२२ असार २०६७
दुइ महिनादेखि हराइरहेकी स्वाँरा चिसापानीको एक युवतीको शब आफ्नै घरको भर् याङमुनी भेटिएको छ । स्वाँरा ५ चिसापानी घर भएकी २५ वर्षिय आइतमाया गुरुङको शब उनकै घरभित्र प्रहरीले फेला पारेको स्थानीय वासिन्दाले बताएका छन् ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले स्थानीयको रोहबरमा घरभित्र खोजतलास गर्दा भर् याङमुनी गाडिएको अवस्थामा शब फेला परेको हो । गएको बैशाख २९ गते घरबाट हराएकी गुरुङको खोजीका लागि प्रहरीले मृतकका पति प्रेम गुरुङलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
Thursday, July 8, 2010
चरित्र हत्या गरेको भन्दै दुल्लभ उच्च माविका शिक्षकद्वारा प्रेस काउन्सील नेपालमा उजुरी
२२ असार २०६७
घ्याम्पेशाल घटनाको विषयमा छापिएको समाचारले आफुहरुको चरित्र हत्या गरेको भन्दै दुल्लभ उच्च माविका चार शिक्षकले आज प्रेस काउन्सील नेपालमा उजुरी दिएका छन् । गएको शनिवार प्रहरी घेरा तोडेर अपराधी भागे शिर्षकमा राष्ट्रिय समाचार समिति र बिभिन्न साचार माध्याममा प्रकाशन÷प्रशारण भएको समाचारप्रति आपत्ति जनाउदै शिक्षकहरु नुरेश्वर अधिकारी ढकनाथ बस्ताकोटी शिव भट्ट र गोविन्द भट्टले उजुरी दिएका हुन् ।
समाचार प्रकाशनले आफुहरुको चरित्र हत्या गरेकोले साचार माध्याम र संवाददातामाथि कारबाहीको माग गर्दै उजुरी परेको प्रेस काउन्सील नेपालले जनाएको छ । समाचार प्रकाशनको विषयमा समाचार लेख्ने पत्रकार र साचार माध्याममाथि कारबाहीको माग गर्दै उजुरी परेको गोरखामा यो पहिलो पटक हो ।

रुप्चेतखर्कमा चिज उद्योग बन्ने
२२ असार २०६७
गोरखाको लाप्राक रुप्चेतखर्कमा चिज उद्योग बन्ने भएको छ । फ्रान्सका नागरीक स्टेल लुक्सको साढे २ लाख र स्थानीय बासीन्दाको साढे २ लाख गरी ५ लाखको लागतमा उद्योग स्थापना गर्न लागीएको स्थानीय राज गुरुङले जानकारी दिनुभएको छ । उद्योग स्थापनाका लागी स्थानीय बौद्ध युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समीती गठन गरीएको छ । कृषकहरुको आयआर्जन बढाउने उदेश्यले उद्योग स्थापना गर्न लागीएको स्थानीय गुरुङले बताउनुभएको छ ।
हिउचुली लाप्राक युवा समुह बाल समुह र लालीगुराँस युवा समुहले संयुक्त रुपमा लाप्राकको पालावाङ खोलामा बृक्षारोपण गरेको छ । समुहका १२० सदस्यहरुले ८ सय बासँको निगालो रोपेका हुन् । वृक्षारोपणपछी उनीहरुले जाडरक्सी सेवनले पार्ने असरका बारेमा जनचेतनामुलक नाटक प्रस्तुत गरेका थिए ।

जिल्ला तहमै सामाधान खोज्न माओवादी र काँग्रेसका जिल्ला नेतृत्वलाई माओवादी अध्यक्षको आग्रह
२१ असार २०६७
