२४ जेठ २०६७
गोरखा सदरमुकाममा पाँचदिनदेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध बढ्न थालेको छ । फोहोर उठ्न छाडेपछि सदरमुकामको हरमटारी शक्तिचोक वसपार्क ठुलोआँगन लगायतका ठाउँका सडकमा फोहोर थुपि्रन थालेका छन् । सडक छेउमा थुपारिएको फोहोर गन्हाउदा बटुवाहरु समस्यामा परेका छन् ।
गोरखा नगरपालिकाले हरेक दिन उठाउदै आएको फोहोर पाँचदिनदेखि उठाउन छाडेपछि सडकमा फोहोर थुपि्रन थालेको हो । नगरपालिका ८ को जुगेपानीमा फाल्दै आएको फोहोर स्थानीय वासिन्दाको अबरोधका कारण पाँचदिनदेखि उठ्न नसकेको हो । स्थानीय वासिन्दाले सडक फराकिलो बनाउनुपर्ने डम्पिङ साइट ब्यवस्थित गर्नुपर्ने लगायतका माग राख्दै जेठ २० गतेदेखि फोहोर फाल्न रोक लगाएका थिए ।
फोहोर फाल्ने विषयमा स्थानीय वान्दिासंग कुरा नमिलेकाले फोहोर उठाउन नसकिएको कार्यकारी अधिकृत रामचन्द्र अधिकारीले बताउनुभयो । स्थानीय वासिन्दासंग भोली विहान छलफल गरी फोहोर उठाउने विषयमा कुरा मिलाउने प्रयास गरिने उहाँले जानकारी दिनुभएको छ । स्थानीय वासिन्दाले धेरै रकमको योजना माग गरेपनि नगरपालिकासंग अहिले खर्च गर्नका लागि २ लाख रुपियाँ मात्र वजेट छ ।
फोहोर तत्काल उठाउन स्थानीय वासिन्दालाई सहमत गराउन वजेट थपको लागि राजनीतिक दलको संयन्त्रमा पनि छलफल गर्ने कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । उहाँले राजनीतिक दल सहमत भएमा स्थानीय वासिन्दालाई चित्त बुझाइ तत्काल फोहोर फाल्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । नगरपालिकाले फोहोर ब्यवस्थापनलाई दिर्घकालीन रुपमा समाधान गर्न नयाँ डम्पिङ साइट निर्माणको जरुरी भएपनि तत्काललाई सोही ठाउँमा नै फाल्नुपर्ने अवस्था रहेको नगरपालिकाले जनाएको छ ।
उता स्थानीय वासिन्दाले भने माग पुरा नगरेसम्म फोहोर फाल्न नदिने बताएका छन् । नगरपालिकाले आफुहरुको माग बमोजिमको काम गरेको अवस्थामा मात्र फोहोर फाल्न दिने एकीकृत माओवादीका तर्फबाट वडा संयन्त्र सदस्य अमृत केसीले बताउनुभयो ।
Monday, June 7, 2010
पालुङटारमा स्याटेलाइट क्लिनिक साचालन
२४ जेठ २०६७
गोरखाको पालुङटार गाविसको हवाइग्राउण्डमा आज स्याटेलाइट क्लिनिक साचालन भएको छ । हरेक महिनाको २४ गते हुदै आएको क्लिनिकमा आज गोरखा अस्पतालका डाक्टर गुणराज लोहनीले १ सय ३३ जनाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
क्लिनिकमा धेरैजसो स्त्रीरोगका विरामीहरु जाँच गराउन आएका स्थानीय मिलिजुली महिला समूहकी अध्यक्ष चेतकुमारी श्रेष्ठले जानकारी दिनुभएको छ । क्लिनिकमा विरामी जाँच गराउन गोरखा अस्पतालका डाक्टर लोहनी नै सहभागी भएकोमा स्थानीय महिलाहरु खुशी भएका उहाँले बताउनुभयो । महिलाहरुले हरेक महिना विरामी जाँचका लागि आउन डाक्टरलाई आग्रह गरेका छन् ।

Sunday, June 6, 2010
ढुङ्गा झिक्ने क्रममा मृत्यु
२४ जेठ २०६७
खानीबाट ढुङ्गा झिक्ने क्रममा ढुङ्गाले लागेर गोरखा बक्राङ ९ का एकजनाको ज्यान गएको छ । लुदीखोलास्थित ढुङ्गाखानीमा ढुङ्गा झिकिरहेको अवस्थामा ढुङ्गाले लागेर घाइते भएका ५५ वर्षिय देवबहादुर आलेको गोरखा अस्पतालमा उपचार हुन नसकी काठमाडौ लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।
ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेको उहुलाई गोरखा अस्पतालले काठमाडौको न्युरो अस्पतालमा रिफर गरेको थियो । काठमाडौ लैजादा गोरखाको अबुँवा नजिक ज्यान गएपछि अहिले उहाँको शब पोष्टमार्टमको लागि गोरखा अस्पतालमा राखिएको छ ।

