Thursday, February 10, 2011

२०६७ माघ २७ को स्पन्दन सुन्नको लागि Play बटन थिच्नुहोला ।


२०६७ माघ २७ को स्पन्दन डाउनलोड गर्नको लागि तल Click गर्नुहोला ।
Spandan 10.27.mp3

Thursday, February 3, 2011

२०६७ माघ २० को स्पन्दन सुन्नको लागि Play बटन थिच्नुहोला ।








२०६७ माघ २० को स्पन्दन डाउनलोड गर्नको लागि तल Click गर्नुहोला ।
SPANDAN 10.20.mp3

Spandan

२०६७ माघ २० को स्पन्दन सुन्नको लागि Play बटन थिच्नुहोला ।






Monday, January 10, 2011

रेडियो गोरखा अब संसारभर

आजदेखि रेडियो गोरखाले आफ्नो प्रशारणलाई विस्तार गरेको छ । आज मिति २०६७ पुस २६ गते देखि सामुदायिक रेडियो रेडियो गोरखाले आफ्नो प्रशारणलाई विश्वभर वेवसाईट www.radiogorkha.org मार्फत प्रत्यक्ष सुन्न पाउने बनाएको हो । यसअघि पनि यो सेवा केहि समयको लागी सुचारु गरिएपनि विविध कारणबश निरन्तरता दिन सकेको थिएन । अवको दिनमा भने यो सेवा निरन्तर रुपमा तपाईको लागी सुचारु गर्ने जमर्कोका साथमा आएका छौं । यहाँहरुको सल्लाह सुझाव अनि प्रतिकि्रयाको खाँचो हामीलाई सदा स्वीकार्य हुनेछ । यहाँको साथ र सहयोग नै हाम्रो लागी अघि बढ्ने खुड्किलो हुनेछ भन्ने अपेक्षा लिएका छौं ।

Friday, July 16, 2010

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

३२ असार २०६७
अन्तराष्ट्रिय न्याय दिवशको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र गोरखाले अन्तराष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । रोम विधान अन्तरगत गठन भएको अन्तराष्ट्रिय फौजदारी अदालतले अन्तराटि्रय कानुनद्धारा परिभाषित आमसंहार मानवता विरुद्धको अपराध युद्ध अपराधजस्ता गम्भीर अपराधमा संलग्न ब्याक्तिलाई जवाफदेही बनाउनुका साथै पीडितका लागि न्याय सुनिश्चित गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाले अदालतको क्षेत्राधिकार कटौती र हस्तक्षेप नहुने र दण्डहिनता अन्त्यका लागि सकारात्मक परिवेश निर्माण गर्न सहयोग पुर् याउने भएकाले नेपालको मानव अधिकार संरक्षणका लागि रोम विधान अनुमोदन गर्नु आवश्यक भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो ज्ञापनपत्र आज एक कार्यक्रमका वीच इन्सेक जिल्ला प्रतिनिधि भीमलाल श्रेष्ठले प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेलाई हस्तान्तरण गर्नुभएको हो ।

