Friday, May 21, 2010

विकासको लागि सामुहिक रुपमा अघि बढ्ने प्रमुख राजनैतिक दलहरुको प्रतिबद्धता

७ बैशाख २०६७
गोरखामा कि्रयाशिल प्रमुख राजनीतिक दलका नेताहरुले जिल्लाको विकासका लागि सामुहिक रुपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । राजनीतिक विषयमा मतभेद भएपनि विकास निर्माणका कामहरुमा त्यसको प्रभाव पर्न नदिने तर्फ सचेत रहेको पनि उनीहरुको भनाई छ । गोरखा नगरपालिकाको आर्थिक वर्ष २०६७÷०६८ को वजेट र नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनीहरुले नगरक्षेत्रको विकासका लागि स्पष्ट खाकाको आवश्यकता रहेको पनि बताएका छन् ।
कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य दिपक तिमि_िल्सनाले नगरक्षेत्रको फोहरमैला ब्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको खाँचो रहेको बताउनुभयो । उहाँले कृषिमा ब्यवसायीकरण र घरेलु उद्योगलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका सचीव किरणबाबु श्रेष्ठले भौगोलिक र साँस्कृतिक हिसाबले गोरखा नगरपालिका उदाहरणीय रहेको भन्दै त्यसलाई समन्वय गर्दै अघि बढ्न नगरपालीकालाई आग्रह गर्नुभयो । यस्तै नेकपा एमालेकी सचीव सम्झना देवकोटाले आन्तरिक आयस्रोत बढाउने तर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । वजेट सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले नगरपालीका क्षेत्रका घरहरुको नक्सा पास गर्दा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नगरक्षेत्रमा खानेपानीको अभाव बढ्दै गएकाले यसको दिर्घकालीन समाधानमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघ गोरखाका प्रथम उपाध्यक्ष भगतबाबु श्रेष्ठले नगरक्षेत्रका सडकहरुमा हुने अब्यवस्थित सवारी साधन पार्किङ्गले नगरक्षेत्रको सुन्दरता बिगि्रएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले आर्थिक वर्ष २०६७÷०६८ का लागि ६ करोड ८० लाख ३८ हजारको वजेट प्रस्तुत गर्नुभएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको तेस्रो नगरपरिषदले स्विकृत गरेको भनिएको वजेटमा शिक्षाखानेपानी र गरीवि निवारणलाई प्राथमिकतामा राख्दै सहस्राब्दी विकास लक्ष्य कार्यान्वयनमा सहयोग पुग्ने गरि नीति तथा कार्यक्रम तय गरिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभएको छ । उहाँले स्विकृत वजेट र नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न जिल्ला स्थित राजनीतिक दलसंघसंस्था र नगरवासीलाई आग्रह गर्नुभएको छ । कार्यक्रम जिल्ला न्यायधिश प्रभा वस्नेतको प्रमुख आतिथ्यतामा भएको हो ।