सकियो सातौ रोट महोत्सव
२३ जेठ २०६७
गोरखनाथ प्रकट दिवश अर्थात वैशाख पुर्णिमाको दिनदेखि गोरखाको गोरखनाथ मन्दिरमा सुरु भएको सातौ रोट महोत्सव आज सकिएको छ । एघार दिनको महोत्सपवमा गुरु गोरखनाथलाई सवालाख रोट चढाएपछि आज महोत्सव सकिएको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवको अन्तिम दिन मन्दिरका तीनजना ब्राम्हण पुजारीले विशेष मन्त्रले पुजा गरेपछि औपचारिक समापन गर्ने कार्यक्रम छ ।
चामलको पिठोमा चिनी नरिवल ल्वाङ सुकुमेल दालचिनी लगायतका ५२ थरी मसला मिलाएर घिउमा पकाएको परिकारलाई रोट भनिन्छ । गुरु गोरखनाथलाई बढी मनपर्ने परिकार रोट भएकाले उहुलाई खुशी बनाउन सवालाख रोट चढाएको शक्ति केन्द्रका सावरपन्थी राम्जी अर्यालले जानकारी दिनुभएको छ ।
महोत्सव अबधिभर गुरु गोरखनाथलाई रोट चढाउन काठमाडौ भक्तपुर ललितपुर सिन्धुपाल्चो तनहँुँ कास्की लमजुङ चितवन लगायतका जिल्लाबाट भक्तजनहरु गोरखा आएका थिए । गरु गोरखनाथलाई खुशी बनाउन सकेमा मुलुकमा सुख शान्ति र समृद्धि कायम हुने विश्वासमा महोत्सव गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको ११ दिनमा २० हजारभन्दा बढी भक्तजनहरुले अबलोकन गरेको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । महोत्सवमा जिल्ला भित्र र बाहिरका गरी दैनिक दुइहजार भक्तजनहरु आएपनि गएको शनिवार भक्तजनहरुको अत्याधिक सहभागीता रहेको थियो ।

देउसीको रकमबाट खानेपानी आयोजना निर्माण
२३ जेठ २०६७
गोरखाको ताप्ले-१ का महिलाहरुले देउसीभैलो खेलेर जम्मा पारेको रकमले गाउँम्ाा पधेरो निर्माण गरेका छन् । ताप्ले १ शिखरको जनजागरण महिला समुहले गएको तिहारमा देउसी भैलोबाट जम्मा गरेको २५ हजार २ सय ५७ रुपियाँबाट गाउँको ठुलो पधेरो र ज्यामिरे अस्लामी खानेपानी योजना निर्माण गरेका समूहकी अध्यक्ष शुर्यमाया श्रेष्ठले जानकारी दिनुभएको छ ।
महिलाहरुले खानेपानी योजना निर्माण गर्दा ३० हजार ७ सय २० रुपैयाँ बराबरको श्रमदान समेत गरेका थिए । सो खानेपानी आयोजनाको एक कार्यक्रमका वीच अस्ती उद्घाटन गरिएको छ । महिला समुहकी अध्यक्ष सुर्यमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कपिलदेब तिवारी भक्तप्रसाद श्रेष्ठ र कृष्णकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।
उता गोरखाको आरुआर्वाङ्ग ७ पाखुरेको लालीगुराँस महिला समुहको अगुवाईमा गाविसको तोरीस्वाँरादेखि गैह्री स्वाँरासम्मको बाटो मर्मत गरिएको छ । गाविसबाट प्राप्त दश हजार र जनश्रमदानबाट बाटो मर्मत गरीएको महिला समुहकी सचिव सुजाता गुरुङ्गले जानकारी दिनुभएको छ ।
त्यसैगरी गाउँ विकास समितिबाट लिएको पैसाले गोरखाको फिनाम गाविस ३ धनुवासे टोलका वासिन्दाले खानेपानीको धारा मर्मत गरेका छन् । जिर्ण भएको गाउँको धारा र ट्याङ्कीको जिर्णोद्धार गरेर स्थानीय वासिन्दाले गाउँमा खानेपानीको सविधा पुर् याएका छन् ।
गाविसले १ लाख १० हजार रुपियाँ दिएपछि ४० हजार वराबरको श्रमदान गरेर उनीहरुले खानेपानीको ट्याङकी र धारा बनाएका हुन् । खानेपानी योजना निर्माण भएपछि स्थानीय ४९ घरधुरीका ५ सय १३ जना लाभान्वित भएका शिक्षक अब्दल करिम मियाँले जानकारी दिनभएको छ ।
खानेपानी आयोजनाको एक कार्यक्रमका वीच स्थानीय वयोवृद्ध नरजंग थापाले उद्घाटन गर्नुभएकोृ हो । कार्यक्रममा गाविस सचिव रामबहादुर बल्छौडी स्थानीय शंकरबहादुर थापा कुमारीदेवी थापा सब इन्जिनियर कृष्णबहादुर खड्काले मन्तब्य राख्नुभएको थियो ।