दलित गैर दलित विवाह गर्नेलाई प्रोत्साहन रकम उपलब्ध

३२ असार २०६७
यसवर्ष दलित गैर दलित विवाह गरेर गोरखामा चार जोडीले सरकारले उपलब्ध गराएको प्रोत्साहन रकम लिएका छन् । सरकारले गत वर्षको वजेट मार्फत दलित गैर दलित विबाह गर्नेलाई प्रोत्साहन रकम उपलब्ध गराउने नीति ल्याएपछि ४ जोडीले जिल्ला प्रशासन कार्यालयबाट १ लाख रुपियाँ लिएका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले जानकारी दिनुभएको छ ।
अन्य ८ जोडीले पनि विवाह दर्ता गरेर प्रोत्साहन रकम लिने तयारीमा रहेका उहाँले बताउनुभयो । हालसम्म प्रोत्साहन रकम लिनेहरुमा हंशपुरका दिपक विक र विनिता बराम धुवाकोटका मणिचन्द्र कंडेल र धनकुमारी सुनार आरुपोखरीका विक्रम गुरुङ र सुनिता परियार र ताप्लेका ठाकुरप्रसाद मग्राती र सुमित्रा भट्टराई रहनुभएको छ ।
सरकारले प्रोत्साहन रकम उपलब्ध गराउने नीति ल्याएपछि जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गराउने क्रम बढेको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो । प्रोत्साहन रकमले दलित र गैर दलितवीचको विवाहलाई प्रोत्साहन गरेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै अन्तरजातीय विवाह गरेका तनहुँका ५ जोडीले सरकारले प्रोत्सहान स्वरुप दिने भनेको १ लाख रुपैयाँ पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख थमन िसंह थापाले जिल्लामा सरकारले निर्देशिका पठाउन ढिलाई गरेका कारण यस अगाडि त्यस्तो जोडीलाई रकम वितरण गर्न नसकिएको वताउनुभयो । अहिले भने अन्तरजातीय विवाह गरेका १ जोडीको आवश्यक कागजात पुगेर दर्ता प्रकि्रया समेत सकिएको र अन्य तिन जोडीको समेत दर्ता प्रकि्रया अगाडि बढेकाले साउन महिना भित्र ती जोडीले सरकारले दिने १ लाख रुपैयाँ पाउने भएको जिल्ला प्रशासन कार्यालय तनहुँका मुद्दा शाखाका गोविन्द खनालले बताउनुभयो ।

केवलकार प्रयोगकर्ता बृद्धि

३२ असार २०६७
आर्थिक वर्ष २०६६÷०६७ मा ८ लाख २५ हजार जनाले केवलकारको प्रयोग गरेका छन् । ०५५ सालमा स्थापना भएको नेपालकै एक मात्र केवलकारमा गत वर्ष मात्र ६ लाख ७९ हजार एक सय ८५ जनाले यात्रा गरेका थिए भने यसवर्ष झण्डै १ लाख ५० हजार जना बढीले यात्रा गरेका हुन् ।
चितवन जिल्लाको चेरेसदेखि गोरखाको मनकामनासम्म रहेको केवलकारले स्थापना पछिकै सवै भन्दा वढी दर्शनार्थीलाई यात्रा गराएको यो पहिलो पटक भएको स्टेशन म्यानेजर डि।एन।sायस्थले जानकारी दिनुभएको छ ।
देशभरका टिकट विक्रीकर्ताहरुबाट तथ्याङ्क आउन बाँकी नै भएकाले यो संख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो । स्वदेशी ६० प्रतिशत र विदेशी ४० प्रतिशत यात्रुले यात्रा गरेको केवल कारमा आगामी वर्ष ९ लाख ५० हजार यात्रुले यात्रा गर्ने अनुमान गरेको मनकामना दर्शन प्रा।लिले जनाएको छ । मनको इच्छा पुरा गरीदिने देवीको रुपमा परिचित मनकामना मन्दिरको दर्शनका लागि देशका बिभिन्न जिल्ला र भारतबाट बढी पर्यटक आउने प्रालिले जनाएको छ ।