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको घ्याम्पेशालमा भएको घटनापछि उत्पन्न परिस्थितीको समाधान जिल्ला तहमै खोज्न माओवादी र काँग्रेसका जिल्ला नेतृत्वलाई आग्रह गर्नुभएको छ । काठमाण्डौको नयाँवजार स्थित आफ्नै निवासमा हिजो गोरखाका माओवादी र काँग्रेसका जिल्ला तहका नेताहरुसँगको संयुक्त छलफलमा प्रचण्डले ऐतिहासिक जिल्लामा भएको यो घटनाले गलत सन्देश जाने भन्दै यस्तो आग्रह गर्नुभएको हो ।
गोरखा घ्याम्पेशालको दुल्लभ उच्च माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठनका क्रममा भएको विवाद पछि उत्पन्न घटनाक्रमबारे छलफल गर्न प्रचण्ड निवास पुगेका दुबै पार्टीका जिल्ला नेतृत्वलाई प्रचण्डले प्रतिशोधको भावना नराख्न आग्रह गर्नुभएको छलफलमा सहभागी नेपाली काँग्रेसका सचीव किरणबाबु श्रेष्ठले बताउनुभएको छ । काँग्रेस उपसभापति रामचन्द्र पौडेलको आग्रहमा प्रचण्डले दुबै पार्टीका जिल्ला तहका नेताहरुसँग संयुक्त छलफल गर्नुभएको एकिकृत माओवादीका जिल्ला सेक्रेटरी चूडामणि खड्का प्रकाशले जानकारी दिनुभएको छ । छलफलमा एकिकृत नेकपा माओवादीका उपाध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशका साथै सभासद् अमर तमु परशुराम रम्तेल जिल्ला इन्चार्ज कृष्ण धिताल विजय र सेक्रेटरी प्रकाशको सहभागिता रहेको थियो । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सभासद् जीवनप्रेम श्रेष्ठ सभापति चीनकाजी श्रेष्ठ पूर्व सभापति चेतमान श्रेष्ठ र सचीव किरणबाबु श्रेष्ठको सहभागिता रहेको थियो ।
यसैविच जिल्ला तहमै बसेर विवाद समाधान गर्ने उदेश्यले दुबै दलका जिल्ला नेतृत्व विच भोली साँझ सदरमुकाममा छलफल हुने भएको छ । साँझ ५ वजेपछि हुने छलफलमा विगतमा भएका घटनाबारे छलफल गरि आगामी दिनमा त्यस्ता घटना हुन नदिनेबारे साझा धारणा तय गरिने काँग्रेसका सचीव किरण बाबु श्रेष्ठले जानकारी दिनुभएको छ । प्रचण्डसँगको भेटपछि काठमाण्डौंको वनस्थलीमा भएको संयुक्त छलफलमा जिल्लामै बसेर समस्या समाधान गर्ने सहमति भएको उहाँले बताउनुभयो । दुबै छलफलमा माओवादीको धम्कीपछि काठमाण्डौ पुगेका भनिएका शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

अझै बजेट पाउन सकेनन्
२१ असार २०६७
आर्थिक वर्ष समाप्तिको केही दिन मात्र बाँकी रहदा पनि गोरखाको २२ वटा गाविसले गाउँ विकास समिति अनुदान अन्तर्गतको तेश्रो किस्ता बजेट पाउन सकेका छैनन् । तीन किस्ता गरी गाविसमा जाने रकममध्ये २२ गाविसले साँढे ३ देखि ४ लाख २५ हजार रुपियाँ बजेट जिविसले उपलब्ध गराउन नसकेको हो । सबै गाविसमा गरी जिल्लामा गाविस अनुदानको २ करोड रकम अपुग भएको जिविसले जनाएको छ ।
तेश्रो किस्ता बजेट पाउन नसक्ने गाविसमा फिनाम बुंकोट अश्राङ नाम्जुङ ताप्ले ताक्लुङ मकैसी घ्याल्चोक ताङ्लीचोक धुवाकोट च्याङ्ली छोप्राक रहेका छन् । त्यसैगरी ताकुमाझ लाकुरीबोट वारपाक पाँचखुवा देउराली धावा तान्द्राङ मान्वु आरुचनौटे आरुपोखरी उहिया र लाप्राक गाविसमा पनि तेश्रो किस्ताको बजेट जान नसकेको जिल्ला विकास समितिको लेखा शाखाले जनाएको छ ।
