Thursday, July 15, 2010

विद्यार्थी विदाई

३१ असार २०६७
गोरखाको बोर्लाङ्ग गाविसको सरस्वती उच्च माविले प्रवेशिका परीक्षा २०६६ मा उतीर्ण हुने विद्यार्थीलाई विदाई गरेको छ । विद्यालयले प्रवेशिका परीक्षामा सहभागी ८३ मध्ये उतीर्ण भएका ७५ जनालाई आज एक कार्यक्रम गरी विदाइ गरेको हो । सो विद्यालयबाट यसवर्ष विशिष्ट श्रेणीमा ३ जना पहिलो श्रेणीमा ६४ जना र दोश्रो श्रेणीमा ८ जना उतीर्ण भएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक चित्रकुमार श्रेष्ठ शिक्षक मुकुन्दप्रसाद भट्टराई शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धि श्रेष्ठ विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अम्बरबहादुर थापा छिमेकी विद्यालयका प्रधानाध्यापकहरु हरिदत्त खनाल र झंकनाथ िशंखडा द्रब्यशाह क्याम्पसका स्ववियु सभापति रोहित पाण्डे अभिभावकहरु यमभक्त श्रेष्ठ र हरिप्रसाद वाग्ले प्रवेशिका उतीर्ण गर्ने विद्यार्थीहरु विवेक श्रेष्ठ विष्णु ढकाल इराधा श्रेष्ठ साधुराम सुर्खेती लगायतले मन्तब्य रख्नुभएको थियो ।
विद्यालयले विशिष्ट श्रेणाीमा उतीर्ण हुने विवेक श्रेष्ठ विष्णु ढकाल र दिपक पाण्डेलाई नगद १ हजार रुपिया पुरस्कार प्रदान गरेको छ ।
त्यस्तै
अश्राङको नवजागृति चण्डी उच्च माविले पनि प्रवेशिका परीक्षा उतीर्ण विद्यार्थीलाई आज प्रमाणपत्र प्रदान गरी विदाइ गरेको छ । विद्यालयबाट प्रवेशिका परीक्षा २०६६ मा विशिष्ट श्रेणीमा उतीर्ण हुने ९ जना प्रथम श्रेणीका ६७ जना र द्धितीय श्रेणीका ७ जनालाई आज विदाइ गरेको शिक्षक रामप्रसाद अर्यालले जानकारी दिनुभएको छ ।
विद्यालयले सर्वोत्कृष्ट अंक हासिल गर्ने नविन खड्का र स्मृति परियारलाई एलान छात्रवृत्ति र सुमन राना र कोपिला थापामगरलाई क्याप्टेन भक्तबहादुर थापामगर स्मृति पुरस्कार प्रदान गरेको छ । एलान छात्रवृत्ति पाउनेले जनही ५ हजार २ सय ५० रुपियाँ र भक्तबहादुर स्मृति पुरस्कार पाउनेले ३ हजार ४ सय रुपियाँ पुरस्कार पाएका छन् । त्यसैगरी विशिष्ट श्रेणीमा उतीर्ण सबैजनालाई विद्यालयले ५ सय रुपियाँ प्रोत्साहनस्वरुप उपलब्ध गराएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कालिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक श्यामप्रसाद पाण्डे प्राचार्य चन्द्रप्रसाद श्रेष्ठ छिमेकी विद्यालयका प्रधानाध्यापक खडानन्द भट्ट विद्यार्थीहरु नविन खड्का स्मृति परियार विजय श्रेष्ठ र सूचना पाण्डेले मन्तब्य राख्नुभएको थियो ।
त्यसैगरी गोरखा नगरपालिका लक्ष्मीबजारको महालक्ष्मी उच्च माविले पनि आज एक कार्यक्रम गरी २०६६ सालमा प्रवेशीका परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर रानाको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी योगराज भट्टराइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट छात्रछात्रालाई विभिन्न छात्रवृत्ती पनि वितरण गरिएको शिक्षक श्यामभक्त कट्टेलले बताउनुभएको छ । कार्यक्रममा विद्यालयका प्राचार्य लालप्रसाद श्रेष्ठले विद्यालयको सफलता प्रति सम्पुर्ण शिक्षक विद्याथार्ी र अभिभावकको योगदान रहेको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Tuesday, July 13, 2010