Thursday, July 15, 2010

सहयोगीको भरमा कार्यालय साचालन

३१ असार २०६७
८ जना कर्मचारीको दरबन्दी रहेको गोरखा कारागार अहिले करारका कार्यालय सहयोगीको भरमा साचालन भइरहेको छ । १ जना नायब सुब्बा खरदार सहलेखापाल सिनिएर अहेब र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको कारागारमा हाल अस्थायी रुपमा नियुक्त गरेका ४ जना कार्यालय सहयोगीले मात्र काम सम्हाल्दै आएका छन् । उनीहरुको करार अबधी पनि यही असार मशान्तबाट सकिएको छ ।
दरबन्दी अनुसार कर्मचारी नहुदा कारागारको नियमित काम साचालनमा समेत कठिनाइ परेको कारागारको पनि काम सम्हाल्दै आएका जिल्ला प्रशासन कार्यालयका लेखापाल कृष्णहरि ढकालले बताउनुभयो । कर्मचारी अभावमा बन्दीलाई समय समयमा पर्ने समस्या समाधानका लागि कठिनाइ भएको उहाँले बताउनुभयो । २ जना कार्यालय सहयोगी पहिल्यै देखि रिक्त रहेको कारागारका जेलर खरिदार र २ जना कार्यालय सहयोगीले गत वर्ष स्वेच्छिक अवकाश लिएको र सहलेखापाल पनि बढुवा भइ जिल्ला प्रशासन कार्यालयमा सरुवा भएपछि कारागार कर्मचारी विहीन भएको हो । कारगारमा सरकारले यसवर्षदेखि सिनियर अहेबको दरबन्दी कायम गरेपनि अहिलेसम्म हाजिर भएका छैनन् ।
कर्मचारीको अभावमा कारागारको काम नै नहुने अवस्थ्ाा आएपछि प्रशासन कार्यालयका नायब सुब्बा र लेखापाललाई कारागारको काम समेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताउनुभयो । थप जिम्मेवारी लगाउदा प्रशासन कार्यालयका कर्मचारीले कामको भार बढेको बताएका छन् । कर्मचारी नभएको बारे कारागार ब्यवस्थापन बिभागमा पटक पटक आग्रह गरेपनि अहिलेसम्म नपठाएको उहाँले बताउनुभयो । माथिल्लो निकायले लोकसेवा आयोगमार्फत पदपुर्ति गर्न आग्रह गरेपनि लोकसेवा आयोगबाट पनि पदपुर्ति हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । हाल गोरखा कारागारमा ५९ पुरुष र ५ जना महिला बन्दी रहेका छन् ।

सीडीएमए टावरमा खराबी सेवामा समस्या

३१ असार २०६७
नेपाल टेलिकमको सीडीएमए टावरमा खराबी आउँदा गोरखा नगरपालिका वडा नंबर ११ को १० किलो बजार क्षेत्रको सीडीएमए मोवाइल र फोन सेवामा समस्या आएको छ । सीडीएमए फोनमा कुराकानी गर्दा कुरा गर्दागर्दै काटिने कुराकानी गरेको नसुनिने जस्ता समस्या देखिएको स्थानीय विरसिह तामाङले गुनासो गर्नुभयो ।
टेलिफोनमा आएको खराबीबारे टेलिकमको गोरखास्थित कार्यालयलाई पटक पटक जानकारी गराउदा पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । तर टेलिकम प्रमुख बेचनकुमार गौतमले भने सीडीएमए टावरमा आएको खराबीबारे आफुलाई जानकारी नभएको बताउनुभयो । समस्या थाहा भएपछि मर्मतका लागि पहल गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

द्वन्द्व प्रभावितहरुलाई कठिनाइ

३१ असार २०६७
स्थानीय शान्ति समिति गठन हुन नसक्दा द्वन्द्व प्रभावितहरुलाई कठिनाइ भएको भन्दै शान्तिका लागि नागरिक समाजको साजाल गोरखाले अविलम्ब शान्ति समिति गठनका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । साजालले आज प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेलाई एक ज्ञापनपत्र बुझाइ विगतमा जिल्लामा भएको क्षति र द्वन्द्वको असरलाई दृष्टिगत गरी अविलम्ब शान्ति समिति गठनका लागि पहल गर्न आग्रह गरेको हो ।
साजालका संयोजक चुडामणि शर्माद्धारा हस्तान्तरण गरिएको ज्ञापनपत्रमा अन्य जिल्लामा शान्ति समिति गठन भइ शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन टेवा पुर् याइरहेको अवस्थामा गोरखामा पटक पटक अनुरोध गर्दा पनि पहल हुन नसकेको उल्लेख गरिएको छ । सो ज्ञापनपत्रमा प्रमुख जिल्ला अधिकारीले तत्काल अविलम्ब पहल गरेर शान्ति समिति गठन गर्न नसकेमा विरोधका कार्यक्रमहरु पनि साचालन गर्ने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले सबै दलहरु शान्ति समिति गठन गर्न सकारात्मक नभएकाले बैठक बोलाउनुको अर्थ नहुने बताउनुभयो । शान्ति समिति गठनका संबन्धमा एकीकृत माओवादीले केन्द्रमा दलहरुवीच सहमति नभएसम्म गठन हुन नसक्ने कुरा सार्वजानिक कार्यक्रममा बताइसकेकाले तत्काल गठनको संभाबना नरहेको उहाँले स्पष्ट पार्नुभयो । दलहरुको औपाचारिक बैठक नराखेपनि अनौपचारिक रुपमा भएका छलफलमा गठन हुने संभाबना नदेखेकाले पहल हुन नसकेको प्रजिअ काफ्लेले बताउनुभयो ।
उहाँले नागरिक समाजको पहलमा दलहरु र प्रशासन समेतको छलफल कार्यक्रम आयोजना हुन सकेमा निकास निस्कन सक्ने आशा ब्यक्त गर्नुभयो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा साजालमा आवद्ध जिल्लाका बिभिन्न मानव अधिकारवादी संघ संस्थाहरुको सहभागीता रहेको थियो ।