डाक्टर भक्तमान श्रेष्ठ अपहरण मुक्त
२२ जेठ २०६७
भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठ आज बिहान अपहरण मुक्त हुनुभएको छ । डा श्रेष्ठलाई धािद¨को जोगीमारा गाविसको एक सहकारी भवन नजिक ल्याएर आज बिहान २ बजे अपह्रणकारीले मुक्त गराएका हुन । अपहरणबाट मुक्त भए लगत्तै डाक्टर श्रेष्ठ धािद¨ काठमाण्डौ सडक खण्ड स्थित नेपाल सडकबोर्डको ढाट कार्यालयमा पुग्नु भएको थियो । उहा अपहरण मुक्त भएको खबर थाहापाए पछि बिहान ४ बजे डा श्रेष्ठको पत्नि शिलु भाई जगतमानका साथै प्रहरीको टोली श्रेष्ठलाई लिन धािद¨ जानुभएको थियो । उहा बिहान सातबजे चितवन आइसकेपछि प्रहरी सुरक्षाको घेरामा क्यान्सर अस्पतालमा छिर्नुभएको थियो । डा श्रेष्ठको हातमा केहीले बाधेकेा जस्तो डोब रहेकेा छ । डाक्टर श्रेष्ठले पत्रकार सम्मेलनमा आफ्नो अपहरण नेपाल जनता हिन्दु पार्टीले गरेको बताउनु भयो ।
आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर श्रेष्ठले आफूलाई किन अपरण गरियो र कहु राखिएको भन्ने बारेमा जानकारी नदीएपनि उनीहरुले आफूलाई कुनै दुब्र्यबहार नगरेको बताउनुभयो । घरको भूइमा पत्रकार सम्मेलन गर्ने ठाउ छुट्याइएपनि श्रेष्ठ छतमा गएर माथिबाटै पत्रकारलाई सम्वोधन गर्नु भएको थियो । पछि पत्रकारहरु बिच आएर उहाले आफु अपहरणमा पर्दा चासो र चिन्ता ब्यक्त गर्दै खोजिका लागि पहल गर्ने सबै सहकर्मिपत्रकार सुरक्षा कर्मि र आफुलाई अपहरण गरेपनि सकुशल मुक्त गर्ने नेपाल जनता हिन्दु पार्टीलाई पनि धन्यबाद दिनु भएको थियो ।
डा श्रेष्ठको प्रारम्भिक स्बास्थ्य परीक्षण गर्दा समान्य पाइएको भएपनि केही समय उहांलाई आरामको आबश्यकता रहेको डा जया श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मध्यमान्चल प्रहरी प्रमुख नबराज ढकालले घटनाका बारेमा अनुसन्धान भैरहेको र सहि समय आएपछी मात्र त्यस बारे थप जानकारी दिने बताउनु भयो । भरतपुर स्थित बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको गत जेष्ठ ४ गते बिरामीको अपरेशन गरॆर घर फर्किने क्रममा अपहरण भएको थियो । अपहरण पछि उहाको गाडी पोखराको कुडहरमा र बि्रफकेश अपहरणको ५ दिनपछि चितवनको घोप्टे भिरमा फेला परेकेा थियो ।