१ सय ९७ औ भानुनयन्ती गोरखमा

२९ असार २०६७
१ सय ९७ औ भानुनयन्ती गोरखमा पनि भब्यताका साथ मनाइएको छ । साहित्य संगम गोरखाले भानु जयन्तीको अवसरमा कविता प्रतियोगित तथा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाएको हो । सो कार्यक्रममा ३० भन्दा बढी श्रष्टाहरुले आदिकवि भानुभक्त आचार्यको जीवनी तथा समसामयिक विषयमा कविता तथा गजल वाचन गर्नुभएको थियो ।
सो प्रतियोगितामा खोप्लाङ्गका भाइकृष्ण सुनार पहिलो आरुपोखरीका रामप्रसाद खनाल दोश्रो तथा खोप्लाङ्गका रमेश विष्ट तेश्रो हुनुभएको छ । उहाँहरुले क्रमश १५ सय १ हजार र ५ सय रुपियाँ पुरस्कार जित्नुभएको छ । प्रतियोगितामा २० भन्दा बढी श्रष्टाहरुले भाग लिनुभएको थियो ।
कार्यक्रममा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी कवि तथा कथाकार राजनविक्रम थापा गीता रेग्मी गोरखाली श्रष्टाहरु नेत्रमणि आचार्य जयराम श्रेष्ठ ऋषि खनाल इन्द्रकुमारी देवकोटा निलकण्ठ पौडेल शिव अपि्रय सुरेन्द्र देवकोटा नारायण अधिकारी विश्वनाथ चापागाई लगायतले पनि आफ्नो सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
भानु जयन्तीको अवसर पारेर साहित्य संगमले साहित्यकार तथा कवि पुष्पराज देवकोटालाई दोसल्ला ओढाइ सम्मान गरेको छ । मनकामना-६ बनौती घर भएका कविले सुक्ष्म वेदान्त दर्शन कालुजैशीको भुत साधना संक्षिप्त पद्य रामायण लगायतका साहित्यिक सिर्जना मार्फत गोरखाली साहित्य क्षेत्रमा योगदान पुर् याएकोले सम्मान गरेको साहित्य संगमका अध्यक्ष अनन्त मुस्कानले बताउनुभयो ।

गोरखा जिल्ला अस्पतालले प्रदान गर्ने सेवामा सुधार र विस्तार

२९ असार २०६७
गोरखा जिल्ला अस्पतालले प्रदान गर्ने सेवामा गत वर्षभन्दा सुधार र विस्तार भएको छ । अस्पतालले अस्पताल हातामा आज सार्वजानिक सुनुवाइ कार्यक्रमको आयोजना गरी अघिल्ला वर्षहरुमा भन्दा सेवा प्रवाहमा सुधार आएको र थप सेवा दिन सुरु गरेको जानकारी गराएको हो ।
आकस्मिक कक्षबाट गतवर्ष ४ हजार २ सय २४ जनाले सेवा लिएकोमा यसवर्ष ८ हजार ५ सय ६० जनाले सेवा लिएको बहिरङ्ग सेवाबाट अघिल्लो वर्ष २२ हजार २७ जनाले सेवा लिएकोमा यसवर्ष ३१ हजार ६०० जनाले सेवा लिएको अस्पालका तथ्याङ्क शाखाका मोती विश्वकर्माले जानकारी गराउनुभयो । अस्पतालबाट गत वर्ष ३ सय ७४ जनाले सुत्केरी सेवा लिएकोमा यसवर्ष ६ सय ३५ जनाले सेवा लिएका छन् । यसवर्षदेखि सुत्केरी महिलाको सल्यकि्रर्या सरु भएको र २३ जनाको सल्यकि्रर्या गरिएको अस्पतालले जनाएको छ ।
गत वर्ष २ जनाबाट शल्यकि्रर्या सुरु गरेको अस्पतालले यसवर्ष २ सय ६१ जनाको सल्यकि्रर्या गरेको छ । अस्पतालमा गत वर्ष १ सय ३ जनाले भिडियो एक्सरे सेवा लिएकोमा यसवर्ष ११ सय ७ जनाले लिएका छन् । साधारण एक्सरेमा पनि गत वर्ष ३ हजार ४ सय १ जनाले सेवा लिएकोमा यसवर्ष ४ हजार ५ सय ३२ जनाले सेवा लिएका छन् ।
अस्पतालले पहिलोपटक गरेको सार्वजानिक सुनुवाइमा रिफर गरेको संख्या पनि घटेको जानकारी गराएको छ । गत वर्ष ३ सय ७८ जना विरामी ठुला शहरका बिभिन्न अस्पतालमा रिफर गरेको भएपनि यसवर्ष जम्मा ७८ जनालाई मात्र रिफर गरेको छ । धेरैजसो रोगको उपचार जिल्ला अस्पतालमा नै हुने भएकोले अत्यन्तै जटिल खालका शल्यकि्रया गर्नुपर्ने विरामीलाई मात्र रिफर गरिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर गुणराज लोहनीले बताउनुभयो ।
सो कार्यक्रममा उपस्स्थित सर्वसाधारणले अस्पतालले प्रदान गर्ने सेवा स्तरिय हुदै गएपनि गोरखा अस्पतालमा साधन श्रोतको कमी भएकाले त्यसलाई पुरा गर्न र अझै राम्रो सेवा दिन अस्पताल ब्यवस्थापन सकि्रय हुनुपर्ने बताएका थिए । जिल्ला स्वास्थ्य प्रमुख लोहनीले अस्पतालको कमजोरी थाहा पाउन र सेवालाई गुणस्तरिय बनाउन सार्वजानिक सुनुवाइ गरेको बताउनुभयो । सार्वजानिक सुनुवाइ कार्यक्रममा अस्पतालले प्रदान गर्ने सेवा र आगामी कार्यक्रमहरुबारे पनि जानकारी गराएको थियो । सो अवसरमा अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा रक्तसाचार सेवा र एचआइभी पोजेटिभको रोग प्रतिरोधात्मक शक्ति बढाउने औषधी वितरण सेवाको बारेमा पनि जानकारी गराइएको थियो ।

