११ बैशाख २०६७
लोकतन्त्र दिवशको अवसरमा गोरखाका नागरिकहरुले यो दिवश मनाउदा निराशाहरु बढ्दै जान थालेको बताएका छन । नागरिकले विश्वास गरेका राजनीतिक दलहरुकै कारण निराशा उत्पन्न भएको भन्दै उनीहरुले चिन्ता गरेका थिए । लोकतन्त्र दिवश मुल आयोजक समिति ग्रामीण सुदृढिकरण केन्द्र र हिमाली क्षेत्र विकास केन्द्रको आयोजनामा साचालित प्रवचन कार्यक्रममा जिल्ला न्यायधिश प्रभा वस्नेतले लोकतन्त्र प्राप्तीक लागि नागरिकले धेरै जीउधन खर्च गर्नुपरेको भन्दै राजनीतिक दलको पछिल्लो गतिविधिले नागरिक निराश भएको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य स्थानेश्वर दुवाडीले लोकतन्त्रको उपलब्धी संस्थागत हुन नसक्दा नागरिकको अधिकार खोसिने चिन्ता बढेको बताउनुभयो । ग्रामीण सुदृढिकरण केन्द्रका अध्यक्ष भीमलाल श्रेष्ठले हरेक वर्ष लोकतन्त्र दिवश मनाउदै जाँदा उत्साह घट्दै जान थालेको बताउनुभयो ।
मुल समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष सुकदेव दवाडी प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष यदु अधिकारी लगायतले मन्तबय राख्नुभएको थियो ।
उता लोकतन्त्र दिवशको अवसरमा तनहुँ सरदमुकाम दमौलीमा लोपोन्मुख जाती कुसुण्डा राजामामा र उहाँकी छोरीलाइ सम्मान गरिएको छ । कुसुन्डा जातीको भाषाको राम्रो ज्ञान भएको राजामामालाई कदरपत्र प्रदान गरिएको छ भने उहाँकी छोरीलाई नगद ३ हजार् प्रदान गरिएको छ । जिल्ला विकास समितिका योजना अधिकृत सुर्यवधना पण्डितले नगद र सम्मान प्रदान गर्नुभएको हो । सम्मान पाउँदा राजामामा खुसी हुदै आफुलाइ एक स्थायी जागीरको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो ।
Saturday, April 24, 2010
सभासदहरुलाई खबरदारी गर्नुपर्ने
११ बैशाख २०६७
तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष तथा एकिकृत माओवादीका तर्फबाट संविधान सभा सदस्य विनोद गुरुङले तमुवान राज्यको प्रमुख र उपप्रमुख तमुहरु नै हुनुपर्ने बताउनुभएको छ । तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद गोरखाले आयोजना गरेको नयाँ बन्ने संविधानमा तमुवान राज्य र तमुजातीको अग्राधिकार विषयक कार्यक्रममा उहाँले जेठ १४ गते भित्र संविधान बनाउन जनताले सभासदहरुलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज कृष्ण धितालले नागरिकको चाहना अनुसार शान्ति र नयाँ संविधान निर्माणका लागि सबै नागरिकहरु आन्दोलित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका सचिव विष्णु राना मगर नेपाल तामाङ घेदुङका सचिव श्याम तामाङ नेपाल मगर विद्यार्थी संघका श्याम थापामगर तमु ह्युल छोंज धि नगर अध्यक्ष राम बहादुर तमु तमु राष्ट्रिय मुक्ति मोर्चाका कृष्ण तमु लगायतले मन्त्ाव्य राख्नुभएको थियो । कार्यक्रम परिषदका गोरखा जिल्ला अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

