Friday, May 7, 2010

वजार खुल्ने समय बढ्यो गोरखामा तरकारी आपूर्ति

२४ बैशाख २०६७
एकीकृत माओवादीले आमहड्तालको समयमा वजार खुल्ने समय बढाएपछि गोरखा सदरमुकाममा उपभोग्य सामाग्री किन्नेको भीड वढेको छ । दुइघण्टाको समयमा किनमेल गरि नसक्ने उपभोक्ताहरु साँझ ६ वजेदेखि १० वजेसम्म बजार खुल्न थालेपछि खुशी भएका छन् । त्यसैगरी हरिया तरकारी बोक्ने सवारी चल्न दिएपछि गोरखामा आज साँझ तरकारी ल्याइएको छ ।
हिजो राती माओवादीले तरकारी बोक्ने सवारी चल्न दिने भएपछि बेनिघाट क्षेत्रबाट तरकारी ल्याइएको हो । आज साँझ तरकारी बोकेको गाडीले बन्दा घिरौला गोलभेडा भेडी लगायतका तरकारी ल्याएको ब्यापारीले बताएका छन् । ६ दिनसम्म तरकारी आयात हुन नसकेको गोरखामा आज तरकारी ल्याएपछि तत्कालका लागि तरकारीको अभाव टरेको छ ।

गोरखामा छैठौं दिन शान्तिपुर्ण प्रदर्शन

२४ बैशाख २०६७
शान्ति संविधान र नयाँ राष्ट्रिय सरकारको माग गर्दै एकीकृत माओवादीले घोषणा गरेको आम हड्तालको छैठौ दिन आज पनि गोरखामा माओवादी कार्यकर्ताले शान्तिपुर्ण प्रदर्शन गरेका छन् । विहानदेखि लोकतान्त्रिक चोकमा नाचगान र वाजागाजा साथ बसेका कार्यकर्ताहरुले दिउँसो दुइबजेबाट प्रदर्शन सुरु गरेका थिए ।
हरेक दिन फरक फरक क्षेत्रमा प्रदर्शन गर्दै आएको माओवादीले आज लक्ष्मीबजारमा पुगेर कोणसभा गरेको छ । लक्ष्मीबजारको सभामा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष अमृत वाग्ले र एकीकृत माओवादी जिल्ला सदस्य खोपबहादुर कंडेलले मन्तब्य राख्नुभएको थियो ।
आजको प्रदर्शनमा एकीकृत माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालको कार्टुन प्रदर्शन र पुत्ला दहन गरेको छ । लक्ष्मीबजारमा कोणसभा गरी फर्केको टोलीले लोकतान्त्रिक चोकमा पनि कोणसभा गरेको छ । लोकतान्त्रिक चोकको सभालाई संबोधन गर्दै तमुवान राज्य समिति सदस्य तथा सभासद् अमर तमुले सरकारले आन्दोलन प्रतिकारको नाममा युथफोस्र र तरुण दल परिचालन गरेको भन्दै आन्दोलनकारीको धैर्यता टुटेको दावी गर्नुभयो । वार्तावाट समस्या समाधान गर्नुको साटो सरकार आन्दोलन दवाउन लागेको भन्दै उहाँले आन्दोलनकारीले धैर्य गर्न नसक्ने बताउनुभएको छ ।
आफुहरुले १८ गतेको प्रदर्शनपछि राजनीतिक समाधान होस् भन्ने चाहेपनि सरकारले वेवास्ता गरेकाले आमहड्ताल जारी राख्न बाध्य भएको दावी गर्नुभयो । सो कार्यक्रममा अखिल नेपाल महिला संघकी शोभा लामिछानेले पनि संबोधन गर्नुभएको थियो । आजको प्रदर्शनमा पनि माओवादीले पाचैवाजा समावेश गरेको थियो भने वाइसीएलले लाठी लिएका थिए । आजको प्रदर्शनमा अघिल्ला दिनमा भन्दा बढी सहभागीता रहेको थियो ।

