११ जेठ २०६७
जिल्ला स्वास्थ्य कार्यालय र नारेश्वर उपस्वास्थ्य चौकीको आयोजनामा गोरखाका नारेश्वरमा साचालित स्याटेलाइट क्लिनिकमा आज १ सय ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । हरेक महिनाको दोश्रो मंगलवार साचालन गरिने क्लिनिकमा असाहाय अपाङ्गका लागि निशुल्क उपचार गराएका उपस्वास्थ्य चौकी प्रमुख शरद श्रेष्ठले जानकारी दिनुभएको छ ।
स्याटेलाइट क्लिनिकमा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले विरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
Tuesday, May 25, 2010
आँप बगैचाहरु लोप हुने खतरामा
११ जेठ २०६७
गोरखाको धुवाकोट मिरकोट च्याङ्ली लगायतका गाविसका आँप बगैचाहरु लोप हुने खतरामा पुगेका छन् । आँपका सार्वजानिक बगैचाहरु मानवीय अतिक्रमण पुराना रुखहरु मर्दै जाने र नयाँ रुख रोप्ने चलनको अभावमा बगैचाहरु लोप हुन थालेका हुन् ।
सार्वजानिक सम्पत्तिका रुपमा रहेका यस्ता बगैचामा स्थानीय वासिन्दा र वन कार्यालय जस्ता सरोकारवला निकायले कम चासो देखाएको मिरकोटका स्थिर खनालले बताउनुभएको छ । मिरकोटको झगरे बगैचा गाइखुरको लामबगैचा धुवाकोटको तल्लो र उपल्लो बगैचा वर्षेनी घट्दै जान थालेको उहुले बताउनुभयो । आँप बगैचा नासिदै जाँदा असार साउनमा आपको माडा बनाएर ब्यापार गर्दै आएकाहरु पनि समस्यामा परेका मिरकोटका कृष्ण न्यौपानेले बताउनुभयो ।

एक दिने संक्रमणकालीन न्याय र सिद्धान्त विषयक अन्तरकि्रया कार्यक्रम सम्पन्न
११ जेठ २०६७
मानव अधिकार उच्च आयुक्तको कार्यालयको सहयोगमा गोरखामा साचाति न्याय मार्फत शान्ति परियोजना अन्तर्गत क्षेत्र नंबर ३ का ५ गाविसमा एक दिने संक्रमणकालीन न्याय र सिद्धान्त विषयक अन्तरकि्रया कार्यक्रम आज सकिएको छ । हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्रको आयोजना साचालित कार्यक्रम मान्वु थुमी आरुआर्बाङ्ग आरुचनौटे र आरुपोखरी गाविसमा सम्पन्न भएको कार्यक्रम संयोजक काजीराम रोकाले जानकारी दिनुभएको छ ।
ती कार्यक्रमहरुमा द्वन्द्वपीडित उनीहरुका परिवार र सरोकारवालाहरुसंग छलफल गरी संक्रमणकालीन अवस्थामा द्वन्द्वपीडितको अवस्थाको बारेमा छलफल गरेको उहाँले बताउनुभयो । परियोजनाले आज आरुपोखरी गाविसको दरबार माविमा अन्तरकि्रर्या कार्यक्रम साचालन गरेको थियो ।
गाविस सचिव टेकबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक रोकाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने न्यायका लागि द्वन्द्वपीडित समाजकी सावित्रि खड्काले संक्रमणकालीन न्याय र यसका सिद्धान्तबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा एकिकृत माओवादीका गाविस संयन्त्र सदस्य देवका खनाल नेकपा एमालेका विष्णु शर्मा खनाल दरबार माविका प्रधानाध्यापक दीर्घमान श्रेष्ठले लगायतले मन्तब्य राख्नुभएको थियो ।

Monday, May 24, 2010
खानेपानीको ताला खुल्यो
१० जेठ २०६७
गोरखा सदरमुकामका महिलाहरुले पृथ्वीनारायण खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा हिजो गरेको अनिश्चितकालीन तालावन्दी खुलेको छ । धारामा नियमित पानी नआएको भन्दै सदरमुकामस्थित शक्तिचोकका महिलाहरुले उपभोक्ता समितिको कार्यालयमा हिजो अनिश्चितकालिन तालावन्दी गरेका हुन् । हिजो दिउँसो कार्यालयमा पुगेका ३०÷३५ जना महिलाहरुको समूहले ताला लगाएको समितिले जनाएको छ । उपभोक्ताहरुले पानी नियमित नभएसम्मका लागि तालावन्दी जारी रहने बताएपनि समिति र उपभोक्ताको संयुक्त बैठकपछि ३ दिनभित्र आवश्यक पहल गरी खानेपानी वितरण नियमित गर्ने समितिको प्रतिबद्धतापछि तालावन्दी खुलेको हो । यता खानेपानी कार्यालयले भने विद्युत आपूर्ति नियमित नभएसम्म खानेपानीको समस्या समाधान गर्न नसक्ने जनाएको छ । विद्युत आपूर्ति अनियमित भएका कारण उपभोक्ताको माग अनुसार पानी उपलब्ध गराउन नसकेको उसले स्पष्ट पारेको छ ।

खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि पहल
१० जेठ २०६७
गोरखाको पालुङटार गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणाका लागि स्थानीय वासिन्दाले पहल शुरु गरेका छन् । जसका लागि अहिले गाविस भरि शौचालय निर्माणको अभियानलाई तीव्र बनाइएको छ । गाविसमा रहेका करीव ९ शय घरधुरी मध्ये अहिले आधाजसोमा शौचालय निर्माण भैसकेको शिक्षक ज्ञानबहादुर मिजारले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले अन्य घरमा पनि शौचालय निर्माणका लागि तयारी भैरहेको छ । पहिलो चरणमा गाविसका ४ ७ ८ र ९ नम्वर वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने पनि उहाँले बताउनुभयो । सोही क्रममा स्थानीय भवानी उच्च माध्यमिक विद्यालयमा विद्यालयको अगुवाईमा पूर्ण सरसफाई कार्यक्रम सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोकबाबु रोकाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका शक्तिबल्लभ पोखरेल र रप्रधानाध्यापक उमाकान्त देवकोटाले सहजीकरण गर्नुभएको थियो । सोही कार्यक्रममा सुनिल गिरीको अध्यक्षतामा ४६ सदस्यीय भवानी वाल क्लव पनि गठन गरिएको छ । जसको उपाध्यक्ष सुस्मिता खड्का सचीव विजय विक र कोषाध्यक्ष अस्मिता श्रेष्ठ रहनुभएको छ । क्लवले समुदायमा सरसफाईका बारेमा जनचेतना अभिवृद्धिका लागि काम गर्ने शिक्षक मिजारले जानकारी दिनुभएको छ ।

चार कोठे भवन निर्माण
१० जेठ २०६७
Happy Science जापान नामको सहयोगी संस्थाको सहयोग र स्थानीय वासिन्दाको सकि्रयतामा गोरखा ताप्लेको महालक्ष्मी माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माण भएको छ । संस्थाको २१ लाख ७२ हजार र बाँकी जनश्रम सहित कुल २७ लाख १६ हजार ८६ रुपैयाको लागतमा भवन निर्माण गरिएको प्रधानाध्यापक रहमतुल्लाह मियाले जानकारी दिनुभएको छ । भवनको एक कार्यक्रमका विच सहयोगी संस्थाका दक्षिण एशिया प्रमुख हिरोसी याइता र नेपाल प्रमुख नाओकी दाइहाताले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवीबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधी संकायका डीन इश्वरचन्द्र वानियामहेन्द्र मावि कुन्दरका शिक्षक मीनबहादुर नेपाली जनज्योती निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक यदुविलाश भट्टराई लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा संस्थाले सो विद्यालयका १० जना विद्यार्थीका उपलब्ध गराएको छात्रवृत्ति पनि विद्यालयलाई हस्तान्तरण गरेको छ ।

Sunday, May 23, 2010
गोरखामा सवारी दूर्घटनामा कमी
९ जेठ २०६७
गोरखामा पछिल्ला दिनहरुमा सवारी दूर्घटनामा कमी आएको छ । त्यस्तै ट्राफिक नियमको उल्लंघन गरी सवारी चलाउने क्रम पनि घट्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियमको पालनामा गरिएको कडाइका कारण दूर्घटनामा कमी आएको कार्यालयले दावी गरेको छ । कार्यालयका अनुसार गएको चैत महिनामा जिल्लामा २ शय २१ सवारी दूर्घटना भएकोमा बैशाख महिनामा कमी आएको छ । बैशाख महिनामा जिल्लामा साना ठूला गरी १ शय ८१ वटा सवारी दूर्घटना भएका छन् । ट्राफिक नियम पालनामा गरिएको कडाईले दूर्घटनामा कमी आएसँगै राजस्व संकलन पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक सूर्य थापाले जानकारी दिनुभएको छ । कार्यालयले सवारी नियम उल्लंघन गर्नेमाथि गरेको कारवाहीबाट चैत महिनामा २७ हजार ७ शय रुपैया राजस्व संकलन गरेकोमा बैशाख महिनामा घटेर २४ हजार १ शय ५० रुपैया संकलन भएको छ ।
जिल्लामा ट्राफिक नियमको पालना नगरि सवारी साधन चलाउने क्रम बढेको गुनासो आएपछि चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रमुख थापाले बताउनुभयो । कार्यालयले सकेसम्म दैनिक र नसकिए साप्ताहिक रुपमा छड्के जाँच गर्दै आएको उहाँको भनाई छ । सदरमुकाम र वजारक्षेत्रमा ट्राफिक नियम पालनामा कडाई गरिएपनि जिल्लाका कच्ची सडकहरुमा भने त्यो प्रभावकारी हुन नसकेको यात्रुहरुले गुनासो गर्दै आएका छन् । कच्ची सडकमा चल्ने सवारी साधनले छतमा यात्रु राख्ने र क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण दूर्घटनाको सम्भावना बढ्दै गएको उनीहरुको भनाई छ ।