किसान महासँघ गोरखाको पूर्व घोषित आन्दोलन स्थगित

७ बैशाख २०६७
जिल्लामा देखिएका कृषि सम्बन्धी समस्याको समाधान गर्नेबारे सरोकारवाला निकायहरुसँग सहमति भएपछि किसान महासँघ गोरखाले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । किसान महासंघ र सरोकारवाला निकायविच आज भएको बैठकमा रासायनिक मलको अभाव र असिनापानी र हावाहुरीबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा कृषि समितिको बैठक बोलाई निर्णय गर्ने सहमति भएको छ । बैठकले दैवीप्रकोपबाट प्रभावित किसानलाई परेको क्षतिको यकिन तथ्याङ्क संकलन गरि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेप्रहरी नायव उपरिक्षक विष्णुकुमार केसीवरिष्ठ कृषि विकास अधिकृत बुद्धिबहादुर थापाराष्ट्रिय अनुसन्धान विभागका कमल थापाकिसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालउपाध्यक्ष कालीका ढकाल र युवा किसान संघका सदस्य कृष्ण श्रेष्ठको सहभागिता रहेको थियो ।
आफ्ना मागको बेवास्ता गरेको भन्दै किसान महासंघ गोरखाले हिजो जिल्ला प्रशासन कार्यालयमा २ घण्टा धर्ना दिएको थियो भने आजदेखि जिल्ला कृषि विकास कार्यालयमा अनिश्चितकालीन तालावन्दी गर्ने जनाएको थियो ।
यसैविच युवा किसान संघका सदस्य ज्ञानेन्द्र सुवेदीलाई एकिकृत माओवादीका कार्यकर्ताले कुटपिट गरेको भन्दै किसान महासंघ गोरखाले विरोध गरेको छ । सुवेदीलाई खोप्लाङ्गको मसानेठाँटीमा माओवादी कार्यकर्ता नारायण ढकाल नेतृत्वको समुहले कुटपिट गरेको किसान महासंघका अध्यक्ष विपिनचन्द्र ढकालले आज जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा दोषीलाई प्रशासन समक्ष उपस्थित गराउन माग गर्दै त्यसो नभए कडा संघर्षमा उत्रन वाध्य हुने चेतावनी पनि दिइएको छ । कुटपिटबाट घाइते सुवेदीको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । यस्तै नेकपा एमाले गोरखाले पनि विज्ञप्ती जारी गर्दै कुटपिटको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सुवेदीलाई ज्यान मार्ने उदेश्यले आक्रमण गरिएको भन्दै विज्ञप्तीमा कुटपिटमा संलग्न वाइसियल कार्यकर्ता नारायण ढकाललाई यथाशिघ्र कारवाही गर्न माग गरिएको छ । यस्तै नेकपा एमाले गोरखा क्षेत्र नम्वर २ का अध्यक्ष किसान श्रेष्ठले पनि विज्ञप्ती मार्फत दोषीलाई कारवाहीको माग गर्नुभएको छ । दुबै विज्ञप्तीमा दोषीलाई कारवाही नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।

गोरखामा ३ दिने फोटो प्रदर्शनी शुरु

७ बैशाख २०६७
नेपालका विभिन्न साँस्कृतिक सम्पदाको चिनारी गराउने उदेश्यले पुरातत्व विभागले गोरखा सदरमुकाममा ३ दिने फोटो प्रदर्शनी शुरु गरेको छ । पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिश प्रभा वस्नेतले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।सदरमुकामस्थित गोरखा संग्रहालयमा शुरु भएको प्रदर्शनीमा सुनसरीको बराहक्षेत्रलुम्बिनीमुक्तिनाथ लगायतका क्षेत्रको चिनारी गराउने ६४ वटा फोटो राखिएको छ । यस्तै प्रदर्शनीमा भोटे र कामी जातीको भेषभुषा पनि समाबेश गरीएको छ । विशेष गरी विद्यालय र क्याम्पस तहका विद्यार्थीहरुका लागि लक्षित फोटो प्रदर्शनीले साँस्कृतिक सम्पदाको संरक्षणका लागि उनीहरुलाई जागरुक गराउने गोरखा संग्रहालयका प्रमुख दामोदर गौतमले बताउनुभएको छ । निशुल्क प्रदर्शनीको अवलोकन गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । प्रदर्शनीको आज मात्रै २ हजारले अबलोकन गरेका छन् ।

बालअधिकारको सुनिश्चितताका लागि जोड

७ बैशाख २०६७
नयाँ संविधानमा बालअधिकारको सुनिश्चितताका लागि अभिभावकले पनि सघाउनुपर्नेमा गोरखामा आज आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । नौलो घुम्ती नेपालको साझेदारी र मानवअधिकार तथा शान्ति समाजको सहयोगमा असल छिमेकी सहयोग संघले आयोजना गरेको नयाँ संविधानमा वालअधिकारको सुनिश्चितता विषयक अन्तकिर््रया कार्यक्रमका सहभागीहरुले संविधान निर्माणका क्रममा बालवालिकाका सवालहरु आझेलमा पर्न नदिनका लागि अभिभावकहरु पनि चनाखो हुनुपर्ने बताएका हुन् । महिला विकास अधिकृत अाजना पौडेलको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेको प्रमुख आतिथ्यताका भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष यदु अधिकारीले नयाँ बन्ने संविधानमा बालअधिकार विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गोरखाको मुच्चोकसौरपानी र श्रीनाथकोटबाट आएका बालबालिकाहरुले राखेका बालअधिकार सँग सम्बन्धित विभिन्न जिज्ञासाहरुको मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दवाडीले जवाफ दिनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगरसभापति राजनराज पन्त पत्रकार महासंघका अध्यक्ष किशोरजङ्ग थापाग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठनौलो घुम्ती नेपालका शिव सुवेदी जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटा लगायतले पनि मन्तब्य राख्नुभएको थियो ।