वन उपभोक्ता समूहको अवस्थाबारे अध्ययन

२८ असार २०६७
गोरखाको ६ वटा सामुदायिक वन उपभोक्ता समूहको अवस्थाबारे अध्ययन गरेका क्यानाडा र नेपालका बिभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो अध्ययन कार्य सिध्याएर सदरमुकाम फर्केका छन् । वन तथा वातावरण विषय लिइ अध्ययन गर्ने क्यानाडाका १३ र नेपालका १४ जना विद्यार्थीले सामुदायिक वन समूहमा गई सुसासन गरिबमुखी अबधारणा दीगो बन ब्यवस्थापन र सामुदायिक वनमा आधारित उद्योगको अवस्था लगायतका विषयमा अध्ययन गरेर फर्केका हुन् ।
उनीहरुले असार महिनाको तीन हप्ता वन समूहमा नै रहेर घरधुरी सर्वेक्षण वन क्षेत्रको अवलोकन सामुदायिक कार्यहरु र वनसंग जानकारसंगको कुराकानीबाट बिभिन्न विषयमा जानकारी लिइएको टोली संयोजक भुवन केसीले जानकारी दिनुभएको छ ।
अन्तराष्ट्रिय गोष्ठी २०१० नाम दिइएको सो कार्यक्रमका लागि गोरखा नगरपालिकाको लुदी दामगाडे शिखर र विरिाचोक सामुदायिक वन खोप्लाङको अन्नपुर्ण देवीस्थान नारेश्वरको ठुली र बक्राङको बाघपानी वन समुह छनोट भएको छ ।
सो संबन्धि जानकारी गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले आयोजना गरेको एक कार्यक्रममा ६ वटा सामुदायिक वन समूहमा अध्ययन गर्ने टोलीले आआफ्नो समुहको प्रस्तुती गरेका थिए । महासंघका जिल्ला अध्यक्ष दिपक भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी जीवन ज्ञवाली उद्योग वाणिज्य संघका अध्यक्ष रामबाबु जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।
विगत ६३ वर्षदेखि बिभिन्न देशमा साचालन भइरहेको यस्तो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघको साझेदारी र क्यानेडियन अन्तराष्ट्रिय विकास एजेन्सी सिडाको सहयोगमा नेपालमा पहिलो पटक भएको हो । यसअघि अपि्रुका लगायत बिभिन्न महादेश र एशियाका अन्य देशहरुमा शिक्षा स्वास्थ्य लगायतका विषयमा अध्ययन गरिदै आएको यस्तो गोष्ठीमार्फत नेपालमा सामुदायिक वन कार्यक्रमको अध्ययन गरेको टोली संयोजक केसीले बताउनुभयो ।