कास्कीको झडपमा गोली चल्दा ८ जना घाइते

२४ बैशाख २०६७
कास्कीको लेखनाथ नगरपालिको भण्डारढिकमा आन्दोलनकारी र हड्तालको अवज्ञा गर्ने समूहवीचको झडपमा गोली चल्दा ८ जना घाइते भएका छन् । सो घटनामा परी आन्दोलनकारी तर्फ गोर्खा पालुङटारका रामबहादुर बयलकोटी र गाइखुरका इश्वर रेग्मी कास्की हंसपुरका नवराज पौडेल पटनेरीका हेमबहादुर तामाङ्ग थुम्कीका रमिला रेग्मी घाइते भएका छन् । अन्य ३ जना लाठिचार्जबाट सामान्य घाइते भएका छन् । त्यस्तै दुई जना बन्द अवज्ञाकर्ता घाइते भएको कास्की प्रहरीले जनाएको छ ।
घाइतेहरु सबैको पोखराकै नयाँबजारको चरक अस्पताल उपचार भइरहेको छ । गोली प्रहार गर्ने युथफोस्र कार्यकर्ता भएको माओवादीले दावी गरेको छ । वन्दको अवज्ञा गर्दै निकालेको र् यालीमा एमाले र कांग्रेसको जिल्ला नेतृत्व सहभागी भएको माओवादीले आरोप लगाएको छ । झडपपछि प्रहरीले २ वटा घरमा खानतलासी गरि १५ जना बन्द अवज्ञाकर्तालाई पक्राउ गरेको छ ।
बन्दको अवज्ञा गर्दै निकालिएको र् यालीबाट आन्दोलनकर्तालाई ढंुगा प्रहार गरेपछि झडप भएको थियो । केहीबेरको ढुंगा हानाहानपछि अवज्ञाकर्ताहरुबाट गोली प्रहार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । सो घटनामा प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
त्यस्तै पोखराको अमंरसिँह चोकमा पनि झडप भएको छ । आम हड्तालको विरोधमा निकालिएको जुलुस र माओवादी सर्मथक कार्यकर्तावीच ढुङगा हानाहान भएको थियो । सो ठाउँबाट माओवादी कार्यकर्ताहरु दिवाकर भट्टराई र सुरज वराललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

माओवादीद्वारा गाउँवाट सर्बसाधारणलाई आन्दोलनमा जान दबाब

२४ बैशाख २०६७
एकीकृत नेकपा माओवादीले लमजुङमा गाउँ गाउँवाट सर्बसाधारणलाई आन्दोलनमा जान दबाब दिएको छ । माओवादी कार्यकर्तालाई स्थानीय वासिन्दाले हिजो आक्रमण गरेर लखेटेपछि सदरमुकाम वेसीशहरमा शक्ति प्रदर्शन गर्न माओवादीले गाउँका सर्वसाधारणलाई वेसीशहर ल्याएको छ ।
एकीकृत माओवादीका कार्यकर्ता र स्थानीय वासिन्दाबीच कुनैपनि बेला झडप हुने संभावनालाई मध्यनजर गरि वेशिशहरमा सुरक्षा ब्यवस्थ्ा कडा पारिएको छ । सुरक्षाका लागि तनहुँको भानुस्थित मनकामना गणवाट शसस्त्र प्रहरी ल्याएर सदरमुकाम वेशीशहरमा तैनाथ गरिएको छ ।
सदरमुकाम वेसीशहरमा हिजो झडप भएको स्थान नारायणस्थान चोक एकीकृत माओवादीको पार्टी कार्यालय र वाईसीएल क्याम्प जाने शेरा चोक लगायतका ठाउँमा प्रहरी तैनाथ गरिएको छ । हिजो लमजुङ सदरमुकाममा भएको झडपमा एकीकृत माओवादीका ५ जनासहित ७ जनाभन्दा बढी घाईते भएका थिए ।

Thursday, May 6, 2010


स्वास्थ्य चौकी पनि प्रभावित : एकीकृत माओवादीले आव्हान गरेको आम हड्तालका कारण बन्द रहेको गोरखा नगरपालिका १० स्थित तारानगर उपस्वास्थ्य चौकी । बन्दले सवारी साधन नचलेका कारण स्वास्थ्यकर्मी र कर्मचारी जान नसकेपछि उपस्वास्थ्यचौकी पनि बन्द ।

गोरखकाली रबर उद्योगको बा.५ च ३८०९ नंबरको गाडी चढेर गोरखा आँबुखैरेनी सडकखण्डमा बन्दको अनुगमन गर्न गस्तीमा हिडेका माओवादी कार्यकर्ताहरु ।