Friday, April 23, 2010
गोरखामा लोकतन्त्र दिवश
११ बैशाख २०६७
आज चौथो लोकतन्त्र दिवश गोरखामा पनि बिभिन्न कार्यक्रम गरी मनाइदैछ । ४ वर्षअघि आजकै दिन दोश्रो जनआन्दोलन सफल भएकोले यो दिनलाई लोकतन्त्र प्राप्तीको दिनको रुपमा मनाइदै आएको छ । लोकतन्त्र दिवशको अवसरमा मुल समारोह समिति गोरखा र बिभिन्न संघ संस्थाले सदरमुकाममा प्रभातफेरी प्रवचन र दिपावलीको कार्यक्रम रहेको छ ।
आज विहान सात वजे पेट्रोलपम्प बाट मानव अधिकार तथा शान्ति समाजको आयोजनामा प्रभातफेरी प्रभातफेरी पछि हिमाली क्षेत्र विकास केन्द्र ग्रामीण सुदृढिकरण केन्द्र र मुल समारोह समितिको आयोजनामा जिल्ला विकास समितिको सभाहलमा प्रवचन कार्यक्रम रहेको मुल समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
लोकतन्त्र दिवशकै अवसरमा अपाङ्ग सेवा संघले १२ जना अपाङ्गहरुलाई ह्वीलचियर प्रदान गर्ने जनाएको छ । आजै साँझ ६ वजे लोकतान्त्रिक चोकमा उद्योग वाणिज्य संघले दिपावली गर्ने भएको छ । मुल समारोह समितिले लोकतन्त्र दिवशको अवसरमा हुने प्रभातफेरी लगायतका कार्यक्रममा सहभागी हुन र साँझ सबै घर र कार्यालयमा दिपावली गर्न आग्रह गरेको छ ।

साँझ देखि रेडियो गोरखाले साझा खबर प्रशारण गर्ने
११ बैशाख २०६७
आज साँझ देखि रेडियो गोरखाले सामुदायिक सूचना नेटवर्कको साझा खबर प्रशारण गर्ने भएको छ । सामुदायिक रेडियो प्रशारक संघद्धारा साचालित सामुदायिक सूचना नेटवर्कको समाचारमुलक कार्यक्रम आजदेखि हरेक साँझ साँढे सातवजे प्रशारण गर्ने स्टेशन मेनेजर किशोरजंग थापाले जानकारी दिनुभएको छ ।
साँझा खबर प्रशारण संगै हरेक साँझ प्रशारण हुदै आएको नेपाल दपर्ण आजदेखि प्रशारण नगरिने रेडियोले जनाएको छ ।

शीर्ष तीन दलको नेतृत्वका कारण समययमा संविधान नबन्ने अवस्था आएको आरोप
१० बैशाख २०६७
शीर्ष तीन दलको नेतृत्वका कारण समययमा संविधान नबन्ने अवस्था आएको आज गोरखामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । गोरखा जेसिज गोरखाले ूम निश्चित समयमा संविधान बनाउन पहल गर्नेछुू विषयक प्रतिवद्धता तथा अन्तरकि्रर्या कार्यक्रममा बोल्ने बक्ताहरुले तीन दलका शिर्ष नेताले संविधानसभालाई वेकम्मा बनाएको आरोप लगाएका हुन् ।
एकिकृत माओवादीका जिल्ला सदस्य गोवर्धन श्रेष्ठले आफ्नो पाटि संविधान बनाउन गम्भीर हुदाहुदै अन्य दलहरु सहमतिका लागि तयार नभएकाले अहिलेको अवस्था आएको बताउनुभयो । नेपाली कांग्रेसका जिल्ला सदस्य राजनराज पन्तले माओवादीले संविधान बनाउन नचाहेकोले अहिलेको अवस्थ्ाा आएको माओवादी सुध्रेर आएमा मात्र संविधान बन्नसक्ने बताउनुभयो । नेकपा एमालेका जिल्ला सचिव सम्झना देवकोटाले सरकार संविधान बनाउन बाधक भएको प्रमाणित गरेमा एमाले सरकार छाड्न तयार रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले संविधान निर्माणको काम सभासद्को हातमा नभइ तीन दलको शीर्ष नेताको हातमा पुगेकाले संविधान नबन्ने अवस्था आएको बताउनुभयो ।
जेसिजका अध्यक्ष विष्णु रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष राजेन्द्र अर्याल निवर्तमान अध्यक्ष भगवानबाबु मास्के शाखा सम्पादक विजयभक्त उपाध्याय लगायतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा जेसिजले निश्चित समयममा संविधान नबनेमा तपाइ सभासद्लाई के गर्नुहुन्छ भन्न प्रश्नको जवाफ संकलन गरेको थियो ।