रुख ढलेर च्याप्दा महिलाको मृत्यु
९ जेठ २०६७
हावाहुरीसंगै रुख ढलेर च्याप्दा तनहुँको थप्रेक गाविस वडा नं ५ लाकुरीबोटमा एक महिलाको ज्यान गएकॊ छ । घाँस बोकेर घरतर्फ फर्कदै गरेकी ५५ वर्षकी केशमाया सुनारको रुखले च्यापेर ज्यान गएकॊ हो । घाइते सुनारको पोखरास्थित पश्चिमााचल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच मकवानपुरको काकडा १ सिलिङ्गेमा आज दिउसो रुख बाट लडेर ४ जना बिद्यार्थी घाईते भएका छन् । सिलिङ्गे माबिमा अध्यनरत उनीहरु असार फल खान गएको बेलामा रुखबाट खसेका थिए । रुखबाट लडेर रामबहादुर घलान असोक स्याङ्ताङ् युबराज घलान र दामन घलान घाईते भएका हुन् । घाईते मध्ये रामबहादुर र असोकको अबस्था गंभिर रहेको र उनीहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तालिम सम्पन्न
९ जेठ २०६७
गोरखाको विरेन्चाकमा साचांलीत भुसरंक्षणमा महिला सहभागीता विषयक ४ दिने तालिम आज सकीएको छ । जिल्ला भू-संरक्षण कार्यालयले आयोजना गरेको सो तालिममा प्राकृतिक स्रोत संरक्षण र ब्यबस्थापन तथा प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको थियो । गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेत्राबती वगालेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा जिल्ला भू संरक्षण अधिकृत टंकनारायण श्रेष्ठसहभागी सानुमायाँ राना लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । तालीममा १५ जना महीलाको सहभागीता रहेको थियो ।

माओवादी पनि संविधान सभाको म्याद थप्ने पक्षमा ः पुरुषोत्तम दाहाल
८ जेठ २०६७
मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष पुरुषोत्तम दाहालले माओवादी पनि संविधान सभाको म्याद थप्ने पक्षमा रहेको दावी गर्नुभएको छ । शान्ति समाज गोरखाले आज गरेको संविधान सभा र शान्ति बिषयक अन्तरकि्रयामा बोल्दै दाहालले आफूसँगको भेटमा माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईले आफूहरु संविधान सभाको म्याद थप्ने पक्षमा रहेको बताएको दाहालले खुलासा गर्नुभयो । राजनीतिक गतिरोध अन्त्यका लागि सरकारले माओवादीका केही सर्तहरु पूरा गरिदिनुपर्ने उहाँको भनाई छ । समस्या समाधानका लागि माओवादी प्रतिवद्ध भए प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने अध्यक्ष दाहालले बताउनुभयो । समयमै संविधान बन्न नसक्नुमा प्रमुख ३ दल जिम्मेवार रहेको उहाँको भनाई छ । जनताको आकाँक्षा अनुसार समयमै संविधान जारी गर्न नसकेकोमा दलहरुले जनतासँग आत्मालोचित हुनुपर्ने पनि उहाँको भनाई छ ।
माओवादी लडाकुप्रति शंका नगर्न सरकारलाई आग्रह गर्दै अध्यक्ष दाहालले सेना समायोजनका लागि बैकल्पिक सुरक्षा दल निर्माण गर्नुपर्ने बताउनुभयो । मुलुकमा सीमा सुरक्षा राजमार्ग सुरक्षा भौतिक निर्माण र प्राकृतिक प्रकोपबाट बचाउनका लागि पनि थप सुरक्षा बल चाहिने भएकाले माओवादी सेना त्यसैमा अट्ने उहाँको सुझाब छ । त्यसो गरेमा रोजगारीका लागि बिदेशिएका लाखौँ नेपाली युवाहरुले रोजगार पाउने र बर्तमान समस्याको गाँठो पनि फुस्किने उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सभासद् एवम् सचेतक कमला पन्तले माओवादीले विगतका सम्झौताहरुको पालना नगरेकै कारण दलहरुले उसप्रति शंका गरेको बताउनुभयो । माओवादीले कब्जा गरिएका घरजग्गा फिर्ता लगायतका सहमतिको पालना गरे राष्ट्रिय सहमतिको सरकार बन्ने पनि उहाँले बताउनुभयो ।
जिल्ला न्यायधिश प्रभा वस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादी गोरखाका सदस्य रामबहादुर ढकालनेपाली काँग्रेसका सचीव किरणबाबु श्रेष्ठ नेकपा एमालेकी सचीव सम्झना देवकोटा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले शान्ति समाजका केन्द्रिय सदस्यहरु स्थानेश्वर दवाडी सीता अधिकारी गोरखा क्याम्पसका प्रमुख डाक्टर लेखनाथ शर्मा द्रब्यशाह क्याम्पसका सहायक क्याम्पस प्रमुख एकदेव अधिकारी मानवअधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेत निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाप त्रकार महासँघका सचीव भीमलाल श्रेष्ठ उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष रामबाबु जोशी नेपाल शिक्षक संघका अध्यक्ष नुरेश्वर अधिकारी नेपाल दलित संघका इश्वर परियार लोकतान्त्रिक गैर सरकारी संघका कमला लामिछाने लोकतान्त्रिक महिला समूहकी सवीना धिताल वमबहादुर थापा श्रीकृष्ण पौडेल पम्फा गान्धारी विश्वनाथ वाग्ले लगायतले मन्तब्य राख्नुभएको थियो ।