तेश्रो किस्ता बजेट गएको गाविसमा पनि कुल बजेटको २५ प्रतिशत रकम जान नसकेको शाखाले जनाएको छ । गाविसमा जाने रकम नेपाल सरकार र जापान सरकारको साझेदारीको रकम हो । जसमध्ये सबै गाविसले नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने रकमजति पाएको र जापान सरकारको रकम नआएको स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आर्थिक वर्षको अन्तिम दिनसम्म रकम आउने संभावना भएपनि तत्कालका लागि आउने नआउनेबारे केही भन्न नसकिने उहाँले बताउनुभयो । देशभरिका सबै जिल्लाका गाविसले तेश्रो किस्ता बजेट नपाउने समस्या देखिएको छ ।
अनुदानको रकम नपाउदा गाविसमा काम गर्न कठिनाइ भएको गाविस सचिवहरुले गुनासो गरेका छन् । तेश्रो किस्ताको रकम नआउदा योजना पुरा गरी रकम लिन आउने उपभोक्ता समितिलाई पुरा पैसा दिन नसकेको अश्राङ गाविसका सचिव लालप्रसाद भट्टराईले बताउनुभयो । कतिपय उपभोक्ता समितिलाई अन्य योजनाबाट पैसा कटाएर दिनुपरेको उहाँको भनाइ थियो ।
गाविसमा पहिलो दोश्रो र तेश्रो गरी तीन पटकमा अनुदानको रकम जाने गरेको छ । एक पटकमा करिब ५ लाख रुपियाँ गाविसमा जाने गरेको छ र सो रकम खर्च प्रगतिको आधारमा तेश्रो किस्ताको बजेट आउने भएकोले ढिला गरी प्रगति बुझाउने गाविसले तेश्रो किस्ता रकम पाउन नसकेका स्थानीय विकास अधिकारी श्रेष्ठले बताउनुभयो । समयमै खर्च प्रगति वुझाउने गाविसले तेश्रो किस्ता बजेट पाएका उहाँले स्पष्ट पार्नुभयो ।

एचआइभी पोजेटिभहरुले खाने औषधी अब गोरखा अस्पतालमा
२१ असार २०६७
एचआइभी पोजेटिभहरुले खाने औषधी अब गोरखा अस्पतालबाट लिन पाइने भएको छ । एचआइभी संक्रमितहरुको रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रयोग गरिने औषधी अब गोरखा अस्पतालमा नै पाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको पहलमा राष्ट्रिय एचआइभी तथा एड्स केन्द्रले गोरखामा एण्टी रेक्ट्रो भाइरल उपकेन्द्रको स्थापना गराएको हो । तीन वर्ष देखि जिल्ला अस्पतालमा एचआइभी पोजेटिभका लागि परामर्श केन्द्र साचालन भइराखेको र गोरखाका ५० भन्दा बढी पोजेटिभहरुले जिल्ला बाहिरबाट औषधी लिइरहेकाले गोरखामा उपकेन्द्रको स्थापना गराएको एचआइभी परामर्शदाता विरेन्द्र श्रेष्ठले बताउनुभयो ।
यसअघि काठमाडौ पोखरा लगायतका ठुला शहरका स्वास्थ्य संस्थामा मात्र पाइने यस्तो औषधी गोरखामा नै पाइने भएपछि जिल्लाबाहिर औषधी लिदै आएका गोरखाका एचआभी पोजेटिभहरुलाई सजिलो हुने भएको छ । सो केन्द्रको स्थापना पछि एचआइभी पोजेटिभहरुले जिल्ला अस्पतालमा नै निशुल्क रुपमा औषधी पाउने अस्पतालका डाक्टर विकास खत्रीले जानकारी दिनुभएको छ । तीन महिनासम्म काठमाडौ पोखरा लगायतका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी लिएकाहरुले मात्र गोरखाबाट औषधी लिन पाउने उहाँले स्पष्ट पार्नुभयो ।