माटोको ढिस्कोले पुरीएर एक बालिकाको ज्यान गयो

७ बैशाख २०६७
घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीएर गोरखाको मान्वु गाविसको तिल्चेतमा एक बालिकाको ज्यान गएको छ । मान्बु ८ घुन्चेतकी १५ बर्षीय कुमारी गुरुङको घर लिप्ने माटो खन्न जादाँ ढिस्कोले पुरीयर ज्यान गएको हो । विहान साडे ७ बजेतिर माटो खन्ने क्रममा पुरीएकी गुरुङको शब स्थानीयले करीब २ घन्टापछी निकालेका गणेश प्राविका शिक्षक निमबहादुर दराईले जानकारी दिनुभएको छ । भवानी उच्च माध्यामीक विद्यालयमा कक्षा ६ मा अध्ययनरत गुरुङको ज्यान गएपछी विद्यालय आज बन्द गरीएको छ ।

पठनपाठन प्रभावित

७ बैशाख २०६७
हिजो साझँ आएको हाबाहुरीलॆ छाना उडाएपछी गोरखाको विभीन्न विद्यालयको पठनपाठन प्रभावित भएको छ । साझँ ५ बजेतिर आएको हाबाहुरीले आरुचनौटेको सिद्धदेवि माध्यामीक विद्यालयको २ कोठे भवनको छानो उडाएपछी आज विद्यालयमा पठनपाठन भएको छैन । अहीले जस्ता संकलन गरेर मर्मत भैरहेको र आइतबारदेखी पठनपाठन सुचारु हुने प्रधानाध्यापक तिर्थबहादुर नेपालीले जानकारी दिनुभयो । यस्तै स्वाराँको माझथर माध्यामीक विद्यालयको ६ कोठे भवनको छानो पनि हाबाहुरीले उडाएको छ । विद्यालयको छानो उडाएपछी विद्यार्थीहरुलाई चौरमा राखेर पढाइएको शिक्षक अमरबहादुर गुरुङले जानकारी दिनुभएको छ । यतातारा मावि छेपेटारको पनि ३ वटा कोठाको छानो उडाएपछी पठनपाठन प्रभावित भएको विद्यालयले जनाएको छ । यस्तै आरुपोखरी गाविसको कल्ल्ोरी निमाविको निर्माणाधीन २ कोठे भवनमा पनी हाबाहुरीले क्षति पुर् याएको प्रधानाध्यापक शिव अम्गांईले बताउनुभएको छ । हाबाहुरीले गाखुँ २ को नार्मुङदेवि मन्दिर र ३ जनाको घरको छानो उडाएको स्थानिय भिम गुरुङले जानकारी दिनुभएको छ ।

तमु सास्कृंतिक परीवार गठन

७ बैशाख २०६७
गुरुङ जातीको कला र संस्कृति जोगाउनका लागी गोरखामा पवन गुरुङको अध्यक्षतामा २१ सदस्यीय आशीमाला तमु सास्कृंतिक परीवार गठन गरीएको छ । जसको उपाध्यक्षमा मधु तमु सचिवमा सुनिता तमु सह सचिवमा टेकुमायाँ तमु कोषाध्यक्षमा पुर्णीमा तमु र सह कोषाध्यक्षमा सुष्मा तमु रहनुभएको छ । समीतीले तमु ह्युल छोजँ धि जिल्ला कार्यसमीतीको मातहतमा रहेर जिल्ल्ााका ३ वटै निर्वाचन क्षेत्रमा सास्कृंतिक र भाषिक रुपमा कार्यक्रमहरु साचांलन गर्ने समीतीका नवनियुक्त अध्यक्ष गुरुङले जानकारी दिनुभयो । आफ्नो कार्यकालमा जिल्ल्ाामा गुरुङ जातीको कला संस्कृति झल्कने सास्कृंतिक केन्द्र खोल्न पहल गर्ने पनि उहाँले बताउनुभएको छ । सदरमुकामको तमु सभाहलमा भएको कार्यक्रम टेकबहादुर तमुको अध्यक्षतामा भएको थियो ।