हावाहुरी र असिनाले गोरखाको कृषि क्षेत्रमा ५ करोड ३९ लाख रुपियाँको क्षति
१० बैशाख २०६७
यसवर्षको हावाहुरी र असिनाले गोरखाको कृषि क्षेत्रमा ५ करोड ३९ लाख रुपियाँको क्षति पुर् याएको छ । जिल्ला कृषि विकास कार्यालय गोरखाले जिल्लाभरका ७ सेवा केन्द्रंबाट संकलन गरेको क्षतिको विवरण अनुसार सुन्तला तरकारी आँप लिच्ची केरा र मकैखेतीमा गरी सो मात्राको क्षति भएको जनाएको छ । बैशाख ५ गतेदेखि ९ गतेसम्मको हावाहुरी र असिनाले तरकारी खेतीमा सबैभन्दा बढी ३ करोड रुपियाँको क्षति पुर् याएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वुद्धिबहादुर थापाले बताउनुभयो ।
असिनाले जिल्लाको घ्याल्चोक गोरखा नगरपालिका ताक्लुङ देउराली लगायतका गाविसका काक्रो लौका घिरौला गोलभेडा लगायतको तरकारी खेती नष्ट पारेको उहाँले बताउनुभयो ।
असिना र हावाहुरीले सुन्तलाको कुल उत्पादनको २५ प्रतिशत नोक्शान गरेको कार्यालयले जनाएको छ । जिल्लाको मनकामना ताक्लुङ मिरकोट हर्मी बक्राङ घैरुङ गाविसका किसानहरुले सुन्तला खेतीबाट १ करोड ५० लाखको नोक्शानी बेहोरेका कृषि कार्यालयले स्पष्ट पारेको छ । त्यसैगरी आँप खेतीमा २५ लाख केरामा ३० लाख मकैमा २५ लाख र लिच्चीमा ९ लाखको क्षति भएको तथ्याङ्क कृषि कार्यालयले निकालेको छ । असिनाबाट जिल्लाको बोर्लाङ्ग मनकामना आँपपीपल धुवाँकोट च्याङ्ली हर्मी खोप्लाङका किसानहरुले पनि क्षति बेहोर्नुपरेको छ ।
असिनाका कारण जिल्लाका कुल २० हजार किसान परिवारले क्षति बेहोरेको कार्यालयले जनाएको छ । जिल्लाको कुल ६ कृषि सेवा केन्द्र र ७ उपकेन्द्रमध्ये सबैले तथ्याङ्क नपठाएकोले क्षति लागत अझै बढ्ने अनुमान रहेको कार्यालय प्रमुख थापाले बताउनुभयो ।

सभासद् सहभागी हुने सबै कार्यक्रम बहिस्कार गर्ने
१० बैशाख २०६७
नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले संविधान जारी हुने मिति जेठ १४ अघि सभासद् सहभागी हुने सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गर्नुभएको छ । १४ जेठसम्म सभासद्हरु संविधान निर्माण बाहेक अन्य कार्यक्रममा सहभागी हुन नहुने भन्दै उहाँले सभासद् आउने कार्यक्रम ब्याक्तिगत रुपमा बहिस्कारको घोषणा गर्नुभएको हो ।
गोरखा जेसिज गोरखाले आयोजना गरेको ूम निश्चित समयमा संविधान बनाउन पहल गर्नेछुू विषयक कार्यक्रममा बोल्दै उहाँले संविधान जारी हुन ३५ दिनमात्र बाँकी रहेकोले सभासद्हरुलाई बरालिएर अन्य कार्यक्रममा सहभागी नहुन आग्रह गर्नुभयो । उहाँले १४ जेठमा सभासद्ले आफ्नो जिम्मेवारी पुरा गरेपछि मात्र उनीहरु सहभागी कार्यक्रममा भाग लिने बताउनुभयो ।