हालसम्म गोरखा अस्पतालको परामर्श केन्द्रमा १ सय ७० जनाले एचआइभी पोजेटिभ संबन्धि परामर्श लिएका छन् भने १८ जना पोजेटिभ भेटिएका छन् ।

झोलुङ्गेपुल निर्माण
२१ असार २०६७
गोरखाको लाप्राक गाविसको चेर्बुखोलामा झोलुङ्गेपुल निर्माण भएको छ । पुल निर्माण भएपछि लाप्राकबाट गुम्दाको सिङ्ला उहियाको खोर्ला र मनासलु पदयात्राका लागि जाने पर्यटकका लागि सजिलो हुने स्थानीय राज गुरुङले जानकारी दिनुभएको छ । २०३५ सालमा गाउँलेले बनाएको काठेपुल जीर्ण भएपछि जिल्ला विकास समिति ग्रामीण पुर्वाधार विकास तथा जीविकोपार्जन सुधार कार्यक्रम गाविस र टीबीएसडीको गरी १८ लाख २२ हजार ४ सयको लागतमा ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
गएको मंसीर महिनादेखि निर्माण सुरु गरिएको सो पुलको निर्माण पुरा भएपछि आज स्थानीयको एक भेलाले पुल निर्माण कार्यको समीक्षा गरेको छ । पुल निर्माण समितिका अध्यक्ष मारसिङ गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीय पिरुवा कान्छा गुरुङ सुनबहादुर गुरुङ किसान गुरुङ डम्बर गुरुङ र यमकुमारी गुरुङले मन्तब्य राख्नुभएको थियो ।

प्रवेशिकामा गोरखाको नतिजा निराशाजनक
२० असार २०६७
यसवर्ष गोरखाको प्रवेशिका परीक्षाका नतिजा अघिल्ला वर्षहरुको तुलनामा निराशाजनक भएको छ । गत वर्ष कुल परीक्षार्थीको ८२।७६ प्रतिशत परीक्षार्थी उतीर्ण भएकोमा यसवर्ष करिब ६९ प्रतिशत मात्र उतीर्ण भएका छन् । यस वर्षको नतिजा गत वर्षको तुलनामा १४।०४ प्रतिशत कम हो । यसवर्ष देशकै नतिजा अघिल्लो वर्षभन्दा खस्केकाले जिल्लामा पनि कम प्र्रतिशत उतीर्ण भएका जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले जानकारी दिनुभएको छ ।
यो बर्ष नियमीत र एक्जामटेड गरी कुल चार हजार एक सय ६७ मध्ये विशिष्ठ श्रेणीमा एक सय आठ प्रथम श्रेणीमा एकहजार दुई सय ५४ द्वितीय श्रेणीमा एक हजार चार सय १३ र तृतीय श्रेणीमा २२ विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ ।
गत वर्ष ८२।७६ प्रतिशत विद्यार्थी उत्र्तीण भएका थिए भने १० वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उतीर्ण गराएका थिए । यसवर्ष भने ३ विद्यालयले मात्र शत प्रतिशत विद्यार्थी उतीर्ण गराएका छन् भने छोप्राकको चित्रेपोखरी माविका १० परीक्षार्थीमा सबै अनुतीर्ण भएका छन् । सदरमुकामको दि ओल्ड क्यापिटल उच्च मावि महालक्ष्मी उच्च मावि लक्ष्मीवजार र सेन्ट जोसेफ स्कुल एघारकिलोले सबै परीक्षार्थी उतीर्ण गराउन सफल भएको हो ।
