाचन प्रणाली शिक्षा स्वास्थ्य गास वास र कपासलाई मौलिक हकको रुपमा ब्यवस्थ्ाा वाक स्वतन्त्रता बहुदलीय प्रतिस्पर्धा सहितको आवधिक निर्वाचन हुने उल्लेख गरिएको छ ।
सो कार्यक्रममा केन्द्रिय सदस्य तथा सभासद् थापा गरिब किसान र मजदुरको लागि अझै गाण्तन्त्र नआएकाले आफुहरु त्यसका लागि कि्रयाशिल भइरहको बताउनुभयो । उहुले आगामी तीन महिनासम्म पनि संविधान निर्माणमा अन्य दलको कि्रयाशिलता नदेखिए संविधान सभा विघटन गर्नुपर्ने धारणा राख्नुभयो ।
संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गोरखाका अध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज कृष्ण धिताल अखिल नेपाल किसान संघ २००७ का केन्द्रिय उपाध्यक्ष भक्ति लामिछाने सभासद् पार्वती थापा गोरखा क्षेत्र नंबर १ का इन्चार्ज जानुका पौडेल वाइसीएलका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रमेश पोखरेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

बहुमुल्य जडिबुटी यासा्रगुम्बा र सदुवा टिप्न गोरखा लाप्राकबासी लेकतिर गाउँ नै सुनसान

१५ जेठ २०६७
बहुमुल्य जडिबुटी यासा्रगुम्बा र सदुवा टिप्न गाउँलेहरु लेक तिर जान थालेपछि गोरखाको लाप्राक गाउँ नै सुनसान भएको छ । समुन्द्र सतहदेखि चार हजार मिटर भन्दा माथिको लेकमा मात्र पाइने ती जडिबुटी टिप्न दुई सय भन्दा स्थानीयहरु लेकतिर गएपछि गाउँ सुनसान भएको शिक्षक कृष्ण न्यौपानेले जानकारी दिनुभएको छ ।
वैशाख १५ देखी असार महिनासम्म टिप्न सकिने यासा्रगुम्बा र सदुवा वेचेर राम्रो आम्दानी गर्न सकिने भएकाले भएकाले स्थानीयले यो समयलाई मौसमलाई आर्थिक संकलनको समयको रुपमा लिन्छन् । यासा्रगुम्बाको प्रति किलो एक लाख सत्तरी हजारसम्म रुपियाँसम्म पर्छ भने सदुवाको प्रति एक सय पचास रुपैयाँ पर्ने स्थानीयले बताएका छन् । गोरखाको सिर्दिवास माथिका सात गाविस लाप्राक लगायत केही गाविसमा मात्र यासा्रगुम्बा पाइने जडिबुटी ब्यवसायीहरुले बताएका छन् ।

सरसफाई संबन्धि चेतनाका लागी मकैिसंमा सचेतनामुलक र् याली

१५ जेठ २०६७
गोरखाको मकैसी गाविसमा सरसफाई संबन्धि चेतना फैलाउन स्थानीय महिलाहरुले आज सचेतनामुलक र् याली निकालेका छन् । हिमाली क्षेत्र विकास केन्द्रको महिला र युवा दिगो शान्तिको आधार कार्यक्रम अन्तर्गतको जागृति शान्ति समूहको सकि्रयतामा गाउका १ सय भन्दा बढी महिला सहभागी र् यालीमा सरसफाई संबन्धि चेतनामुलक जानकारी लेखिएको प्लेकार्ड बोकेर गाउँमा सरसफाइका लागि चेतना फैलाइएको थियो ।
महिलाहरुले गाविस भवनबाट सुरु गरेका र् याली पोखरी हटिया हुदै खल्तुपानीमा पुगेर समापन गरिएको थियो । सो र् यालीमा महिलाहरुले चर्पिमा मात्र दिशा गरौ घर आँगन सफा राखौ गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान सफल पारौ जस्ता शन्देश लेखिएको प्लेकार्ड बोकेका स्थानीय शिक्षिका कमला अधिकारीले जानकारी दिनुभएको छ ।