मृत भेटीएकी रानाको परीवार गोरखामा
२२ जेठ २०६७
गोरखा नगरपालीका वडा नम्वर ९ स्थित दरौदी नदीको किनारमा हिजो मृत भेटीएकी रुपा रानाको परीवार गोरखा आइपुगेको छ । घटनाको जानकारी पाएपछी गोरखा सदरमुकाम आएका रुपाका बुवा रामबहादुर रानाले शबको सनाखत गरेका छन् । उदयपुर डुम्रे गाविस १ घर भएकी रुपा काठमाण्डौबाट गत १९ गते हिडेको बुवा रानालाई उधृत गर्दै प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग राख्दै मृतकका बुवाले जिल्ला प्रहरी कार्यालयमा आजै उजुरी दर्ता गराउनुभएको छ । यसैबिच अनुसन्धानको क्रममा प्रहरीले काठमाण्डौमा एक महिलालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भैरहेको र आजै शबको पोष्टमार्टम गरीने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वातावरण दिवस
२२ जेठ २०६७
यस वर्षको अन्तराष्ट्रिय वाताबरण दिवसको अवसरमा भुसंरक्षण कार्यालय गोरखाको आयोजनामा गोरखाको ताङलिचोक माविमा आज वृक्षारोपण गरिएको छ । विद्यालय क्षेत्रभित्र लिच्ची बकाइनो लगायतका पाँच सय विरुवा रोपीएको स्थानीय श्याम प्रसाद लामीछानेले जानकारी दिनु भएको छ । स्थानिय वयोवृद्ध पटक बहादुर गुरुङले उद्घाटन गर्नु भएको वृक्षारेापण कार्यक्रममा जिल्ला भुसंरक्षण कार्यालय गोरखाका प्रमुख टंक नारायण श्रेष्ठ बाल विकास गोरखाका अधिकृत कृष्ण प्रसाद देवकोटा राजनीतिक दलका प्रतिनीधिहरु घैरुङ स्रोत केन्द्रका स्रोत व्यक्ति श्याम प्रसाद लामिछाने विद्यालयका प्रधानाध्यापक राम प्रसाद पन्त महादेव प्राविका प्रधानाध्यापक देउ बहादुर गुरुङ र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबिच अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमै गोरखाको सौरपानी वडा नम्बर ३ का स्थानीय बासिन्दाले गाँउको खानेपानीको मुहान बाटो र घरआँगनको सरसफाई गरेका छन् । स्वास्थ्यको लागि पानी र पद्धती विकास केन्द्र गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा गाँउको आमा समुह बाल क्लब शिक्षक शिक्षिका र सर्वसाधारणको सहभागिता रहेको भुवाने भन्चोकटार खानेपानी आयोजनाका अध्यक्ष जगदिश पनेरुले बताउनु भएको छ । ।सरसफाइ पछि जलामुखी प्राविमा भएको कार्यक्रममा भुबाने भुन्चोकटार खानेपानी िसंचाइ आयोजनाका उपाध्यक्ष कमल पनेरु शिक्षक लोक बहादुर ढकाल शान्ति न्यौपानेउमाकान्त न्यौपाने लगायतले मन्क्तव्य राख्नु भएको थियो ।

रोट महोत्सव दशौं दिन
२२ जेठ २०६७
गोरखाको गोरखनाथ मन्दिरमा भैरहेको रोट महोत्सवको आज दशौ दिनसम्म लक्ष्य अनुरुप सवालाख रोट चढाइएको छ । गोरखनाथ प्रकट दिवशको अवसर पारेर बैशाख पुर्णिमा देखिसुरु भएको महोत्सवको २० हजारभन्दा बढी भक्तजनहरुले अबलोकन गरेको आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । गुरु गोरखनाथलाई खुशी बनाए सुख शान्ति र समृद्धि प्राप्त हुने विश्वासमा देशका बिभिन्न जिल्लाबाट भक्तजनहरु रोट चढाउन आएका केन्द्रले जनाएको छ ।
चामलको पिठोमा चिनी नरिवल दालचिनी ल्वाङ सुकुमेल लगायतका ५२ थरी मसलाहरु मिलाएर बनाइने परिकारलाई रोट भनिन्छ । रोट गुरु गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने परिकार भएकाले उहाँलाई खुशी पार्न र देशमा आध्यात्मिक जागरण ल्याउन महोत्सव गरिएको शक्ति केन्द्रका साधक रामजी अर्यालले जानकारी दिनुभएको छ । महोत्सवमा रोट चढाउनुका साथै दैनिक भजन किर्तन र गुरु पुजन लगायतका कामहरु साचालन भइरहेका छन् । महोत्सवमा आउने भक्तजनको लागि आयोजकले खाने वस्ने ब्यवस्था मिलाएको छ भने स्वास्थ्य शिविर पनि साचालन गरेको छ । महोत्सवको अन्तिम दिन भोली विशेष हवन र पुजाआजा हुनेछ ।