गत वर्ष पश्चिमााचल विकास क्षेत्रमा नै उत्कृष्ट नतिजा ल्याएको बोर्लाङ्गको सरस्वती उच्च माविका भने यसवर्ष ८ जना परीक्षार्थी अनुतीर्ण भएका छन् । त्यसैगरी अश्राङको नवजागृति चण्डी उच्च माविका भने एक परीक्षार्थी अनुतीर्ण भएका छन् । लक्ष्मीवजारको महालक्ष्मी उच्च माध्यमिक विद्यालयका ८४ जना मध्ये १ जना विशिष्ट ६८ जना प्रथम र १५ जना द्धितीय श्रेणीमा उत्तीर्ण भएका छन् । गत वर्ष सत प्रतिशत नतिजा निकाल्ने धेरैजसो विद्यालयको नतिजा कमजोर देखिएको छ । यस्तै अमरज्योती जनता उच्च माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी तीनजना दृष्टिबिहिन विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

घ्याम्पेशालको घटनाबारे साचार माध्याममा सत्य तथ्य कुराहरु आउन नसकेको माओवादी भनाई
२० असार २०६७
एकिकृत नेकपा माओवादी गोरखाले असार ११ र १२ गते जिल्लाको घ्याम्पेशालमा भएका घटनाहरुबारे साचार माध्याममा सत्य तथ्य कुराहरु आउन नसकेको बताएको छ । दुल्लभ उच्च माविको विद्यालय ब्यवस्थापन समिति गठनमा भएको विवाद र त्यसपछिका घटनाक्रमबारे साचार माध्यामहरुले यथार्थ कुराहरु बाहिर ल्याउन नसकेको भन्दै माओवादीले आज सदरमुकाममा पत्रकार सम्मेलन गरी घटनाबारे आफ्नो कुरा राखेको हो । पाटि आन्तरिक बैठकमा रहेकाले पत्रकारहरुलाई समयमै घटनाबारे जानकारी गराउन नसकेको जिल्ला सेक्रेटरी चुडामणि खड्काले बताउनुभयो ।
घ्याम्पेशालमा कांग्रेस कार्यकर्ताहरुमाथि एकीकृत माओवादी कार्यकर्ताले कुटपीट गरेको घटना सार्वजानिक भएपनि माओवादी निकटका शिक्षक र ब्यापारीहरुमाथि कुटपीट भएको कुरा साचार माध्याममा आउन नसकेको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभयो । सो घटनामा माओवादी निकट शिक्षकहरु रामचन्द्र श्रेष्ठ र रामरशरण भट्टराई स्थानीय बासु श्रेष्ठ विकास वन्त रामकुमार श्रेष्ठ र साधुराम श्रेष्ठमाथि कांग्रेस कार्यकर्ताहरुले कुटपीट गरेको उहाँले बताउनुभयो ।
कांग्रेस कार्यकर्ताले घ्याम्पेशालमा रहेको माओवादीको क्षेत्र नंबर ३ को पाटि कार्यालय तोडफोड गरेको सहिद स्मारक प्रतिक्षालय तोडफोड गरेको असुरक्षाको अवस्थ्ाा सिर्जना गरेको र माओवादीको नेता कार्यकर्तालाई आक्रमणको निशाना बनाएको पत्रकार सम्मेलनमा क्षेत्र नंबर ३ का इन्चार्ज विष्णु भट्टले बताउनुभयो । उहाँले कांग्रेसका कार्यकर्ताहरु आफुहरुमाथि आक्रमण गर्न क्याम्पिङ गरेर बसेको आरोप लगाउनुभयो । सो कार्यक्रममा क्षेत्र नंबर ३ का सभासद् अमर तमुले कांग्रेसले सत्ता र सरकारको दुरुपयोग गरेर घटनाको दुष्प्रचार गरेको बताउनुभयो । कांग्रेसले सोही घटनालाई दलहरुको शीर्ष बैठकमा पनि उठाएर माओवादी विरुद्ध दबाब सिर्जनाको प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