सातौ रोट महोत्सवको चौथो दिन

१५ जेठ २०६७
गोरखामा साचालन भइरहेको सातौ रोट महोत्सवको चौथो दिन आज पनि गुरु गोरखनाथलाई रोट चढाइएको छ । गोरखनाथलाई सबैभन्दा बढी मन पर्ने परिकार ११ दिनको महोत्सवमा सवालाख चढाइने आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । चामलको पिठोमा चिनी दालचिनी ल्वाङ सुकुमेल लगायतका मसला मिसाएर घिउमा पकाएको परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई रोट चढाएमा खुशी भइ मुलुकमा सुख शान्ति र समृद्धि प्राप्त हुने भन्दै केन्द्रले सातवर्ष अघिदेखि महोत्सव गर्द्रै आएको छ ।
महोत्सवमा हरेक दिन बिहान देखि २ वजेसम्म रोट पकाउने ८ देखि ९ सम्म मन्त्र जप ९ देखि १० सम्म विशेष हवन १२ देखि ४ वजेसम्म गोरखनाथको भजन प्रस्तुत गर्ने सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । त्यसैगरी ३ वजेदेखि नियमित पुजा ५ वजेदेखि नित्य आरती र आरती सकिएपछि भक्तजनहरुलाई प्रसाद वितरणको कार्यक्रम रहेको साधक किशोर अकेलाले जानकारी दिनुभएको छ । सिद्धाश्रम शक्ति केन्द्रले वेलुका ६ वजेपछि महोत्सवको समीक्षा गर्ने उहाँले बताउनुभयो ।

वित्तीय ब्यवस्थापन तालिम प्रदान

१५ जेठ २०६७
नवीकरणीय उर्जा आयोजनाले गोरखा र धादिङ जिल्लामा आफ्नो कार्यक्रम साचालनका लागि स्थानीय सामुदायिक संस्थाका लागि ब्यवसायिक विकास तथा वित्तीय ब्यवस्थापन तालिम प्रदान गरेको छ । आज सम्पन्न तालिममा गोरखाका १४ र धादिङका ६ जना सहभागी थिए । नेपाल सरकार नवीकरणीय उर्जा आयोजना र युरोपेली आयोगको संयुक्त लगानीमा साचालन हुन लागेको आयोजनाका लागि गोरखाका १० र धादिङका ६ गाविस छनोट गरिएको तालिम संयोजक लिलाबहादुर देवकोटाले जानकारी दिनुभएको छ ।
आयोजनाले विद्युत सेवा नपुगेको गाउँमा सामुदायिक संस्थाहरु मार्फत कम्प्युटर सामुदायिक सूचना केन्द्र कुटानी पिसानी मील पानी तान्ने पम्प र स्वास्थ्य संस्थामा उपकरण साचालनको लागि शौर्य उर्जामा अनुदान दिने उहुले बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा आयोजना निर्देशक मंगलदास महर्जनले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो भने महेन्द्र सिटौलाले ब्यवसाय विकास संबन्धि र राजेन्द्र कोइरालाले सहकारी लेखा ब्यवस्थापनबारे जानकारी गराउनुभएको थियो ।