लगातारको वर्षाले पहिरो जाने क्रम बढ्दै

२७ असार २०६७
लगातारको वर्षाले गोरखाको लाप्राक गाविसको ठाउँठाउँमा पहिरो जान थालेको छ । विगत ३ दिनदेखि निरन्तर परेको पहिरोले मणिकामदेवी डाडाँको चौतारो भासिएको छ भने थलेडाडाँको कुलो पहिरिएको छ । पहिरोका कारण लाप्राकबाट गुम्दा उहिया लगायतका गाविस जाने बाटो पनि भत्काएको स्थानीय राज गुरुङले जानकारी दिनुभएको छ ।
पहिरोका कारण गाउँको ठाउँठाउँमा धाँजा फाटेको र पहिरो जान थालेको उहाँले बताउनुभयो । पहिरो गएर क्षति भएको क्षेत्रमा स्थानीयले मर्मत सुरु गरेका छन् । पहिरोले क्षति भएको मणिकामडाडाँको चौतारोमा वौद्ध युवा क्लब हिउँचुली लाप्राक युवा समूह र लालीगुराँस युवा समूहले ढुङ्गामाटो बोकेर मर्मत गरेको उहुले बताउनुभयो ।

गोरखकाली मन्दिरसम्म जाने बाटो कालोपत्रे गर्ने कार्य यो आ.व. मा सम्पन्न नहुने

२७ असार २०६७
गोरखा सदरमुकामदेखि गोरखकाली मन्दिरसम्मको बाटो यो आर्थिक वर्षमा कालोपत्रे नहुने भएको छ । सम्पुर्ण तयारी पुरा भएपनि वर्षाका कारण कालोपत्रे गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष सुकदेव तामाङले जानकारी दिनुभएको छ । कालोपत्रेका लागि सडक ३÷४ दिन लगातार चर्को घाममा सुक्नुपर्ने प्राविधिक मान्यता भएकाले वर्षाका कारण सडक कालोपत्रे गर्न नसकिएको उहाँले बताउनुभयो ।
गएको जेठ २ गते सडक निर्माण गर्ने सम्झौता गरेको उपभोक्ता समितिले सडक कालोपत्रेको काम अन्तिम चरणमा पुर् याएको थियो । ढिला गरी योजना सम्झौता भएपनि कालोपत्रे बाहेकको सम्पुर्ण काम सिध्याएको उपभोक्ता समितिले जनाएको छ । समितिले कालोपत्रेका लागि चाहिने चिप्स गिटी अलकत्रा दाउरा लगायत सम्पुर्ण समाग्री र कामदार समेत जुटाइसकेको अवस्थामा मौसमका कारण काम अघि बढाउन नसकेको सचिव विष्णु रानामगरले बताउनुभयो । समितिले साँढे ७ लाखको अलकत्रा ४ लाखको चिप्स गिटी १ लाखको दाउरा १ लाख २० हजार रुपियाँ भाडा तिरेर रोलर ल्याउनुका साथै आवश्यक कामदारको ब्यवस्था गरी भुक्तानी समेत दिइसकेको थियो ।
जिल्ला विकास समितिको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम र जिविस अनुदानको ४३ लाख ५० हजार ५०० रुपियाँ र उपभोक्ताको ११ लाख ५० हजार रुपियाँको लागतमा छहरेदेखि सतीपिपलको डाडाँसम्मको ११ सय ६० मिटर सडक कालोपत्रे र ७० मिटर सडक ढलानको जिम्मा उपभोक्ता समितिले पाएको थियो । जसमध्ये ढलानको काम सकिएको र ९ सय ६० मिटर सडक कालोपत्रे गर्न बाँकी छ भने २०० मिटर सडकमा पनि ग्राभेल भइसकेको छ । समितिले करिब ६०० मिटर नाली समेत निर्माण गरेको छ ।
समयमा काम सिध्याउन नसक्दा यस योजना अन्तर्गत विनियोजन भएको करिब १९ लाख ६५ हजार रुपियाँ पि्रुज हुने संभावना बढेको छ । जिविसले काम भएको आधारमा मात्र रकम दिने हुँदा उपभोक्ता समितिले खरिद गरेर ल्याइसकेको तर प्रयोग हुन बाँकी रहेको सामाग्रीको पैसा नपाउने भएका छन् । खरिद गरेर ल्याइसकेको सामाग्रीको पैसा समेत नपाउदा उपभोक्ताहरु निराश भएका छन् ।