घ्याम्पेशालको दुल्लभ उच्च माध्यमिक विद्यालयको ब्यवस्थापन समिति गठनका क्रममा भएको विवादसँगै काँग्रेस कार्यकर्ता कुटिएपछि आलोचित बनेको माओवादीले घटनाको वास्तविकता बारे जानकारी दिन भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरेको हो । पत्रकार सम्मेलनमा माओवादी प्रहरी र प्रशासनले पनि कांग्रेसको आक्रमणकारी कार्यकर्तालाई संरक्षण दिएर आफुहरुलाई अफ्ठेरो पारेको बताएको छ ।
उता मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी गोरखाको घ्याम्पेशाल घटनामा कांग्रेस कार्यकर्ता र शिक्षकहरुमाथि एकीकृत माओवादी कार्यकर्ताबाट भएको ब्यबहारको भर्तसना गरेको छ । सभापति पुरुषोत्तम दाहालद्धारा जारी विज्ञप्तिमा माओवादीका २ जना उपाध्यक्ष रहेको जिल्लामा स्थानीय कार्यकर्तामाझ असहमतहरुलाई तह लगाउन प्रतिस्पर्धाजस्तो देखिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा माओवादीलाई तत्काल आक्रमण रोक्न र आम नागरिकको जीउधनको रक्षा गर्न प्रशासनलाई चनाखो हुन आग्रह गरिएको छ । सो विज्ञप्तिमा तत्काल स्थानीय कार्यकर्तालाई अवान्छित कार्यमा नलाग्न र असहमतिको सम्मान गर्न केन्द्रिय रुपमा नै पहल गर्नका लागि माओवादी नेतृत्वलाइ समेत आग्रह गरिएको छ ।

घ्याल्चोकका बालबालीकाले बालक्लब गठन गरी पत्रिका प्रकाशन गर्ने
१९ असार २०६७
गाउँको खोजखबर संकलन गरेर प्रकासन गर्नका लागी गोरखा घ्याल्चोकका बालबालीका उत्साहीत भएका छन् । गाविसको वडा नं १ २ र ७ का विद्यालयमा पढने बालबालीकाहरु बालक्लब गठन गरी पत्रिका प्रकाशन गर्न तम्सीएका हुन् । उनीहरुले तेसे्र छापगाउँ र चैनपुरबाट नमुना भित्ते पाक्षीक र चुर्लीङका बालक्लबले प्रगति नामक भित्तेपत्रीका प्रकाशीत गरेका छन् । गाउँघरका खबर संकलन गरी प्रचार प्रसारका लागी पत्रिका प्रकाशन गरेको फुलबारी बालक्लबका अध्यक्ष तथा नमुना भित्ते पाक्षीककी सम्पादक दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रिकामा गाउँका महीला समुह बालक्लब युवा क्लब सामुदायीक बन गाउँमा साचांलीत एनजीओ का कि्रयाकलापगाउँको खेतीपाती र कृषी उत्पादन लगायतका खबर प्रकाशीत गरीने प्रगति बालसमुहका राजु गुरुङले बताउनुभयो । यसैबिच भित्तेपत्रिका प्रकाशनका लागी गाउँमै २ दिने भित्तेपत्रिका लेखन तालीम पनि सम्पन्न भएको छ । चेस गोरखाले हिजो र आज साचांलन गरेको तालीममा पत्रकार शिब अप्रीयले प्रशीक्षण दिनुभएको थियो । तालीममा स्थानीय सहारा बालक्लब फुलबारी बाल समुह बुद्धस्मृति बालसमुह र प्रगति बाल समुहका २८ जनाको सहभागीता रहेको थियो ।