Friday, May 28, 2010

तेश्रो गणतन्त्र दिवस गोरखामा

१५ जेठ २०६७
तेश्रो गणतन्त्र दिवस गोरखामा भब्य रुपमा मनाइदै छ । संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्रको घोषणा गरेको दिनको सम्झनामा गणतन्त्र दिवश मनाउन थालिएको हो । गणतन्त्र दिवशको अवसरमा आज सदरमुकाममा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा बिहान प्रभातफेरीको आयोजना गरिएको थियो । बिहान ७ बजे सुरु भएको प्रभातफेरी पेट्रोलपम्पदेखि सुरु भइ बसपार्क हुदै जिल्ला विकास समितिको सभाहलमा पुगी विचार गोष्ठीमा परिणत भएको छ । गणतन्त्र दिवश मूल समारोह समितिको आयोजनामा भएको विचार गोष्ठिमा नेपाली काँग्रेसका जिल्ला सदस्य सिपि पोखरेल एमालेका जिल्ला सचिव सम्झना देवकोटा स्थानिय विकास अधिकारी तथा कार्यक्रमका अध्यक्ष राजकुमार श्रेष्ठ प्रमुख अतिथि प्रभा बस्नेत गैसस महासंघका जिल्ला अध्यक्ष काजीराम रोका शिक्षकको तर्फबाट लक्ष्मण आचार्य शान्ति समाजका अध्यक्ष यदु अधिकारी लगायतकाले बोल्नुभएको थियो । त्यसैगरी दिवसकै अवसर पारेर साहित्य संगम गोरखाले आज खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा रमेश विष्ट प्रथम, करिष्मा के.सी. द्धितिय र प्रतिमा थपलिया तृतिय भएका छन् । प्रतियोगिताका विजेताहरुलाई आजै प्रमुख अतिथि बस्नेतले पुरस्कार वितरण गर्नु भएको छ ।
गणतन्त्र दिबसको अवसरमा जिल्ला शिक्षा कार्यालयले भने मेचघुमाइ खेल साचालन गरेको छ । विहान सम्पन्न खेलमा सम्झना देवकोटा प्रथम, कमला लामिछाने द्धितिय र प्रेमचन्द्र बानियाँ तृतिय हुनु भएको छ । आजै साँझ उद्योग वाणिज्य संघले दिपावली गर्ने कार्यक्रम छ ।

गणतन्त्र दिवस गोरखामा मनाइने

१४ जेठ २०६७
तेस्रो गणतन्त्र दिवस गोरखामा भोलीदेखि भब्य रुपमा मनाइने भएको छ । संविधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा तीन वर्षदेखि गणतन्त्र दिवश मनाउदै आइएको हो । भोली १५ गते बिहान मानवअधिकार तथा शान्ति समाज र ग्रामीण सुदृढीकरण केन्द्रको आयोजनामा सदरमुकाममा प्रभातफेरीको आयोजना गरिने भएको छ ।
त्यसैगरी गोरखा साहित्य संगमले पनि भोली खुल्ला कविता प्रतियोगिता गर्ने जनाएको छ । भोली विहान गणतन्त्र दिवश मूल समारोह समितिको आयोजनामा प्रवचन तथा बिचार गोष्ठीको आयोजना गरिएको छ । गणतन्त्र दिबसको अवसरमा जिल्ला शिक्षा कार्यालयले मेचघुमाइ खेल साचालन गर्ने भएको छ भने उद्योग वाणिज्य संघले साँझमा दिपावली गर्ने कार्यक्रम छ । गणतन्त्र दिवश मनाउन गोरखामा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठको संयोजकत्वमा ६७ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

रोट महोत्सवमा आज १५ हजार रोट चढाईयो

१४ जेठ २०६७
बैशाख पूर्णिमा तथा गोरखनाथ प्रकट दिवशको अवसर पारेर हिजोदेखि गोरखामा सुरु भएको सातौ रोट महोत्सवमा आज १५ हजार रोट चढाइएको छ । गुरु गोरखनाथलाई सबैभन्दा बढी मन पर्ने परिकार ११ दिनको महोत्सवमा सवालाख चढाइने आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।
चामलको पिठोमा चिनी दालचिनी ल्वाङ सुकुमेल लगायतका मसला मिसाएर घिउमा पकाएको परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई रोट चढाएमा खुशी भइ मुलुकमा सुख शान्ति र समृद्धि प्राप्त हुने भन्दै केन्द्रले सातवर्ष अघिदेखि महोत्सव गर्द्रै आएको छ ।
महोत्सवमा हरेक दिन बिहान ७ देखि २ वजेसम्म रोट पकाउने १० देखि ५ वजेसम्म भजनकिर्तन गर्ने ४ वजे गुरु पुजन ५ वजे आरती र ५ वजेपछि रोट वितरण गर्ने केन्द्रका साधक किशोर अकेलाले जानकारी दिनुभयो । महोत्सवमा आउने भक्तजन र सर्वसाधारणका लागि सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ ।