माओवादीद्वारा चार कार्यालयको साईनबोर्ड र झण्डा तोडफोड

२३ बैशाख २०६७
एकीकृत नेकपा माओवादी कार्यकर्ताले आज गोरखा सदरमुकामको वसपार्कस्थित नेपाली कांग्रेस र नेपाल राष्ट्रिय स्वतन्त्र मजदुर संगठनको कार्यालय अगाडीको साइनबोर्ड तोडफोड गरेका छन् । वसपार्कस्थित कांग्रेस पाटि कार्यालय अगाडीको साइनबोर्ड र केही पर रहेको एमाले निकट मजदुर संगठनको साइनबोर्ड माओवादी कार्यकर्ताले तोडफोड गरी लिएर गएका हुन् ।
माओवादी कार्यकर्ताले साइनबोर्ड लिएर गएपनि अन्य कुनैपनि घटना नघटाएको प्रहरीले जनाएको छ । उता हिजो प्रदर्शनबाट फर्केर आउँदा माओवादी कार्यकर्तालाई वसपार्क क्षेत्रबाट ढुङ्गामुढा गरिएकाले उत्तेजित प्रदर्शनकारीले बोर्ड तोडफोड गरेको जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभएको छ ।
गोरखामा प्रदर्शन शान्तिपुर्ण भएपनि अन्य जिल्लामा भएको तनावले यहाँका प्रदर्शनकारीलाइ समेत प्रभाव परेको हुन सक्ने उहाँले बताउनुभयो । जिल्लामा आमहड्तालको समयमा गरिने प्रदशर्नलाई शान्तिपुर्ण बनाउन आफु कि्रयाशिल भएको बताउदै उहाले ती घटनाहरुको छानवीन गरी आगामी दिनमा त्यस्ता घटना हुन नदिने बताउनुभयो ।
त्यसैगरी माओवादी कार्यकर्ताले आज दिउँसो दुइ वजेतिर गोरखकाली रवर उद्योग अगाडीको नेपाल कारखाना श्रमिक संघ र नेपाल केमिकल तथा आइरन मजदुर युनियनको साइनबोर्ड पनि तोडफोड गरेका छन् ।


उता नेपाली कांग्रेसका सभापति चीनकाजी श्रेष्ठले पाटि कार्यालयको झण्डा र सानइबोर्ड तोडफोड गरेर एकीकृत माओवादीले अराजनीतिक र अप्रजातान्त्रिक गतिविधि गरेको आरोप लगाउनुभएको छ । रेडियो गोरखामा टेलिफोन गरी उहाँले सबै पाटि मिलेर संविधान बनाउने बेलामा यस्ता अलोकतान्त्रिक ब्यवहारले सहमति सहकार्य र एकताको वातावरण धमिल्याउने भन्दै यस्ता गतिविधि नदोहोर् याउन संबन्धित पक्षलाई सचेत गराउनुभएको छ ।