यस्तै गाउँमा सस्कंतीको संरक्षण र पर्यटकको स्वागतका लागी लाप्राकका बालबालीका संगठीत भएका छन् । हिउचुली लाप्राक युवा समुहको संरक्षकत्वमा आज इन्दीरा गुरुङको अध्यक्षतामा ४२ सदस्यीय बालक्लब गठन गरीएको छ । जसको उपाध्यक्षमा अनील गुरुङ सचिवमा लिला गुरुङ कोषाध्यक्षमा सन्ध्या गुरुङ र सह सचिवमा निर गुरुङ रहनुभएको युवा समुहका अध्यक्ष राज गुरुङले जानकारी दिनुभएको छ । क्लबले अब गाउँको सरसफाई पर्यटकको स्वागत तथा सस्कृंति संरक्षण र बालबालीकाको नेतृत्व विकासका लागी गतिविधी साचांलन गर्ने पनि उहाँले बताउनुभएको छ ।

२४ घण्टा वित्दा पनि गोरखामा एस एल सी नतिजाको विस्तृत विवरण आएन
१९ असार २०६७
प्रवेशिका परीक्षाको नतीजा सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालय गोरखाले भने यससम्बन्धी विस्तृत विवरण अझै उपलब्ध गराउन सकेको छैन । जिल्लामा यो वर्ष ४ हजार १ शय ६७ जनाले प्रवेशिका परीक्षा दिएका थिए । तर कार्यालयले परीक्षा दिएका मध्ये कति प्रतिशत उत्तीर्ण भए भन्ने सामान्य जानकारी समेत उपलब्ध गराउन सकको छैन । कार्यालयका परीक्षा शाखा प्रमुख रेशम थापाले नतीजा सम्बन्धी विस्तृत विवरण संकलन गरेको कार्यालयका शाखा अधिकृत बाबुराम देवकोटाले बताउनुभयो । तर थापा दिनभर सम्पर्कविहिन भएकाले परीक्षामा जिल्लाको अवस्थाबारे थाहा पाउन नसकिएको जिल्लाका साचारकर्मीहरुले गुनासो गरेका छन् । थापाको मोबाइल दिनभर अफ भैदिनाले प्रवेशिकाको नतीजा सम्बन्धी विस्तृत विवरण थाहा पाउन नसकिएको उनीहरुले गुनासो गरेका छन् । तर सार्वजनिक बिदाको दिन परेकाले विवरण उपलब्ध गराउन समस्या भएको शाखा अधिकृत देवकाटाले बताउनुभयो ।
गत वर्ष पश्चिमााचल विकास क्षेत्रमै उत्कृष्ट नतीजा ल्याएको हुनाले पनि जिल्लामा यसपालीको प्रवेशिकाको नतीजाबारेको थप जानकारी लिन शिक्षक विद्यार्थी लगायत साचारकर्मीहरु हतारिएका हुन् । गतवर्षको प्रवेशिका परीक्षामा जिल्लाका ८१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यसपाली भने सो संख्या अझै बढेको अनुमान गरिएको छ ।

प्रवेशिकाको नतीजा प्रकाशन
१८ असार २०६७
विद्यार्थी जीवनको फलामे ढोका मानिने एसएलसी अर्थात् प्रवेशिका परीक्षाको नतीजा आज प्रकाशन भएको छ । परीक्षामा सहभागी मध्ये ६४।३१ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन । २०६६ सालको एसएलसी परिक्षामा ४ लाख ५६ हजार ४१९ जना परिक्षार्थी सहभागि छन् । परिक्षाफल मोबाइल एसएमएस इन्टरनेट लगायतबाट थाहा पाउन सकिने जनाइएको छ ।
यसैविच रेडियो गोरखाले पनि एसएलसीको नतिजाबारे जानकारी दिनेभएको छ । अघिल्ला वर्षहरुझैं यसपाली पनि रेडियोमा टेलिफोन गरेर नतीजा थाहा पाउन सकिने ब्यवस्था गर्न लागिएको हो । नतिजा इन्टरनेटबाट सार्वजनिक भएलगत्तै रेडियो गोरखाको टेलिफोन नम्बर ०६४४२१३३३ मा सम्पर्क गरि आफ्नो नतिजा थाहा पाउन सकिने ब्यवस्था गरिएको रेडियोका स्टेशन मेनेजर किशोरजङ्ग थापाले जानकारी दिनुभएको छ ।

Subscribe to:
Posts (Atom)