संक्रमणकालीन न्याय र सिद्धान्त बिषयक अन्तरकि्रया सम्पन्न

७ बैशाख २०६७
गोरखाको मान्बुमा न्यायमार्फत शान्ती परीयोजना अन्तरगतको संक्रमणकालीन न्याय र सिद्धान्त विषयक १ दिने अन्तरकि्रया कार्यक्रम भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधीकार उच्चायुक्तको कार्यालयको सहयोगमा हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढीकरण केन्द्र र उत्पीडीत समुदाय विकास तथा अनुसन्धान केन्द्रले कार्यक्रमको आयोजना गरेको हो । भएको कार्यक्रममा एडबोकेसी फोरम बाग्लुङकी साबित्री खडकाले संक्रमणकालीन न्याय र सीद्धान्तका बारेमा जानकारी दिनुभएको थियो । धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एकीकृत माओबादीका अमरसींह थापा नेपाली कांग्रेसका लालबहादुर गुरुङ नेकपा एमालेका बमबहादुर गुरुङ भवानी उच्च माध्यामीक विद्यालयका सहायक प्राचार्य काजीराम कार्की द्धन्द्धपिडीत कालीबहादुर गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा द्धन्द्धपिडीत समुदाय राजनैतिक दलका प्रतिनीधी स्थानीय बुद्धीजीवी र महिला समुहका प्रतिनीधीहरुको सहभागीता रहेको थियो । आजबाट शुरु भएको गाविसस्तरीय अन्तरकि्रया कार्यक्रम भोली थुमी गाविसमा हुने कार्यक्रम संयोजक काजीराम रोकाले जानकारी दिुनभएको छ ।

थप्रेक गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा

७ बैशाख २०६७
तनहुँको थप्रेक गाउँ विकास समितिलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । गाविसमा ७ सय ९८ घरधुरी रहेकामा अधिकांशमा शौचालय बनिसकेको छ । गाविसको ४ सय घरधुरीमा यसअघि नै शौचालय बनिसकेकामा बुकी ३ सय ९८ घरधुरीमा पनि शौचालय निर्माण गरिएको हो । स्थानिय बासिको नेतृत्व्ामा जिविसको खुल्ल्ाादिशामुक्त घोषणा अभियान अन्र्तगत जिविसको अनुदान र समाज सेवा समूह फराकचौरको सहजिकरणमा ती शौचालय निर्माण गरिएकेा र तीनको आँफ्नो संस्थाले अनुगमन र आवश्यक सरसहयोग गरिरहेको समाज सेवा समूह तनहुँकी कार्यक्रम संयोजक शुसिला शर्माले जानकारी दिनुभयो । यसअघि तनहुँ जिल्लाको तीन गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ भने थप्रेक चौथो खुल्लादिशामुक्त गाविस भएकेा छ । बाँकी गाविसलाई पनि खुल्ल्ाादिशामुक्त घोषणा गर्ने जिविसको योजना रहेको स्थानिय विकास कोषका अधिकृत रघुराज काफ्लेले जानकारी दिनुभयो ।