२ दिने पशु स्वास्थ्य सम्बन्धी तालीम सम्पन्न
८ जेठ २०६७
जनप्रीय महिला समुह अश्राङको आयोजना एबंम् स्वास्थ्य सुधार समुह गोरखाको सहयोगमा अश्राङमा साचांलीत २ दिने पशु स्वास्थ्य सम्बन्धी तालीम आज सकीएको छ । जनप्रीय र जनचेतना महीला समुहका २६ जनाको सहभागीता रहेको तालीममा आरुघाट पशुसेवा उपकेन्द्रका प्रमुख इन्द्रहरी खनालले ब्यबस्थीत बाख्रा पालन गोठ ब्यबस्थापन लगायतका विषयमा प्रशीक्षण दिनुभएको थियो । सो क्रममा महीलाहरुको आयआर्जनमा बृद्धी गर्ने उदेश्यले तालीममा सहभागी ६ जनालाई २ ÷२ वटा बाख्रा र सामुहीक रुपमा एउटा बोका निशुल्क प्रदान गरीएको स्वास्थ्य सुधार समुहका अध्यक्ष नवराज पोख्रलले जानकारी दिनुभएको छ । महीला समुहकी अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा अनीता भट्ट यमबहादुर ढकाल पानमायाँ िसंखडा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

तनहुँका कृषकलाई विभिन्न प्रजातिका धान तथा मल वितरण
८ जेठ २०६७
जिल्ल्ाा कृषि विकास कार्यालय तनहुँले जिल्लाका ५ सय उनान्नब्बे कृषकलाई विभिन्न प्रजातिका धान तथा मल वाँडेको छ । जिल्लाका १४ कृषि सेवाकेन्द्र तथा सम्पर्कस्थलबाट कृषकहरुलाई धानबालीको विउ तथा मल वितरण गरिएको कार्यालयका कृषि प्रसार अधिकृत रविन्द्र पौडेलले जानकारी दिनुभयो । कार्यालयले जलव्यवस्थापन आयोजना र कृषि प्रविधि प्रसार तथा सेवा आयोजना अन्र्तगत उन्नत जातका धानको विउ र मल वितरण गरेको जनाएको छ । जिल्लाका ७२ कृषकलाई बाली चक्र प्रर्दशन अन्र्तगत ६ केजी एमोनियम सल्फेट डिएपि ५ केजी पोटास ३ केजी र धानको विउ ३ केजी वितरण गरिएको छ । त्यस्तैजातीय नतिजा प्रदर्शन अन्र्तगत २६ जना कृषकलाई सावित्री र मकवानपुर १ जातको धानको विउ वितरण गरिएको छ ।यसैगरी सावित्रीमकवानपुर १ र सुनौलो सुगन्धा जातको ४ सय ८५ थान विउ तथा ६ जना कृषकलाई एस आर आई प्रविधिको विउ र मल समेत कार्यक्रम अन्र्तगत वितरण गरिएको कार्यालयले जनाएको छ । कृषकहरुले राम्रो उत्पादन लिउन् भन्ने उद्देश्यले उन्न्ात जातको विउ विजन वितरण गरिएको कृषि प्रसार अधिकृत पौडेलले जानकारी दिनुभयो ।

Subscribe to:
Posts (Atom)