आजदेखि सरसफाइ सप्ताह शुरु
२२ जेठ २०६७
आजदेखि ११ औं सरसफाइ सप्ताह शुरु भएको छ । आजदेखि देशभर चर्पी प्रयोग साबुनपानीले हात धुने लगायतका सरसफाइसम्बन्धी चेतनामूलक कार्यक्रम गरिँदैछ । सन् २००० देखि मनाउन थालिएको यो अभियानमा खानेपानी तथा ढलनिकास विभागको नेतृत्वमा वाटर एड लगायतका पानी र सरसफाइसम्बन्धी कार्यक्रमका संघसँस्थाहरुले सामुहिक रुपमा कार्यक्रम गर्दैछन् ।
११ औं सरसफाई सप्ताहका अवसरमा गोरखामा झाडु र् याली निकालिएको छ । गैर सरकारी संस्था महासंघ गोरखाको आयोजना एवम् उद्योग वाणिज्य संघ गोरखा र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको सहयोगमा निकालिएको र् यालीका क्रममा गोरखा नगरपालिकाका विभिन्न क्षेत्रको सरसफाई पनि गरिएको थियो । सदरमुकामको ठूलो आँगनबाट शुरु भएको र् याली वसपार्कशक्तिचोक हुँदै हरमटारीमा पुगेर सकिएको थियो । नगरवासीमा सरसफाई सम्बन्धी चेतना जगाउने उदेश्यले यस्तो कार्यक्रम गरिएको आयोजक गैर सरकारी संस्था महासंघका अध्यक्ष काजिराम रोकाले जानकारी दिनुभएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन हुने सभासद् ढकालको भनाई
२१ जेठ २०६७
नेपाल परिवार दलका अध्यक्ष एवम् सभासद् एकनाथ ढकालले एक हप्ताभित्र राष्ट्रिय सहमतिको सरकार गठन हुने बताउनुभएको छ । साना दलहरुसँग विभिन्न चरणमा भएको छलफलबाट प्रमुख ३ दल सहमतिको नजिक पुगिसकेको दावी गर्दै उहाँले यस्तो विश्वास ब्यक्त गर्नुभएको हो ।
रेडियो गोरखाको संवादमूलक कार्यक्रम आजका कुरामा बोल्दै सभासद् ढकालले राजधानीमा दिनदिनै जसो भैरहेका औपचारिक र अनौपचारिक छलफल सकारात्मक दिशातिर अघि बढिरहेको जानकारी दिनुभयो । प्रमुख ३ दलविच भएको ३ बुँदे सहमति कार्यान्वयनका लागि दलहरु प्रतिवद्ध भएपनि कतिपय भाषागत विषयमा कुरा मिल्न नसकेको उहाँको भनाई छ । सेना समायोजनको खाकाराज्यपुनस्रंरचना र सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनका विषयमा दलहरविच सैद्धान्तिक सहमति भैसकेको पनि सभासद् ढकालले जानकारी दिनुभयो । संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुको सकि्रयताले गतिरोध अन्त्यका लागि सार्थक नतिजा निकाल्ने उहाँको विश्वास छ । दलहरुविच सहमतिको वातावरण निर्माणका लागि पछिल्लो समयमा देखाएको सकि्रयताले ठूला दलहरुलाई दवाव पुगिरहेको उहाँको भनाई छ ।
निर्धारित २ वर्षको अवधिमा संविधान बन्न नसक्नुमा प्रमुख दलहरु बढि जिम्मेवार रहेको भन्दै ढकालले थपिएको एक वर्षमा भने जसरी पनि संविधान बन्ने दावी गर्नुभयो । ठूला दलहरुविच सहमति बने अबको ८÷९ महिना भित्रै संविधान जारी गर्न सकिने उहाँले बताउनुभयो ।

शवको सनाखत
२१ जेठ २०६७
गोरखा नगरपालीका वडा नम्वर ९ स्थित दरौदी नदीको किनारमा फेला परेको युवतीको शवको सनाखत भएको छ । सो शव काठमाडौ महानगरपालीका वडा नम्बर ३ घर भएकी १८ वर्षीय रुपा आलेको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी बुधबार पोखरा जान भनि घरबाट निस्कीएको उनको पारीवारीक स्रोतले बताएको छ ।
यस्तै नवलपरासीको भारतीय गण्डक नहरमा डुवेर आज मध्यान्ह आमाछोरी वेपत्ता भएका छन् । जिल्लाको कुडिया ६ बुधरियामा नुहाउने क्रममा सोही ठाउका आमाछोरी वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा स्थानिय ५० वर्षिया धर्मीदेवि महतो र उनकी छोरी डम्वर कुमारी महतो रहेका छन् । उनीहरुको खोजी कार्य भईरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

Subscribe to:
Posts (Atom)