यसै विषयमा जानकारी गराउन छहरे सतीपीपल गैरीकुवा गोरखकाली सडक उपभोक्ता समितिले आज राजनीतिक दल स्थानीय निकाय र उपभोक्ता समितिको संयुक्त बैठक राखेको थियो । सो अवसरमा उपभोक्ता समितिका कोषाध्यक्ष चण्डिका श्रेष्ठले मौसमका कारण तत्काल काम गर्न नसक्ने भएपनि उपभोक्ताको खर्च भइसकेको पैसा जिविसले उपलब्ध गराइदिए सजिलो हुने बताउनुभयो ।
स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ीन्ऋम्ए अन्तर्गतको रकम पेश्की दिन नमिल्ने भएकाले सडकमा भएको काम बाहेकको रकम भुक्तानी गर्न नसकिने बताउनुभयो । उहाँले बरु आगामी वर्षको योजनामा थप बजेट र समयमा नै योजना सुरु गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा उपस्थित एकीकृत माओवादीका लेखबहादुर थापा नेपाली कांग्रेसका इश्वर पाण्डे र नेकपा एमालेका बाबुराम थापाले उपभोक्ता समितिलाई अफ्ठेरो नपर्ने गरी योजना अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो । उहाँहरुले तत्काल भुक्तानी गर्न कठिनाइ भएमा आगामी वर्ष समयमा नै वजेट बाँडफाँड र थप रकमका लागि राजनीतिक संयन्त्रमा पहल गर्ने बताउनुभयो ।
बैठकले तत्काल योजना साचालन गर्न कठिनाइ भएकाले खरिद गरेर ल्याइसकेको समाग्रीहरु उपभोक्ताहरुले संरक्षण गर्ने र सडक कालोपत्रे नहुन्जेलसम्म ठुला सवारी आवागमनमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । बैठकले मौसम अनुकुल हुने वित्तिकै कालोपत्रेको काम सुरु गर्ने पनि निर्णय गरेको छ ।
उपभोक्ता समितिले भने ढिला गरी योजना सम्झौता गरेकाले समयमा काम पुरा गर्न नसकेको जनाएको छ । राजनीतिक दलले समयमा नै योजना छनोट र बजेट बाँडफाँड गरेको भए आफुहरुको लाखौ मुल्यको सामाग्रीहरु अलपत्र नपर्ने उपभोक्ताहरुको भनाइ छ ।

गोरखा घ्याम्पेशालका दुई शिक्षक फेरि कुटिए

२६ असार २०६७
माओवादी कार्यकर्ताको धम्कीका कारण विस्थापित गोरखा घ्याम्पेशालका दुई शिक्षक गाउँ फर्कने क्रममा आज फेरी कुटिएका छन् । सदरमुकामबाट मोटरसाइकलमा घ्याम्पेशालतर्फ जाँदै गरेका दुल्लभ क्याम्पसका क्याम्पस प्रमुख गोविन्द भट्ट र शिक्षक टलक गुरुङलाई सतीपिपलमा कुटपीट हो । मोटरसाइकलमा जाँदै गर्दा धनबहादुर गुरुङ नामको माओवादी कार्यकर्ताले मोटरसाइकल रोकेर साइकलको चेनले प्रहार गरेको क्याम्पस प्रमुख भट्टले बताउनुभयो ।
एकीकृत माओवादी र कांग्रेसवीच आस्थाको आधारमा एक अर्कामाथि आक्रमण नगर्ने सहमति सार्वजानिक भएको भोलीपल्टै कांग्रेस निकट शिक्षकहरुमाथि आक्रमण भएको हो । आक्रमण गर्ने धनबहादुर गुरुङ असार ११ गते दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठनको बेलामा माओवादी टोलीमा सामेल भएर घ्याम्पेशाल गएकॊ शिक्षकहरुको दावी छ । कुटपीट गर्नुअघि उसले घ्याम्पेशालको दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठन आदिको कुरामा शिक्षकहरुसंग सोधखोज गरेको र मोवाइलबाट कसैलाई फोन गरेपछि एक्कासी आक्रमण गरेको क्याम्पस प्रमुख भट्टले बताउनुभयो । कुटपीटबाट शिक्षक टलक गुरुङको छातीमा चोट लागेको छ । सो घटनामा ग ५ प ५६०० नंबरको मोटरसाइलक क्षतिग्रस्त भएको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको नेपाली कांग्रेसले भत्स्रना गरेको छ । माओवादी नेतृत्वसंग कुराकानी गर्दा आफ्नो कार्यकर्ता नभएको बताएको जिल्ला सचिव इश्वर पाण्डेले बताउनुभयो । माओवादीले आफ्नो कार्यकर्ता नभएको र घटनामा संलग्नलाई कानुनी कारबाही गर्न सहयोग गर्ने बताएका उहाँले स्पष्ट पार्नुभयो । ूयदि सो घटना माओवादी कार्यकर्ताबाट र माओवादीको निर्देशनमा भएको हो भने यो िहंसाको पराकाष्ठा हो सचिव पाण्डेले भन्नुभयो ।
उता माओवादीले भने आक्रमण गर्ने ब्याक्ति आफुहरुले नचिनेको बताएको छ । कुटपीटमा संलग्न ब्याक्ति पार्टिमा संलग्न नभएको र आफुले नचिनेको जिल्ला इन्चार्ज कृष्ण धितालले बताउनुभयो । सो घटनामा संलग्नलाई कानुनी कारबाहीको लागि सहयोग गर्ने उहाँले बताउनुभयो । हिजो मात्र सहमति गरेको आवस्थामा आक्रमण गरेको भन्नु लज्जास्पद भएको धितालले बताउनुभयो ।
प्रहरीले आक्रमणकारी गुरुङको खोजी भइरहेको बताएको छ । आक्रमणकारीको खोजीका लागि तीनवटा टोली परिचालन गरेको प्रहरी नायब उपरीक्षक गोरखसिह भण्डारीले बताउनुभयो । यसअघि पनि बिभिन्न घटनामा प्रहरीको नियन्त्रणमा परिसकेकोले उसलाइ नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो ।