सघनबाली उत्पादक कृषक समुहलाई अनुदान प्राप्त

७ बैशाख २०६७
लमजुङ्ग अर्चलबोटको सघनबाली उत्पादक कृषक समुहले यसवर्ष वाली विकास निर्देशनालयबाट ६० हजार रुपैयाँ अनुदान प्राप्त गरेको छ । वाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक केशवप्रसाद पौडेलले समुहका कोषाध्यक्ष रुपबहादुर थापा र सचिव तीर्थराज अधिकारीलाई एक कार्यक्रमका विच ६० हजार रुपैयाँ अनुदान रकम हस्तान्तरण गर्नुभएको थियो । कृषक समुहले लोकतन्त्र जातको धानको विउ बृद्धि गर्ने कार्यक्रम ल्याएपछि निर्देशनालयले सो अनुदान रकम उपलब्ध गराएको हो । अर्चलबोटको एकसय रोपनी जग्गालाई आवश्यक पर्ने २ सय ४० किलो लोकतन्त्र जातको धानको विउपनि निर्देशनालयले उपलब्ध गराएको छ । अन्य धानको तुलनामा केही छिटो पाक्ने पराल राम्रो हुने स्वाद र गुणस्तरीयताको दृष्टिले पनि राम्रो देखिएकोले कृषकहरुले सो जातको धान रोप्ने तयारी गरेका छन् । सामुहिक तथा व्यवसायिक खेतीका लागि अर्चलबोटका कृषकहरु अन्य स्थानको तुलनामा निकै अगाडी देखिएका सहकर्मी रामजी रानाले जानकारी दिनुभएको छ ।

Thursday, May 20, 2010

आर्थिक वर्ष २०६७०६८ को गोरखा जिल्लाको बार्षिक बजेट सार्वजनिक

६ जेठ २०६७
जिल्ला विकास समिति गोरखाले आर्थिक वर्ष २०६७/०६८ को वार्षिक वजेट तथा नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । जिल्ला विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले २ अर्ब ५९ करोड ९० लाख २१ हजारको वजेट सार्वजनिक गर्नुभएको हो । वजेटमा चालु खर्च तर्फ ९३ करोड २५ लाख ९६ हजार र पुँजीगत तर्फ १ अर्ब ६७ करोड ५२ लाख ९५ हजार रुपैया प्रस्ताव गरिएको छ । प्रस्तावित वजेट चालु आर्थिक वर्षको वजेटको तुलनामा ३१ करोड ३३ लाख ३१ हजारले बढी रहेको छ । दलहरुविचको विवादका कारण फागुन महिना भित्रै भैसक्नुपर्ने परिषद हुन नसकेपछि स्थानीय स्वायत्त शासन ऐनको अधिकार प्रयोग गरी स्थानीय विकास अधिकारीले वजेट सार्वजनिक गर्नुभएको हो ।
जिल्ला न्यायधिश प्रभा वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुले भने जिल्ला परिषद ढिलो हुनुमा एक अर्कालाई दोषी देखाएका छन् । तर उनीहरुले वजेट कर्यान्वयनका लागि एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन् । एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य लेखबहादुर थापाले काँग्रेस र नेकपा एमालेको यथास्थितीवादी सोचका कारण जिल्लाको विकास निर्माणकार्य अघि बढ्न नसकेको बताउनुभयो । विकास निर्माणका सवालमा आफूहरु अरु दलभन्दा एक कदम अघि रहेका उहाँको दावी थियो । नेपाली काँग्रेसका जिल्ला सचीव किरणबाबु श्रेष्ठले जिल्लाको विकास निर्माणलाई देशको केन्द्रिय राजनीतिले प्रभाव पारेको बताउनुभयो । उहाँले जिल्लामा कि्रयाशिल दलहरुका गतिविधिप्रति खवरदारी गर्न जिल्लावासीलाई आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्ष रामशरण वस्नेतले जिल्लाको विकास निर्माण कार्यलाई अघि बढाउन दलहरुविच सहमति र सहकार्य जरुरी रहेको बताउनुभयो । उहाँले विकास निर्माणका हरेक गतिविधि योजनावद्ध ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि वजेट सार्वजनिक कार्यक्रममा शुभकामना मन्तब्य राख्ने वक्ताहरुले भने वजेट कार्यान्वयन हुनेमा हाशंका ब्यक्त गरेका छन् । दलहरुविचको किचलोका कारण जिल्ला परिषद पनि समयमै हुन नसकेको भन्दै उनीहरुले यस्तै अवस्था रहे वजेट कार्यान्वयनमा पनि समस्या आउन सक्ने बताएका हुन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले जिल्ला परिषद ढिला हुनुको कारण र यसबाट विकास निर्माणमा पर्ने असरबारे दलहरुले स्पष्ट पार्दै जिल्लावासीसँग माफी माग्नुपर्ने बताउनुभयो । उहाँले वजेट कार्यान्वयनका लागि दलहरुविचको मनमुटावको अन्त्य हुनुपर्नेमा पनि जोड दिनुभयो । थापाले जिल्लामा पत्रकारीताको विकासका लागि जिल्ला विकास समितिले पर्याप्त सहयोग नगरेको भन्दै गुनासो गर्नुभयो । उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष रामवावु जोशीले दलहरुको वेवास्ताका कारण जिल्लाको विकास निर्माणका गतिविधि मन्द भएकोमा गुनासो गर्नुभयो । उहाँले राजनीतिक दलका कार्यकर्ताहरुविच गाउँघरमा हुने झैझगडाको असर जिल्लाको विकास निर्माणमा पर्न नहुने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष जानुका पौेडेल अखिल नेपाल महिला संघकी अध्यक्ष सानुमाया वस्नेत नेपाल महिला संघकी पम्फा गान्धारी जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्ती आदीवासी जनजाती जिल्ला समन्वय समितिका उपाध्यक्ष बुद्धिबहादुर तामाङ्ग दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका उपाध्यक्ष शंकर कोइराला गाविस सचीव शंकर कोइराला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा उत्कृष्ट काम गरेवापत जिल्ला विकास समितिमा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कार्यालयका सब इन्जिनियर काचन खनाल स्वाँरा गाविस सचीव गोविन्दराज श्रेष्ठ गाँखु गाविस सचीव रामप्रसाद ढकाल सिम्जुङ्गका गाविस सचीव शेखरनाथ न्यौपाने लेखापाल प्रदिपकुमार आचार्य र कार्यालय सहयोगी भवदत्त कट्टेल रहनुभएको छ । उहाँहरुलाई प्रमुख अतिथि जिल्ला न्यायधिश प्रभा वस्नेतले नगद ३ हजार सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