गोरखा सदरमुकाममा साङ्ले जुलुस

२२ बैशाख २०६७
एकीकृत माओवादीले गरेको आमहड्तालको क्रममा आज गोरखा सदरमुकाममा साङ्ले जुलुस निकालेको छ । माओवादीले निकालेको साङ्ले जुलुस सदरमुकामको हरमटारी वसपार्क ठुलोआँगन पाटेचौर अस्पतालमार्ग वराह हरमटारी प्रतिक्षालय हुदै लोकतान्त्रिक चोकमा पुगेर समापन भएको हो । माओवादी कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरेका थिए भने आफ्नो पाटिको नेतृत्वमा सरकारको माग गरेका छन् ।
साङ्ले जुलसको नगर परिक्रमापछि गरेको कोणसभालाई संबोधन गर्दै जिल्ला इन्चार्ज कृष्ण धितालले शान्तिपुर्ण आन्दोलनमा सत्तारुढ दलका भातृ संगठनले प्रतिकार गरेर आन्दोलनकारीलाई उत्तेजित पारिरहेको बताउनुभयो । सरकारले तरुण दल र युथफोस्रलाइ प्रतिकारमा उतारेर आन्दोलनकारीलाई उत्तेजित पानॆ्र र सेना परिचालन गर्ने रणनीति लिएको उहाँले आरोप लगाउनुभयो ।
एकीकृत माओवादीले आजको कोणसभालाई आन्दोलनमा सहभागी भएर घर फर्कदै गर्दा ज्यान गुमाएका दाङका रुद्र बहादुर केसीको श्रद्धााजली सभा भनेको छ ।
शान्तिपुर्ण आन्दोलनलाई उत्तेजित पारेर सरकारले मुठभेड निम्त्याउन खोजेको भन्दै इन्चार्ज धितालले आन्दोलनको प्रतिकार गरे आफुहरुपनि चुप लागेर नवस्ने चेतावनी दिनुभएको छ । कार्यक्रमलाई एकीकृत माओवादी तमुवान राज्य समितिका सल्लाहकार वसन्त वराकोटीले पनि संबोधन गर्नुभएको थियो ।
माओवादी कार्यकर्ताहरुले प्रधानमन्त्री माधव कुमार नेपालको पुत्लालाई नगर परिक्रमा गराई हरमटारीमा दोहन गरेका छन् । विहानदेखि हरमटारीस्थित लोकतान्त्रिक चोकमा वाजागाजा र नाचगानका साथ वसेका माओवादी कार्यकर्ताहरु दिउँसो दुई वजेपछि प्रदर्शनमा निस्केका थिए । आज आयोजना गरेको प्रदर्शनमा अघिल्लो दिनमा भन्दा बढी सहभागी देखिएका थिए ।

अभियुक्त सार्वजनिक


२२ बैशाख २०६७
गोरखाको लाप्राक गाविसको मणिकामदेवी माविकी शिक्षिका विष्णुमाया ढकालको हत्यामा संलग्न जीतबहादुर गुरुङलाई हिजो प्रहरीले सार्वजानिक गरेको छ । लाप्राक गाविस वडा नंबर ८ घर भइ खच्चर गोठाला काम गर्दै आएका २० वर्षिय गुरुङले शिक्षिका ढकालको वलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।
बैशाख १२ गते आफ्नो घर पन्दु्रङबाट लाप्राक तर्फ जानुभएका ढकाललाई लाप्राक गाविस वडा नंबर ६ गोप्सीडाडाँमा गुरुङले ढुङ्गाले हानेर निर्ममता पुर्वक हत्या गरेको प्रहरीसगको वयानमा बताएका छन् । अभियुक्त गुरुङलाई अनुसन्धानका लागि हिरासतमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्णु केसीले जानकारी दिनुभएको छ ।
यसैवीच अखिल नेपाल शिक्षक संगठन विशेष क्षेत्र समितिले एक विज्ञप्ति जारी गरी समिति सदस्य ढकालको हत्याप्रति गहिरो दुख ब्यक्त गरेको छ । अध्यक्ष कृष्ण न्यौपानेद्धारा जारी विज्ञप्तिमा उहाँको निधनले संगठनमा अपुरणिय क्षति भएको र मर्माहित तुल्याएको उल्लेख गरिएको छ । विज्ञप्तिमा घटनामा संलग्नलाई कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ भने शिक्षकहरुक्ो जीवन रक्षाका लागि सरकारसंग माग गरिएको छ ।

सवारी साधन माओवादी नियन्त्रणमा

२२ बैशाख २०६७
आमहड्तालको अवज्ञा गरी अस्ती राती गोरखा आएको एक मोटरसाइकल र त्यसमा सवार दुइजनालाई एकीकृत माओवादीले हिजो नियन्त्रणमा लिएको छ । हिजो राती भक्तपुरबाट गोरखा सदरमुकाम आएका सिन्धुपाल्चोकका कृष्णबहादुर लामा र भक्तपुरका जय धौवडेललाई माओवादीले नियन्त्रणमा लिएको हो । माओवादीले उनीहरु चढेर आएका बा २४ प ५८०२ नंबरको इन्टाइसर मोटरसाइकल पनि नियन्त्रणमा लिएका छन् ।
त्यसैगरी आरुघाटबाट पर्यटक लिएर सदरमुकामतर्फ आएको निजी सवारी साधनलाई माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । सदरमुकामको हरमटारीम्ाा सवारी नियन्त्रणमा लिएपछि दुईजना महिला र एक पुरुष स्वीस पर्यटक सदरमुकामकै होटल विसौनीमा वसेका छन् । सवारी साधनपनि उनीहरु वसेकै होटलमा राखिएको छ । आमहड्तालको समयमा चलाएकोले रोकेको एकीकृत माओवादीका इलाका नंबर १ का इन्चार्ज दिपक तिमि_िल्सनाले जानकारी दिनुभएको छ ।