Thursday, April 22, 2010
गोरखा सदरमुकाममा खानेपानीको चरम संकट
९ बैशाख २०६७
गोरखा सदरमुकाममा खानेपानीको चरम संकट देखापरेको छ । सदरमुकामका परम्परागत पानीको श्रोतहरु सुक्दै गएको र खानेपानी आयोजनाहरुबाट पनि माग अनुसार पानी आपुर्ति हुन नसक्दा खानेपानीको संकट भएको हो । सदरमुकामको बराह हरमटारी वसपार्क पाटेचौर ठुलोआँगन धारापानी रोहटेपानी लगायतका क्षेत्रमा माग अनुसार पानी उपलब्ध हुन नसक्दा उपभोक्ताहरु हैरान भएका छन् ।
परम्परागत ढुङ्गेधाराहरु वोसेपानी बराहधारा पदेली तिनधारा रोहटेपानीधारा आदिमा पानी दोब्बर सानो हुदा घण्टौ लाइन बसेर पानी भर्नुपर्ने उपभोक्ताहरुले गुनासो गरेका छन् । सदरमुकाममा खानेपानीको आपुर्ति गर्दै आएको पृथ्वीनारायण साना शहरी खानेपानी आयोजना र कर्णेखोला आयोजनाले माग अनुसार पानी आपुर्ति गर्न नसकेपछि त्यसको चापसमेत ढुङ्गेधाराहरुमा परेको छ ।
वर्षायाममा दैनिक ६ लाख लिटर खानेपानी आपुर्ति गर्ने साना सहरी खानेपानी आयोजनाले सुख्खायामका कारण दैनिक करिब २ लाख लिटर आपुर्ति गर्दै आएको छ । दैनिक उपभोक्ताको घरमा पानी आपुर्ति गर्ने आयोजनाले आजभोली २ दिन विराएर पानी छाड्दै आएको छ । मुहानमा पानी घटेकाले हिउँदभरि उपभोक्ताले चाहेजति पानी दिन नसक्ने आयोजनाले जनाएको छ ।
आयोजनाले मुहानको पानी विद्युत भोल्टेजका कारण दिउँसोमा तान्न नसकेकाले थोरैमात्र आपुर्ति गर्नुपरेको स्पष्ट पारेको छ । सदरमुकामको बराह हरमटारी वसपार्क ठुलोआँगन पाटेचौर नयाँबजार लगायतको क्षेत्रमा पानी वितरण गर्दै आएको आयोजनाले मुहानबाट सदरमुकामसम्म पानी ल्याउन ३३ केभीए क्षमताको विद्युत मोटर चलाउदै आएको छ ।
विहान र दिउँसोमा विद्युत भोल्टेज नपुग्ने हुनाले मुहानको पानी सदरमुकाम ल्याउन राती मात्र मोटर चलाउदै आएको आयोजनाले जनाएको छ । विद्युत प्राधिकरणले दिउँसोमा भोल्टेज पुग्ने ब्यवस्था मिलाएमा उपभोक्ताले चाहेअनुसार आपुर्ति गर्ने अध्यक्ष बद्री बहादुर मास्केले बताउनुभयो ।
मुहानमा पर्याप्त पानी हुदा पनि मोटर चलाउन नसक्दा दिनभरिको पानी खेर गइरहेको भन्दै आयोजनाले खेर गएको पानी संकलन गरी सदरमुकाम ल्याउने ब्यवस्था मिलाउन सके खानेपानी अभाव नहुने बताएको छ ।
उता विद्युत प्राधिकरणले गोरखा शाखाले भने आँबुखैरेनीस्थित ३३ केभीए क्षमताको सब स्टेशनबाट जिल्लाभरि विद्युत वितरण गर्नुपर्ने भएकाले भोल्टेज समस्या देखिएको जनाएको छ । एउटै सब स्टेशनबाट धेरैतिर वितरण गर्नुपर्ने भएकाले तत्काल भोल्टेज समस्या समाधान गर्न नसकिने कार्यालय प्रमुख दिपेश खनालले बताउनुभयो ।
गोरखा सदरमुकाममा नै निर्माण भएको सब स्टेशन साचालनमा आएपछि मात्र भोल्टेज समस्या समाधान हुने उहाँले स्पष्ट पार्नुभयो । प्राधिकरणले सदरमुकामको सब स्टेशन कहिलेदेखि साचालनमा आउने भन्नेबारे स्पष्ट पारेको छैन । उता नगरपालिकाको वडा नंबर १ २ र ४ मा खानेपानी वितरण गर्दै आएको कर्णेखोला खानेपानी आयोजनाले पनि मुहानमा पानी नभएकाले एक दिन विराएर पानी आपुर्ति गर्न थालेको छ ।
मुहानमा पानी सानो भएकाले सुख्खायामममा पहिलेजस्तो दिनदिनै पानी आपुर्ति गर्न नसकिने कर्णेखोला खानेपानी आयोजनाका कार्यालय सचिव गणेश आचार्यले जानकारी दिनुभयो । आयोजनाको उपभोक्ताहरुबाट दैनिक १ लाख लिटर पानी माग भएको र ६० हजार लिटर मात्र आपुर्ति गर्न सकेको उहाँले स्पष्ट पार्नुभयो । हिउँदयाममा ग्राहकहरुबाट पानीको धेरै माग हुने तर आपुर्ति कम हुदा उपभोक्ताहरुले दैनिक घरेलु प्रयोगमा समेत समस्या भोग्नुपरेको छ । खानेपानी आयोजनाले घरघरमा दिदै आएको पानी दिनदिनै आउन छाडेपछि उपभोक्ताहरु परम्परागत श्रोतमा भर पर्नुपरेको छ । जसले गर्दा ढुङ्गेधाराहरुमा रातको समयमा पनि भीड बढेको छ ।