असिना प्रभावित किसानलाई राहतको माग गर्दै सिडिओ कार्यालय घेराउ

६ जेठ २०६७
जिल्लाका असिना र हावाहुरीबाट प्रभावित भएका किसानहरुलाई राहत उपलब्ध गराउने तर्फ चासो नदिएको भन्दै किसान महासंघ गोरखाका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । आफूहरुको मागको कुनै सुनुवाई नभएको भन्दै महासंघले बिहान साढे ११ देखि साढे एक वजेसम्म प्रशासन कार्यालय घेराउ गरेको हो । किसान महासंघले एक हप्ता अघि विज्ञप्ती जारी गर्दै जिल्लाका असिना र हावाहुरीबाट प्रभावित भएका किसानलाई न्यूनतम १० हजार रुपैया राहत उपलब्ध गराउन माग गरेको थियो । त्यस्तै जिल्लामा रासायनिक मलको अभाव भएको लामो समय भैसक्दा पनि मल उपलब्ध गराउन नसकेको भन्दै उसले भोली जिल्ला कृषि विकास कार्यालयमा अनिश्चितकालीन तालावन्दी गर्ने जनाएको छ । किसानलाई प्रत्यक्ष असर गर्ने विषयमा पनि सम्बन्धित निकायले चासो नदिएकोले वाध्य भएर संघर्षमा उत्रनुपरेको किसान महासंघ गोरखाका अध्यक्ष विपिनचन्द्र ढकालले बताउनुभएको छ ।
यसैविच आज साँझ आएको हावाहुरीले गोरखा तान्द्राङ्गको सिद्धकाली माध्यमिक विद्यालयको ४ कोठे भवनको छाना उडाएको छ । हावाहुरीले कार्यालयका कागजपत्र उडाउनुका साथै एउटा कम्प्युटरमा पनि क्षति पुर् याएको शिक्षक रामचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।