Tuesday, May 4, 2010

आन्दोलन शान्तिपुर्ण बनाउन गोरखाका मानव अधिकारवादीहरुको आग्रह

२१ बैशाख २०६७
एकिकृत माओवादीको आमहड्तालको संयुक्त अनुगमन गरिराखेका गोरखाका मानव अधिकारवादीहरुको टोलीले आज जिल्ला इन्चार्ज कृष्ण धिताललाई आन्दोलन शान्तिपुर्ण बनाउन आग्रह गरेका छन् । अधिकारप्राप्तीका लागि थालिएको आन्दोलनले अरुको अधिकारको हनन नगर्न माओवादीलाई आग्रह गरेका हुन् ।
मानव अधिकार तथा शान्ति समाज मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुराष्ट अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र र मानव अधिकार संगठनका प्रतिनिधिहरुले आज दिउँसो जिल्ला इन्चार्जलाई भेटी सो आग्रह गरेका हुन् ।
सो अवसरमा जिल्ला इन्चार्ज धितालले मानव अधिकारको संरक्षण गर्दै आन्दोलन शान्तिपुर्ण बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले आफुहरुको आन्दोलन शान्तिपुर्ण ढंगले अघि बढिरहेको दावी गर्दै आगामी दिनमा पनि शान्तिपुर्ण बनाउने प्रतिवद्धता जनाउनुभएको इन्सेक जिल्ला प्रतिनिधि भीमलाल श्रेष्ठले बताउनुभयो ।

गोरखा सदरमुकाममा प्रदर्शन

२१ बैशाख २०६७
शान्ति संविधान र राष्ट्रिय सहमतिको सरकारको माग गर्दै एकिकृत नेकपा माओवादीले आयोजना गरेको अनिश्चितकालिन आम हड्तालको तेश्रो दिन आज पनि माओवादी कार्यकर्ताले गोरखा सदरमुकाममा प्रदर्शन जारी राखेका छन् । गाउँगाउँबाट आएका कार्यकर्ताले सदरमुकामको हरमटारी वसपार्क नयाँबजार रोहटेपानी धारापानी क्षेत्रमा प्रदर्शन गरेको हो ।
विहानदेखि लोकतान्त्रिक चोक हरमटारीमा जम्मा भएका माओवादी कार्यकर्ता वाजागाजा र नाचगान गर्दै वसका थिए । माओवादीले आन्दोलनमा हिजोदेखि वाजा समावेश गरेको हो । वाजागाजा र नाचगानपछि दिउँसो साँढे दुइवजे सुरु भएको जुलुस नयाँबजार रोहटेपानी धारापानी हुदै वसपार्कमा आइ कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई संबोधन गर्दै तमुवान राज्य समिति सचिवालय सदस्य तथा सभासद् अमर तमुले सरकारले आफुहरुको मागलाई वेवास्ता गरेर आन्दोलनकारीलाई गिज्याएको आरोप लगाउनुभयो । शान्तिपुर्ण आन्दोलनबाट राखेको मागलाई सरकारले वेवास्ता गरेर आन्दोलनकारीको अपमान गरेको उहाँले दावी गर्नुभयो । उहाँले पाँचौ दिनसम्म पनि सरकारले आफुहरुको मागलाई वेवास्ता गरेमा आफुहरुको शक्ति देखाइदिने चेतावनी दिनुभएको छ । उहाँले कस्तो चेतावनी भन्नेवारे नखुलाएपनि शान्तिपुर्ण आन्दोलनमा देखाएको धैर्यताको बाँध टुट्न लागेको बताउनुभयो ।
उहुले सरकारले घुसपेठ गरी ठाउँठाउँमा पसल र कार्यालय खुलाएर आन्दोलनकारीलाई उत्तेजित पार्न खोजेको आरोप लगाउनुभयो । सो कोणसभालाई वाइसीएलकी केन्द्रिय सदस्य शान्ति पनेरुले पनि संबोधन गर्नुभएको थियो ।