गोरखामा नागरिक राष्ट्रिय दैनिक पत्रिका जलायो

१४ जेठ २०६७
पित पत्रकारिता गरी जनतामा भ्रम फैलाएको भन्दै एकीकृत माओवादीले आज गोरखामा नागरिक राष्ट्रिय दैनिक पत्रिका जलाएको छ । नागरिक दैनिकको पहिलो पृष्ठमा वेपत्ता डाक्टर माओवादी कब्जामा शिर्षकको समाचार गलत भएको भन्दै माओवादीका सचिवालय सदस्य तथा तमुवान राज्य समिति सदस्य लेखबहादुर थापाले पत्रिका जलाउनुभएको हो ।
चितवनको वीपी कोइराला क्यान्सर अस्पतालका डाक्टर माओवादी कब्जामा नै रहेको आशयमा समाचार छापिएपछि सो समाचार गलत र भ्रम फैलाउने खालको भन्दै माओवादीले सदरमुकामको हरमटारी चोकमा पत्रिका जलाएका हुन् । पत्रिका जलाउने कार्यक्रममा एकीकृत माओवादीका क्षेत्र नंबर २ का इन्चार्ज यानप्रसाद भट्टले कठपुतली सरकारले नै पीत पत्रकारिताको गर्न लगाएको आरोप लगाउनुभयो ।
गोरखाको फिनाम गाउँ विकास समितिका वासिन्दाले आफ्नो खेतवारी सिाचाइ गर्न कुलो निर्माण गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले ६० हजार रुपियाँ दिएपछि गाउँलेले १५ हजार रुपियाँ थपेर एक किलोमिटर लामो कुलो बनाएको डम्मरकाँडा सिाचाइ उपभोक्ता समितिका अध्यक्ष अब्दुलकरिम मियाँले जानकारी दिनुभएको छ ।
बैशाख दुइ गतेदेखि थालिएको कुलो निर्माण पुरा भएकाले स्थानीय खिरपे खेतको ७५ रोपनी क्षेत्रफल सिाचाइ गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

आफ्नै खर्चमा मन्दिर परिसरमा प्रतिक्षालय निर्माण

१४ जेठ २०६७
गोरखा नगरपालिका वडा नंबर ५ खिरेपानीका शंखनारायण श्रेष्ठले आफ्नै खर्चमा पश्लाङको पश्चिमकाली मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गर्नुभएको छ । श्रेष्ठले स्वर्गिय बुवा मानबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठको सम्झनामा मन्दिर परिसरमा प्रतिक्षालय निर्माण गर्नुभएको हो ।
दुइतलाको सो प्रतिक्षालय आज एक कार्यक्रम गरी पश्चिमकाली तथा खड्गदेवी मन्दिर ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । करिब ४ लाख रुपियाँको लागतमा निर्माण भएको प्रतिक्षालय आज समितिका अध्यष शारदाप्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको हो ।

Thursday, May 27, 2010

गोरखामा सातौ रोट महोत्सव शुरु

१३ जेठ २०६७
बैशाख पूर्णिमा तथा गोरखनाथ प्रकट दिवशको अवसर पारेर आजदेखि गोरखामा सातौ रोट महोत्सव सुरु भएको छ । ११ दिनसम्म चल्ने महोत्सवमा गुरु गोरखनाथलाई सवालाख रोट अपर्ण गर्ने कार्यक्रम रहेको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहका गुरु गोरखनाथ खुशी भएमा देशमा सुख शान्ति र समृद्धि प्राप्त हुने भएकाले महोत्सवसमा गोरखनाथलाई रोट अपर्ण गर्ने साधक किशोर अकेलाले जानकारी दिनुभएको छ । चामलको पिठोमा चिनी र बिभिन्न किसिमका मसला मिसाएर घिउमा पकाएको बिशेष परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने परिकार रोट भएकोले उहाँलाई खुशी पार्न रोट महोत्सव गरिएको हो ।
महोत्सवको पहिलो दिन हिजो विहान सदरमुकामबाट शोभायात्रा सुरु भई गोरखनाथ मन्दिर पुगेपछि विशेष पुजापाठ गरी महोत्सवको विधिवत शुरुवात भएको हो ।