कोशेली घर निर्माणका लागि तयारी सुरु
८ बैशाख २०६७
गोरखामा यस आर्थिक वर्षभित्र कोशेली घर निर्माणका लागि तयारी सुरु भएको छ । जिल्ला विकास समिति घरेलु तथा साना उद्योग विकास समिति गोरखा उद्योग वाणिज्य संघ र गोरखा नगरपालिकाको सकि्रयतामा जिल्लाको ठुलो आँगन क्षेत्रमा कोशेलीघर स्थापना गर्ने निर्णय भएको घरेलु विकास समिति गोरखाका प्रमुख गोकर्णराज जोशीले जानकारी दिनुभएको छ ।
कोशेलीघर स्थापनाका लागि घरेलु विकास समिति उद्योग वाणिज्य संघ जिविस र नगरपालिकाले १÷१ लाख रुपियाँ उपलब्ध गराउने समेत निर्णय भएको छ । जिल्लामा उत्पादित घरेलु तथा साना उद्योगवाट उत्पादित सामाग्रीहरुको बिक्री र वजार सुनिश्चितताका लागि कोशेलीघर स्थापना गर्न लागिएको घरेलु विकास समितिले जनाएको छ ।
गोरखा आउने पर्यटकहरुलाई जिल्लाको चिनोको रुपमा घरेलु सामाग्री उपलब्ध गराई पर्यटन प्रवद्र्धन गर्न समेत कोशेलीघर उपयोगी हुने उद्योग वाणिज्य संघ गोरखाका प्रथम उपाध्यक्ष भगतवावु जोशीले बताउनुभयो ।
कोशेलीघर स्थापनाको लागि साचालकको खोजी भइरहेको उहाँले बताउनुभयो । उद्योग प्रवद्र्धन जिल्ला समन्वय समितिले केही दिनमा वोलपत्र आह्वान गरी कोशेलीघरको साचालक छनोट गर्ने जोशीले स्पष्ट पार्नुभयो । साचालक छनोट भएपछि सदरमुकामको ठुलोआँगन क्षेत्रमा कोशेलीघर साचालनमा आउने घरेलु कार्यालयले जनाएको छ ।