मैत्रीपुर्ण खेलमा गोरखा जिल्ला फुटवल संघ विजयी

२६ असार २०६७
गोरखा जिल्ला फुटवल संघ र लियो क्लब अफ गोरखावीच आज सदरमुकामको हरमटारी खेलकुद मैदानमा मैत्रीपुर्ण फुटवल खेल भएको छ । प्रतियोगितामा गोरखा जिल्ला फुटवल संघले लियो क्लब अफ गोरखालाई ३-० ले जितेको छ । फुटवल संघका तर्फबाट अध्यक्ष हरिहर श्रेष्ठ महासचिव दिपेन्द्र श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफ २-० मा सकिएपनि दोश्रो हाफमा जिल्ला फुटवल संघका सरोज श्रेष्ठले गोल थप्दै खेललाई ३-० को नतिजामा पुर् याएका हुन् ।
सदरमुकाममा ठुलो पर्दामा विश्वकप २०१० को प्रदर्शनका लागि ब्यवस्थापन गरिरहेका दुई संस्थाले मैत्रीपुर्ण फुटवल खेल खेलेका हुन् । विश्वकप फुटवलका कारण संसार नै फुटवलमय भइरहेको अवस्थामा स्थानीय स्तरमा फुटवलप्रति आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गरेको लियो क्लबका अध्यक्ष शन्देश मास्केले बताउनुभयो ।

Friday, July 9, 2010

मोटरेबल पुल निर्माण गरिने

२५ असार २०६७
यस वर्ष तनहुँ र लम्जुङ जिल्लामा ९ वटा मोटरेबल पुल निर्माण गरिने भएको छ । पश्चिमााचल सडक डिभिजन कार्यालय नं। १ का अनुसार साँगे खोला जिदि खोला मादि नदि मिदिम खोला म्याग्दे खोला सेती नदि र मस्र् र्याङदी नदि माथि पुल निर्माण कार्य भईरहेको छ । घाँसिकुवा फराकचौर कलेस्ती कुमालगाँउ मार्गमा पर्ने कलेस्ती खोलामाथि निर्माण भईरहेको २० मिटर लामो पुल अन्तिम चरणमा पुगेको छ ।
नेपाल सरकारको सहयोगमा ६५ लाख रुपैँयाको लागतमा उक्त पुल निर्माण भैरहेको छ । लम्जुङको रामबजार पिप्ले जोड्ने ८६ मिटरको मोटर हिड्ने पुल ४ करोड ४६ लाख रुपैँयाको लागतमा यसै आर्थिक बर्षमा सम्पन्न हुने कार्यालयले बताएको छ । त्यस्तै लम्जुङको भोर्लेटार देखि रामबजार जोड्ने मिदिम खोला माथिको मोटर हिड्ने पुल यस आर्थिक बर्ष सव स्टकचरका सबै काम भई आगामि आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लम्जुङको तार्कुघाट भोटेओडार र पाउदिको ढिक माथि मस्र्याङ्दि नदिमा पुल निर्माण भईरहेको छ ।

फरक आस्था राख्नेलाई िहंसात्मक आक्रमण नगर्ने एकीकृत माआवादी र नेपाली कांग्रेस गोरखावीच सहमति