विद्यार्थी विदाइ

३१ असार २०६७
गोरखा नगरपालिका ९ विरेाचोकको रत्नराज्य माध्यामिक विद्यालयले यसवर्षको प्रवेशिका परीक्षामा उतीर्ण विद्यार्थीहरुलाई आज एक कार्यक्रम गरी विदाइ गरेको छ । सो विद्यालयबाट यसवर्षको प्रवेशिका परीक्षामा २ जना विशिष्ट १८ जना पहिलो र ९ जना दोश्रो श्रेणीमा उतीर्ण भएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर बगालेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य किशोरजंग थापा प्रधानाध्यापक रामबाबु श्रेष्ठ सहायक प्रधानाध्यापक ध्रुवकुमार श्रेष्ठ महालक्ष्मी उच्च माविका शिक्षक केदारमणि अर्याल प्रवेशिका परीक्षा उतीर्ण गर्ने छात्रा दिपा न्यौपाने र टोपबहादुर थापाले मन्तब्य राख्नुभएको थियो । सो विद्यालयबाट प्रवेशिका परीक्षा उतीर्ण गर्ने अधिकांश विद्यार्थीले ब्यवस्थापन संकाय अध्ययन गर्ने बताएका थिए ।

योजना निरीक्षण

३१ असार २०६७
जिल्ला कृषि विकास कार्यालय गोरखाले आज जिल्लाका बिभिन्न कृषि सहकारी कृषि उपज संकलन केन्द्र र सिाचाइ योजनाको निरीक्षण गरेको छ । कार्यालयले जिल्लाको मिरकोट घ्याल्चोक भुम्लीचोक ताक्लुङ लगायतका गाविसका सिाचाइ योजना कृषि उपज संकलन केन्द्र र कृषि सहकारीको निरीक्षण गरेको हो । सो टोलीले कृषि सहकारी अवस्था कृषि उपज संकलन केन्द्रको अवस्था तथा सिाचाइ योजनाबाट किसानहरुलाई पुगेको फाइदाबार जानकारी लिएको थियो ।
निरीक्षण टोलीले मिरकोको तल्लो डुडो उपल्लो डुडो सिाचाइ योजना ताक्लुङको जुग्दी तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था ज्यामिरघाटको जनकल्याण ताजा तरकारी तथा फलफुल सहकारी संस्थाको निरीक्षण गरेको हो । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा साचालन भएका योजना कृषि सहकारी र कृषि उपज संकलन केन्द्रको अवस्थाबारे जानकारी लिन निरीक्षण गरेको बरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले जानकारी दिनुभएको छ ।
निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत जीवन ज्ञावाली जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बुद्धिबहादुर थापा महिला विकास अधिकृत अाजना पौडेल नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा गैर सरकारी संस्था महासंघका अध्यक्ष काजीराम रोका पशु विकास अधिकृत क्षेत्रबहादुर केसी जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि जिल्ला सहकारी संघका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।