आज गोरखा जिल्लाका सम्पूर्ण उच्च मावि र क्याम्पस वन्द
८ बैशाख २०६७
अखिल क्रान्तिकारी गोरखाले आज गोरखा जिल्लाका सम्पूर्ण उच्च मावि र क्याम्पस वन्द गराएको अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष कुमार तिवारीले वताउनुभयो ।
यही वैशाख ४ गते पोखराको पिएन क्याम्पस ईकाइ अध्यक्ष दिनेश पौडेल लगाएतलाई प्रहरी प्रशासनले गिरस्तार गरेको र हाल दिनेश पौडेललाई प्रहरी प्रसाशनले ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा दायर गर्न खोजेको कारण केन्द्रिय कार्यक्रम अनुसार गोरखाको सवै उच्च मावि तथा क्याम्पस वन्द गराएको तिवारीले वताउनुभयो ।
गोरखाका गोरखा क्याम्पस द्रव्यशाह क्याम्पस दुल्लभ क्याम्पस परोपकार आर्दश क्याम्पस भवानी क्याम्पस र गोरखाका शक्ति उच्च मवि महेन्द्रज्योति उच्च मावि लगाएत सम्पूर्ण उच्च मावि पूर्ण रुपमा वन्द भएको पढनपाढन वन्द भएको वताईएको छ ।
प्रशासनले आफ्नो आन्दोलनलाई वेवास्ता गर्दै दिनश पौडेललाई विना सर्त नछाडेसम्म केन्द्रको सवै कार्यक्रममा सहभागी भईरहने अखिल क्रान्तिकारी जिल्ला सचिवाल सदस्य रमेश कट्टेलले वताउनुभयो ।

गोरखामा दिब्यगुरु महोत्सव
८ बैशाख २०६७
सिद्धाश्रम शक्ति केन्द्र गोरखाले हिजो गोरखामा दिब्यगुरु महोत्सव मनाएको छ । हरेक अंग्रेजी महिनाको २१ तारिखमा मनाइने यो महोत्सव गुरु गोरखनाथको प्रचार प्रसारका साथै पुजा गरेर मनाइने सिद्धाश्रम शक्ति केन्द्रका साधक भाइचन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।
आज आयोजित महोत्सवमा गुरु गोरखनाथ र निखिलेश्वरको पुजा हवन र टोल छिमेकीहरुलाई भोजन गराई मनाएको केन्द्रले जनाएको छ । सो कार्यक्रममा जिल्ला न्यायधिश प्रभा वस्नेत भैरवी दलका गणपति राजाराम केसी विष्णु पौडेल लगायतले प्रवचन दिनुभएको थियो ।

एकिकृत माओवादीको घरदैलो अभियान
८ बैशाख २०६७
शान्ति र संविधानका लागि एकिकृत माओवादीले सुरु गरेको घरदैलो अभियान अन्तर्गत हिजो गोरखाको ताप्ले गाविसको आहालेभाज्याङमा भेला गरेको छ । कार्यक्रममा ताप्ले गाविस इन्चार्ज डिलबहादुर सेन्चुरी सेक्रेटरी गोविन्द भट्टराई इलाका सदस्य यदुविलाश भट्टराई लगायतले मन्तब्य राख्नुभएको थियो । एकिकृत माओवादी गाइखुर गाविसका भेलाले गोविन्द वराकोटी सचिव रहनेगरी १७ सदस्यीय गाउँ समिति गठन गरेको छ । भेलाले राजकुमार थापा अध्यक्ष रहनेगरी १७ सदस्यीय संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गरेको छ । भेलालाई माओवादी क्षेत्र नंबर २ का सहइन्चार्ज गुणराज देवकोटाले संबोधन गर्नुभएको थियो ।

Subscribe to:
Posts (Atom)