२५ असार २०६७
एकीकृत माआवादी र नेपाली कांग्रेस गोरखावीच फरक आस्था राख्नेलाई िहंसात्मक आक्रमण नगर्ने सहमति भएको छ । दुई दिन अघि बसेको माओवादी र कांग्रेसको संयुक्त बैठकमा दुवै पाटिले एक अर्काको संगठन विस्तारमा अबरोध नपुर् याउने गाउँमा हिडडुल र वसोवासमा त्रास पैदा हुन नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
बैठकपछि दुवै पाटिले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा आगामी दिनमा जिल्लाका शैक्षिक संस्थामा स्वच्छ शैक्षिक वातावरण कायम राख्न र विद्यालय क्षेत्रमा कुनै राजनीतिक हस्तक्षेप हुन नदिने प्रतिवद्धता पनि ब्यक्त गरिएको छ । एकीकृत माओवादीका जिल्ला इन्चार्ज कृष्ण धिताल र नेपाली कांग्रेसका सभापति चीनकाजी श्रेष्ठद्धारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा दुल्लभ उच्च माविका शिक्षक संघ निकट शिक्षक र अखिल नेपाल शिक्षक संगठनका शिक्षकमाथि कुटपीट तथा दुब्र्यबहार संबन्धमा दुवै संघ संगठनको संयुक्त बैठक वसी सहमति गर्न सुझाव दिने उल्लेख गरिएको छ ।
दुई पाटिको बैठकले सो घटनामा परी घाइते हुनेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि पनि बिभिन्न मितिमा दुइ पाटि वीच असहमति र असहज वातावरणमा समझदारी बढाउन पटक पटक वार्ता र प्रतिवद्धता ब्यक्त भएका थिए । यसपटकको वार्तामा भने उनीहरुले यसअघिका सहमति र प्रतिवद्धतालाई कडाइपुर्वक पालना गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । बुधवार साँझ र विहीबार बिहान भएको वार्तापछि दुई दलले गरेको सातबुँदे सहमति आज मात्र सार्वजानिक गरेका हुन् ।
गोरखाको घ्याम्पेशालको दुल्लभ उच्च माविमा विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुदा एकीकृत माओवादीका कार्यकर्ताले ढुङ्गागाडेमा कांग्रेस कार्यकर्ताहरुलाई घाइते बनाएका र कांग्रेस कार्यकर्ताले घ्याम्पेशाल क्षेत्रमा माओवादी पाटि कार्यालय तोडफोड गर्नुका साथै माओवादी कार्यकर्तालाई घाइते बनाएका थिए ।

Thursday, July 8, 2010

घाईतेहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने सहमति

२४ असार २०६७
एकिकृत नेकपा माओवादी र नेपाली काँग्रेस गोरखाविच घ्याम्पेशाल घटनामा घाइते भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ । गोरखाको घ्याम्पेशाल घटनापछि बिग्रेको सम्बन्ध सुधारका लागि दूई दलका जिल्ला नेतृत्वविच भएको बैठकमा घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दै क्षतिपूर्तिका लागि पहल गर्ने सहमति भएको हो । बैठकले दुल्लभ उच्च माध्यमिक विद्यालयका शिक्षकहरुको समस्याका बारेमा दुबै दलका शिक्षक संघ संगठन विच छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सतर्कता अपनाउने विषयमा दुबै दल सकारात्मक भएको बैठकमा सहभागी एकिकृत नेकपा माओवादीका नेता लेखबहादुर थापाले जानकारी दिनुभएको छ । । हिजो बेलुका र आज बिहान गरी दूई चरणमा भएको बैठकमा पछिल्ला दिनमा भएका घटनाको समीक्षा र सहमतिको वाताबरण निर्माणका विषयमा छलफल भएका थियो ।
आज बिहानको बैठकमा विभिन्न विषयमा सहमति भएको नेपाली काँग्रेसका जिल्ला सचीव किरणबाबु श्रेष्ठले जानकारी दिनुभयो । तर दुई दलविच भएको सहमतिलाई संयुक्त विज्ञप्ती मार्फत भोली मात्रै सार्वजनिक गर्ने उहाँले बताउनुभयो । सहमतिका कतिपय बुँदाहरुबारे थप छलफल गर्नुपर्ने भएको र एकिकृत माओवादीका जिल्ला इन्चार्ज सदरमुकाम बाहिर रहनुभएकाले सहमतिलाई आजै अन्तिम रुप दिई सार्वजनिक गर्न नसकिएको उहाँले बताउनुभएको छ ।
घटनापछि उत्पन्न परिस्थितिका कारण जिल्लामा कांग्रेस र माओवादीवीच संबन्ध चिसिएपछि दुवैदलको शीर्ष नेताहरु समस्या समाधानमा जुटेका हुन् । हिजो पाँचबजेबाट सुरु भएको बैठक राती आठ बसेसम्म चलेको थियो । पछिल्लो समयमा उत्पन्न परिस्थितिका कारण घ्याम्पेशाल क्षेत्रमा दुवै दलका कार्यकर्ताहरुलाई त्रासको अवस्था रहेको दलहरुले बताउदै आएका छन् । दुइ दलवीचको संबन्ध सुधार र घ्याम्पेशाल क्षेत्रको अवस्था सामान्य बनाउन बैठकमा प्रयास भएको एकीकृत माओवादीका जिल्ला नेता लेखबहादुर थापाले बताउनुभयो ।
सदरमुकामको होटल हिमालयनमा भएको संयुक्त बैठकमा एकीकृत माओवादीको तर्फबाट जिल्ला इन्चार्ज कृष्ण धिताल सचिवालय सदस्य लेखबहादुर थापा क्षेत्र नंबर ३ का इन्चार्ज विष्णु भट्ट र इलाका नंबर १ का इन्चार्ज दिपक तिमि_िल्सना सहभागी हुनुभएको थियो । त्यसैगरी कांग्रेसका तर्फबाट जिल्ला सभापति चीनकाजी श्रेष्ठ सहसभापति चेतमान श्रेष्ठ जिल्ला सचिव इश्वर पाण्डे जिल्ला सदस्य सुरेन्द्र पाण्डे र वासु भट्ट सहभागी हुनुभएको थियो ।
घ्याम्पेशालको दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुदा एकीकृत नेकपा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई घाइते बनाएको कांग्रेसको दाबी छ भने कांग्रेस कार्यकर्ताले पनि आफ्ना कार्यकर्ता घाइते बनाएको माओवादी दावी छ ।

संबन्ध सुधारका लागि बसेको बैठक निश्कर्षविहिन

२३ असार २०६७
गोरखाको घ्याम्पेशालमा घटनापछि बिग्रेको संबन्ध सुधारका लागि हिजो बसेको बैठकले निश्कर्ष निकाल्न नसकेपछि आज बिहानका पुन बस्ने गरी टुङ्गिएको छ । छलफलमा जुटेको एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको जिल्ला नेतृत्वले कुनै निश्कर्ष निकाल्न नसकेपछि अहिले बिहान सातबजे बैठक पुन बस्ने गरी बैठक स्थगित भएको माओवादीका जिल्ला इाचार्ज कृष्ण धिताल बिजयले जानकारी दिनुभयो ।
घटनापछि उत्पन्न परिस्थितिका कारण जिल्लामा कांग्रेस र माओवादीवीच संबन्ध चिसिएपछि दुवैदलको शीर्ष नेताहरु समस्या समाधानमा जुटेका हुन् । हिजो पाँचबजेबाट सुरु भएको बैठक राती आठ बसेसम्म बसेको थियो । बैठकमा घटनाको समीक्षा भएको थियो । बैठकमा संलग्न सबैले घटनाको सम्बन्धमा आ-आफ्नो धारणा राख्ने काम भएको नेपाली कांग्रेसका जिल्ला सचिव किरणबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समयमा उत्पन्न परिस्थितिका कारण घ्याम्पेशाल क्षेत्रमा दुवै दलका कार्यकर्ताहरुलाई त्रासको अवस्था रहेको दलहरुले बताउदै आएका थिए । दुइ दलवीचको संबन्ध सुधार र घ्याम्पेशाल क्षेत्रको अवस्था सामान्य बनाउन हिजोको बैठकमा प्रयास भएको एकीकृत माओवादीका जिल्ला नेता लेखबहादुर थापाले बताउनुभयो ।
सदरमुकामको होटल हिमालयनमा भएको संयुक्त बैठकमा एकीकृत माओवादीको तर्फबाट जिल्ला इन्चार्ज कृष्ण धिताल सचिवालय सदस्य लेखबहादुर थापा क्षेत्र नंबर ३ का इन्चार्ज विष्णु भट्ट र इलाका नंबर १ का इन्चार्ज दिपक तिमि_िल्सना सहभागी हुनुभएको छ । त्यसैगरी कांग्रेसका तर्फबाट जिल्ला सभापति चीनकाजी श्रेष्ठ सहसभापति चेतमान श्रेष्ठ जिल्ला सचिव इश्वर पाण्डे जिल्ला सदस्य सुरेन्द्र पाण्डे र वासु भट्ट सहभागी हुनुभएको छ ।
घ्याम्पेशालको दुल्लभ उच्च माविको ब्यवस्थापन समिति गठनको विषयमा विवाद हुदा एकीकृत नेकपा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई घाइते बनाएको कांग्रेसको दाबी छ भने कांग्रेस कार्यकर्ताले पनि आफ्ना कार्यकर्ता घाइते बनाएको माओवादी दावी छ ।